अन्तरवार्ता

    Showing १-१० of २१ items.
  • ‘व्यवसाय व्यवस्थापन गर्न पढाइ पनि महत्वपूर्ण कुरा रहेछ’

    ‘अहिले टीभीएस अटोको शो रुम सञ्चालन गरिरहेको छु, केही दिनमै इटहरीको सङ्गीत चौकमा नयाँ होटलको पनि सञ्चालन हुनेछ । त्यसका साथै आफूले पढेको सिभिल इञ्जिनियरिङ सम्बन्धी कन्सल्टेन्सी पनि सञ्चालन गरिरहेको छु ।’व्यापार व्यवसाय सञ्चालन गर्नु उनको परिवारको लागि नयाँ अनुभव भने होइन । तर, उनले पढाइको सिलसिलामा इञ्जिनियर बने । भारतको ब्याङ्लोरमा सिभिल इञ्जिनियरिङ कोर्ष गरेपछि उनी काठमाडौंमा जागिर खान थाले । २६ वर्षीय युवा व्यवसायी मिसन पराजुलीले जागिरे जीवनभन्दा व्यवसायमै भविष्य देखे । अहिले उनी उदयीमान युवा व्यवसायीका रूपमा देखिएका छन् । मोटरसाइकलको शो रुमदेखि अटो बजारमा पनि उनको उपस्थिति रहेको

    • प्रकाशित मितिः बैशाख ११, २०७६
    • २०१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘साहित्यमा महिलाका धेरै मुद्दा आउनै बाँकी छन्’

    साङ्ग्रिला पब्लिकेसनले बजारमा ल्याएको कवि विमला तुम्खेवाको नयाँ कविता सङ्ग्रह ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ का विषयमा देशका विभिन्न ठाउँमा विमर्श भइरहेको छ । लामो समय पूर्वका साहित्यिक गतिविधिमा सक्रिय मोरङकी विमला अहिले काठमाडौंमा रहेर साहित्य सिर्जनामा सक्रिय छिन् । गत साता सङ्ग्रहको विमर्श कार्यक्रमका लागि धरान आएकी विमलासँग ब्लाष्टले गरेको छोटो कुराकानीः   नयाँ सङ्ग्रह आएपछि पाठकहरूबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ? – सङ्ग्रह आएपछि चैत २४ मा चितवन र चैत ३० मा धरानमा विमर्श कार्यक्रम भए । दुवै कार्यक्रममा राम्रो प्रतिक्रिया पाएकी छु । त्यसबाहेक अरु पाठक

    • प्रकाशित मितिः बैशाख ८, २०७६
    • १५७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • इजिप्टमा जनमतसङ्ग्रह, राष्ट्रपतिको शासनकाल लम्ब्याउने मुख्य प्रस्ताव

      कायरो /  इजिप्टका राष्ट्रपतिको शासनकाल लम्ब्याउने प्रस्ताव सहितको संविधान संशोधन प्रस्तावमाथिको जनमतसङ्ग्रहका लागि शनिबार मतदान शुरु भएको छ । तीन दिने यो मतदान अप्रिल २२ तारिखमा समाप्त हुनेछ । इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले राजधानी कायरोमा शनिबार मतदान गर्नुभयो । जनमतसङ्ग्रहले संविधान संशोधन प्रस्ताव पारित गरेमा राष्ट्रपति अल–सिसीको वर्तमान कार्यकालमा दुई वर्ष थप गरी सन् २०२४ सम्म पुग्नेछ भने त्यसपछि छ वर्षे कार्यकालका लागि उनी पुनः उम्मेदवार हुन पाउनु हुनेछ । अधिकारकर्मीहरुले विरोध गरेपनि जनमतसङ्ग्रहले अरब विश्वको सबैभन्दा ठूलो राष्ट्र इजिप्टको राजनी

    • प्रकाशित मितिः बैशाख ७, २०७६
    • ४७ पटक पढिएको
    • रासस
  • ‘१६ भन्दा बढी देशमा  विद्यार्थी पठाउँदै आएका छौं’

    एसईईको परीक्षापछि कहाँ पढ्ने र के पढ्ने विषयमा धेरैको चिन्ता हुन्छ । यसमा विद्यार्थीमात्र नभएर अभिभावक पनि उत्तिकै चिन्तित देखिन्छन् । यस्तै समस्याबाट निकास दिनका लागि बजारमा धेरै इन्स्टिच्युट खुलेका छन् । त्यसमध्ये धरानमा शाखा विस्तार गरेको अल्फाविटा इन्स्टिच्युटमा विद्यार्थीको आकर्षण बढ्दो छ । वैशाखदेखि ब्रिज कोर्ष सञ्चालन गर्दै आएको छ । यसै विषयमा अल्फाविटा धरानका शाखा प्रमुख अरुण अधिकारीसँग ब्लाष्टकर्मी बाबुराम सुवेदीले गरेको कुराकानीको सारः   - तपाईंको इन्स्टिच्युटले के–के काम गर्दै आएको छ ? हामीले सबैभन्दा बढी विद्यार्थीहरूलाई गाइड गर्ने हो । त्यसका साथै वैदेशिक शिक्षा हासि

    • प्रकाशित मितिः बैशाख ६, २०७६
    • १७७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • गुरुयोजना बनाएर काम गर्ने  यि गाउँपालिका अध्यक्ष

    भोजपुरको आमचोक गाउँपालिका प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईको निर्वाचन क्षेत्र तथा गृह गाउँ हो । यस गाउ“को नेतृत्व आमचोक ३  थिन्दिङ्खाका युवा अशोक राईले गरेका छन् । तत्कालीन माओवादी केन्द्रबाट स्थानीय तहको निर्वाचनमा विजयी भएका राई धरानको महेन्द्र क्याम्पसमा स्नातक गरेर धनकुटा बहुमुखी क्याम्पसबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेका युवा हुन् । २०५३ सालदेखि अखिलको राजनीति गरेका राई हाल नेकपाको जिल्ला कमिटीमा पनि छन् । पहिलो गाउँसभामा आफूलाई चढ्ने सुविधाको गाडी नकिनेर एम्बुलेन्स खरिद गरी चर्चामा आएका राईले आमचोकको बृहत्तर विकासका लागि नयाँ परियोजनाहरू ल्याएका छन् । उनी प्रदेश सरक

    • प्रकाशित मितिः चैत्र २५, २०७५
    • १,८१७ पटक पढिएको
    • ब्लाष्ट खबर डेक्स
  • युकेमा पढेर इटहरीमा व्यवसाय

    पढाइपछि धेरैको सोचाइ जागिर खाने हुन्छ । तर, जागिरमात्रै सबै थोक होइन । आफूले लिएको ज्ञानलाई व्यवसायिक पनि गर्न सक्नुपर्छ भन्ने मान्यताका टङ्कप्रसाद फुयाँल युकेको जागिर छाडेर इटहरीमा व्यवसाय गर्दै आएका छन् । उनी इटहरीका युवा व्यवसायीमा उदाएका छन् । उनको टिमले अहिले सोमानी कम्पनीका टायल्सहरूको एक्स्क्लुसिप शो रुम सञ्चालनमा ल्याएको छ । फुयाँलले काम गर्ने क्रममा केही समय कम्प्युटरसम्बन्धी व्यवसाय सञ्चालन गरे । त्यसपछि उनी पढाइकै लागि बेलायत पुगे । उच्च शिक्षा हासिल पनि गरे । उच्च शिक्षा हासिल गरेपछि जागिर खानु पर्छ र सोही अनुसारको जीवन चलाउनु पर्छ भन्ने मान्यतालाई तोड्दै व्यवसायमा होमिएका छन् । मा

    • प्रकाशित मितिः चैत्र १५, २०७५
    • १,१४६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • २०१६ मिस नेपाल इन्टरनेशनल लेखी भन्छिन्– अब वातावरण जोगाउन वातावरणमन्त्री बन्छु

    २०१६ कि मिस नेपाल इन्टरनेसनल बर्षा लेखी थारु समुदायकी पहिलो मिस नेपाल हुन् । सप्तरीमा जन्मेकी बर्षा लेखी वातावरण विज्ञानकी विद्यार्थी पनि । उनी हाल पिएचडीका लागि तयारी गरिरहेकी छन् । मिस नेपाल २०७६ को लागि धरान अडिसनमा आएकी लेखीसँग ब्लाष्ट खवरले गरेको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ । आजकाल, के मा ब्यस्त हुनुहुन्छ ? म पिएचडिको तयारीमा छु । एउटा एनजिओमा आबद्ध रहेर सामाजिक कार्यहरु गरिरहेको छु ।  मिस नेपाल २०१६ को उपाधी पाउनु भयो । तपाईको लक्ष्य नै त्यही थियो ? त्योबेला मेरो खालीको समय थियो । स्नातक गरेर बसिरहेको थिए । नतिजाको पर्खाइमा थिए । त्यतिखेर मैले फेसबसकमा अनलाइन एप्ल

    • प्रकाशित मितिः चैत्र ४, २०७५
    • २२५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • घरेलु मैदानमा नेपालले भुटानसँग भिड्दै, पाकिस्तानले सहभागीता जनाएन

    विराटनगर /  पाँचौ साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता विराटनगरमा भोली मंगलबारदेखि सुरू हुँदै छ । विराटनगरस्थित सहिद रङ्गशालमा यो प्रतियोगिता हुने छ । उद्घाटन खेलमा आयोजक नेपालले भुटानसँग खेल्नेछ । समूह ‘ए’ मा नेपालले भुटान र बंगलादेशसँग खेल्छन् भने समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्ससँग भिडदैछ । चैत ८ सम्म चल्ने प्रतियोगिता भारतसहित बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सको टोली छ । पाकिस्तानले सहभागीता जनाएन प्रतियोगितामा पाकिस्तानले आन्तरिक समस्या देखाउँदै अन्तिम समयमा आएर सहभागिता जनाएन ।आन्तरिक समस्या बताए पनि भारतसँग पछिल्लो सयम भएको द्वन्द्वका कारण स

    • प्रकाशित मितिः फाल्गुन २७, २०७५
    • १७६ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • ‘एकीकृत कर्जा विनोद चौधरी र राजेन्द्र खेतानलाई होइन, तपाईंहरूका लागि हो’

    राष्ट्रिय युवा परिषद् गठन भएको पनि तीन वर्ष पुगिसकेको छ । तर अहिले पनि परिषद् गठन भएको बारे धेरै युवाहरूलाई जानकारी छैन । ७७ वटै जिल्लामा नपुगेको हो कि भन्ने स्थिति पनि छ किन ? – हो, यो गठन भएको तीन वर्ष पुगेको छ । म कार्यकारी उपाध्यक्ष बन्दा शून्यको स्थितिमा थियो । हामी सडकबाटै संरचनालाई पारित गराउने, नयाँ अफिस बनाउने, सिङ्गो कर्मचारी व्यवस्थापन गर्ने काम गर्यौं । ७५ जिल्लामा जिल्ला युवासमिति विस्तार गरेका छौं । तर, जव पिकअप लिने क्षणमा आइपुगेपछि सङ्घीयताका कारणले केही असहज बनेको पक्कै हो । जिल्ला जुन रूपमा फङ्सनिङ हुनुपर्ने हो त्यो गर्न सकेन । एक वर्

    • प्रकाशित मितिः फाल्गुन १०, २०७५
    • १३३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘किरात’ नाम नै सर्वस्वीकार्य हुन्छ'

    राष्ट्रिय महाधिवेशन किन यही बेला, धरानमा गर्ने निर्णय गर्नुभयो ? – प्रस्तावित किरात प्रदेशको मुख्य केन्द्रविन्दु र पहाडी जिल्लाहरूको प्रवेशद्वारको रूपमा रहेको अनि समृद्ध र सुन्दर छ धरान । यो शहर आफैमा बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक छ । विविधतायुक्त शहर भएको हुनाले र पहिचानको मुद्दा सघनरूपमा धरानले सधैँ बोकिरहेको हुनाले पनि प्रस्तावित किरात प्रदेशको महाधिवेशन सुनसरी जिल्लाको धरानमा गर्नु सान्दर्भिक ठान्यौं । हाम्रो कार्यकाल पनि पूरा भएको र यही समयमा १ नम्बर प्रदेश सभामा नाम र स्थायी राजधानीको बारेमा छलफल हुन लागेकोले दबाव दिने उद्देश्यले महाधिवेशनको मिति तोकेका हौं&nb

    • प्रकाशित मितिः फाल्गुन ८, २०७५
    • १,०८३ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved