बिचार

    Showing १-१० of ६४१ items.
  • हाम्रो शिक्षा, हाम्रो सिकाइ –कति गुणात्मक कति व्यवहारिक ?

    आधुनिक शिक्षाः यतिखेर हामी औपचारिक शिक्षामा केवल औपचारिकता निभाइरहेका छौं । नयाँ शिक्षाका नाममा न त नयाँ शिक्षण विधिको अवलम्बन ग¥यौं, न शिक्षण सिकाइमा परिवर्तन नै गर्न सक्यौं । हाम्रो परिवर्तन सामुदायिक विद्यालयबाट निजी विद्यालयमा स¥यौं । नेपाली भाषीबाट अङ्ग्रेजी भाषामा स्थानान्तरण हुने क्रममा छौं । हाम्रो शिक्षा गुरुकुल हुँदै सामुदायिक विद्यालय र सामुदायिक विद्यालयबाट निजी विद्यालयमा पुगेको छ । उत्पादित जनशक्ति पनि गाउँबाट शहर, शहरबाट विदेश पलायन हुँदैछ । हामीले वा हाम्रो शिक्षाले माटो छुन होइन माटो छोड्न सिकाएको छ, माटो छुनेलाई माटोमा पनि भविष्य छ भनेर भन्न सिकाएन । हाम्रो आधुनिक शिक

    • प्रकाशित मितिः आश्विन १९, २०७६
    • ४७ पटक पढिएको
    • महेश पौडेल
  • रकेट स्पिडमा उकालाे लागेका महरा एकै चाेटी किन सकिए

    श्री कृष्णबहादुर महरा - सभामुखमा पदासीन सम्माननीय ! उहाँलाई प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपति तीन पदले पर्खिरहेको मानिन्थ्यो । रोल्पाली हुनुको विरासतले उहाँ छिटोछिटो उकालो चढेर पूर्ववर्ती माओवादी केन्द्रमा सबैभन्दा धेरै अवसर पाउन सफल हुनु भयो । उपराष्ट्रपति पुन, अध्यक्ष प्रचण्ड र डा. बाबुराम भट्टराईबाहेक उहाँले वरिष्ठ हैसियतवाला राजकीय जिम्मेवारी सम्हाल्ने र पार्टीको महासचिवसमेत बन्ने अवसरहरु पाउनु भयो । कहिलेकाहीँ मान्छेहरूले टिप्पणी गरेको सुनिन्थ्यो- उहाँ क्षमता र भूमिकाभन्दा धेरै माथि पुग्नुभयो ! कतिबेला दुध उम्लिएर अगेनामा पोखिएजस्तो स्थिति आउने हो ! त्यस्तो भनेको सुन्दा व्यक्तिगत प

    • प्रकाशित मितिः आश्विन १८, २०७६
    • २२० पटक पढिएको
    • सूर्य थापा
  • किरातीहरूको तीर्थ भूमि फक्ताङलुङ होइन, कैलास पर्वत हो

    किराँत, किरात वा किराती भनी इतिहासकारहरूले औंल्याएका जातीहरू धेरै थिए । वर्तमानमा मौलिक पहिचान प्रष्ट पार्न नसकेका केहीले बाहेक धेरैले आफूलाई ‘किरात’ भन्न रुचाएनन् । दक्षिण एसियाका र खासगरी समस्त हिमालयदेखि दक्षिणतिरका मङ्गोलमूलका प्राचिन आदिवासीहरू, युद्धमा पराजित शरणार्थी दासहरू,आर्यद्वारा जातिच्यूत समुदाय, म्लेच्छ तथा शूद्र वर्ण जो आज अनेक नामले परिचित छन्, तिनीहरूलाई वैदिक युगका आर्यहरूले पहिलो पल्ट किराँत भनी सम्बोधन गरेका थिए । डा. खेम खनालको खोजअध्ययन अनुसार, “किराँत, किरात शब्द प्राचिन संस्कृत ग्रन्थहरूः जस्तै, यजुर्वेद, अथर्ववेद, महाभारत आदिमा उल्लेख भएका पाइन्छन् ।

    • प्रकाशित मितिः आश्विन १८, २०७६
    • १,०९१ पटक पढिएको
    • मिराकहाङ याक्थुङबा
  • सी विचारधारा र जनताको जनवाद !

    विषय प्रवेश ‘सी विचारधारा शिक्षाको रूपमा ग्रहण गर्नुपर्दछ । ’सन् २०१३मा रेशममार्गलाई चीनको आर्थिक विकाससँग जोड्ने उल्लेख गरिएको थियो । त्यही रेशममार्गको विकासित रूपमा “वेल्ट एण्ड रोड इनिशिएटिभ” भनी नामाकरण गरियो । जसले विश्वलाई जोड्ने लक्ष्य लिएको छ । कम्युनिष्ट पार्टीको १८ औं महाधिवेशनमा दुईशताब्दीको लक्ष्य निर्धारण गरे । १९ औं महाधिवेशनमा लक्ष्यको व्याख्या गरे । सन् २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी एक सय वर्ष पुग्दा औसत रूपमा समृद्ध बनाउने र २०४९ सम्म समृद्ध्र, शक्तिशाली, लोकतान्त्रिक, उन्नत संस्कृतियुक्त र सामञ्जस्यपूर्ण समाजवादी मूलुक बनाउने । यसै रणनीति योजनालाई स

    • प्रकाशित मितिः आश्विन १७, २०७६
    • १०९ पटक पढिएको
    • पारस काङमाङ राई
  • नेकपाका कार्यभारहरू

    आज विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा गुज्रिरहेको छ । यस्तो वस्तुगत अर्थराजनीतिक धरातलमा वस्तुतः कम्युनिष्ट विचारधारा रक्षा गर्ने सवाल मुख्य बन्दछ । माक्र्सवादी भाष्यमा वस्तु वा सत्ताको गति वा चाल एकनाश हुँदैन । यो परिस्थिति र आवश्यकताअनुसार आक्रामक र रक्षात्मक, दृश्य र अदृश्य अनि व्यक्त र अव्यक्तरूपमा प्रकट भइरहन्छ । माक्र्सवादी द्वन्द्ववादको सार यही हो । यस्तो रक्षात्मक स्थिति असाध्यै चुनौतिपूर्ण हुने गर्दछ । यता समाज विकासको विशिष्ट ऐतिहासिक मोडहरूमा सचेततापूर्वक र योजनाबद्ध रूपमा नै माक्र्सवादको विकास गर्नुपर्ने हुन्छ । तर आधारभूत प्रस्थापनालाई बिर्सेर गरिएको विकासको भने कुनै अर्थ

    • प्रकाशित मितिः आश्विन १६, २०७६
    • ८३ पटक पढिएको
    • राजेन्द्र किराती
  • उच्च शिक्षा किताबी पढाइ कि खोजमूलक अनुसन्धान ?

    शिक्षा अर्थात् ज्ञानको ज्योति । आफ्नो देशका नागरिकलाई कस्तो शिक्षा दिने भन्ने निक्र्योल राज्यले गर्छ । राज्यको शिक्षा नीतिकै कारण शैक्षिक जनशक्ति उत्पादन हुन्छ । शैक्षिक जनशक्ति त्यो जनशक्ति हो, जसले देशको सर्वाङ्गीण विकासमा मद्दत पुग्छ । त्यसले अब नेपालले पनि नेपालको विकासका लागि बोलिखाने होइन, काम गरी खाने शिक्षा नीतिको विकास गर्नु आवश्यक छ ।विषयको पृष्ठभूमिःशिक्षाको अर्थ किताबी पढाइ वा खोजमूलक अनुसन्धानी सिकाइ भन्ने विवादमा केन्द्रित रह्यो । सिकाइ गुणस्तर सावित गर्न विद्यालय तथा उच्च शिक्षा हासिल विद्यार्थीहरूमा कुशल व्यवहार सीप देखिनु पर्छ । शिक्षण संस्थाका विज्ञ तथा प्राज्ञहरू विद्यालय

    • प्रकाशित मितिः आश्विन १५, २०७६
    • १०२ पटक पढिएको
    • ईश्वरीप्रसाद पोखरेल
  • युवापुस्ताको जिम्मामा अबको नेपाल

    नेपालको कुल जनसङ्ख्याको ६५ प्रतिशत युवापुस्ताको रहेको छ । देश निर्माण गर्ने पालो र जिम्मेवारी अब युवापुस्ताकै हो । नेपालमा यो दशक युवापुस्ताको भएको छ । झण्डै एक करोड ८० लाखभन्दा बढी युवाहरू हाम्रो मुलुकमा रहेका छन् । नेपाललाई अहिले युवाहरूको देश भनेर विश्वमा चिनिन्छ । जनसङ्ख्या उत्पादनको अनुपात हेर्दा हाम्रो मुलुकमा युवाको उपस्थिति भने दिन प्रतिदिन घट्दो क्रममा छ । अबको ३० वर्षपछि युवाहरूको उपस्थिति २० देखि २५ प्रतिशत मात्र हुनेछ । त्यतिखेर हाम्रो मुलुकमा वृद्धहरू बढी र युवाहरूको सङ्ख्या कम हुनेछ अर्थात् अहिलेको ठीक उल्टो हुनेछ । नेपालको विकास र समृद्धिका लागि यो ठूलो अवसर र मौका हो । अबको १०

    • प्रकाशित मितिः आश्विन १४, २०७६
    • ४०३ पटक पढिएको
    • विजय सन्तोषी राई
  • चुनावअघि नै गाईजात्रा ?

    निवार्चन आयोगको सिफारिस उपचुनाव २०७६ साल मङ्सिर १४ गते शनिबारको लागि गरिएको थियो । यसै सिफारिसको आधारमा मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि जम्मा प्रतिनिधिसभा सदस्यको रिक्त एकजना, प्रदेशसभा सदस्य तीनजना उपनिर्वाचन हुने भएको छ । प्रतिनिधिसभा सदस्य कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २, प्रदेशसभा सदस्य बाग्लुङ क्षेत्र नं. २ (२), भक्तपुर निर्वाचन क्षेत्र १ (१) र दाङ क्षेत्र नं. ३ (२) गरी तीनजना र छयालीस (४६) स्थानमा स्थानीय तहको उपचुनाव हुने तय भएको छ । सबै रिक्त रहेका सम्बन्धित स्थानीय तहमा चुनावी सरगर्मी शुरु भएको देखिन्छ । खासगरेर धरान उपमहानगरपालिकाको मेयर र धरान उपमहानगरपालिका वडा नं. ७ को वडाध्य

    • प्रकाशित मितिः आश्विन १४, २०७६
    • २३८ पटक पढिएको
    • अमर इजम लिम्बू
  • सी पथमा हिँडेको सरकारले जन्माएको संशय

    नेपालमा राजनीतिक घटनाक्रम विचित्र तरिकाले विकसित भइरहेको छ । २००७ सालको क्रान्तिपछि नेपालमा पाश्चात्य र छिमेकी राष्ट्रले अङ्गीकार गरेको राजनीतिक पद्धतिमा नै केही यहाँको वातवरण सुहाउँदो अन्तरिम शासन विधान राजनीतिक सिद्धान्त बनाएर मुलुक आधुनिकतातर्फ अग्रसर हुँदै थियो । २०१५ सालमा नेपालको अधिराज्य संविधान जारी गरेर यही संविधानले प्रतिनिधि सभाको निर्वाचन पनि ग¥यो । तत्कालीन राजा महेन्द्रले २०१७ सालमा हठात् राजनीतिक दलहरूमा प्रतिबन्ध लगाउँदै २०१९ सालमा नेपालको संविधान घोषणा गर्दै पञ्चायती व्यवस्था लागू गरे । साँच्चै भन्ने हो भने यो व्यवस्था परम्परावादी राजनीतिक विचार बोकेका र सार्वभौम जस्ता कुर

    • प्रकाशित मितिः आश्विन ९, २०७६
    • २३५ पटक पढिएको
    • ओम आचार्य
  • दु:खले आर्जेको दीनबन्धुको व्यापार

    झापाको भद्रपुरमा जन्मिएका ७१ वर्षीय दीनबन्धु गोयलको खानपान र जीवनशैली सरल छ । सबैसँग समान आदरभावले प्रस्तुत हुन सक्नु उनको विशेषता हो । रुचिकै विषयलाई पेशामा परिणत गरे सफल हुन सजिलो छ । तर, त्यसका लागि लगन, धैर्य र सङ्घर्ष जारी राख्नुपर्छ । यिनै कुरालाई ध्यानमा राखेर अगाडि बढे एक दिन सफल हुने उनको बुझाइ छ । यी कुरालाई प्राथमिकतामा राखेर अगाडि बढेकोले आफ्नो क्षेत्रमा अब्बल सावित भएका हुन् । सफलता कसैले बकसमा दिएर पाएका होइनन् । सानो हुँदा गरेको सङ्घर्षले उनलाई यो स्थानमा पु¥याएको हो । उनले शुरुका दिनहरूमा धेरै दुःख गरेका थिए । ७ वर्षको उमेरदेखि उनले बुबालाई व्यापार क्षेत्रमा सहयोग गर्दै आए

    • प्रकाशित मितिः आश्विन ८, २०७६
    • ४६३ पटक पढिएको
    • अनिल श्रेष्ठ

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved