पर्यटन

    Showing १-१० of १३३ items.
  • धार्मिक तथा पर्यटकीय स्थल बन्दै धनेश्वर धाम

    दमक/ दमकमा बाहिरबाट कोही मान्छे आउँदा घुम्न जाने कुनै ठाउँ छैन । जताततै बाक्लो बस्ती छ । शान्त र आनन्दको ठाउँको अभाव छ दमकमा । यही कुरालाई मध्यनजर गरेर दमक–५ स्थित धनेश्वर शिव पञ्चायन मन्दिरलाई धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गरिँदै छ ।   मन्दिरको उत्तरपट्टि  चारैतिर आकर्षक फूलबारीसहितको पोखरी र पोखरीको बीचमा धनेश्वर बाबाको स्वर्ण रङको मूर्ति बनाइएको छ । पोखरीमा पानीको फोहोर समेत आउने बनाइनेछ । बाबाको जट्टाबाट समेत पानीको वर्षा हुनेछ । दमकमै पहिलोपटक मन्दिरक्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने योजना बनाइएको मन्दिर व्यस्थापन समितिका अध्यक्ष रुद्र कार्कीले जानकार

    • प्रकाशित मितिः बैशाख ८, २०७६
    • ६५ पटक पढिएको
    • भूमिराज पराजुली
  • ‘कुम्भमा कन्तविजोग’

    चतरा/ वराहक्षेत्रस्थित चतराधाममा गत चैत २३ देखि १ महिनासम्म लागिरहेको कुम्भमेलामा आइतबार झण्डै २० हजार भक्तजनले कुम्भ स्नान गरी पूजाअर्चना गरे । नयाँ वर्षको उत्सवका कारण चतरास्थित कुम्भक्षेत्र र वराहक्षेत्र मन्दिरपरिसरमा श्रद्धालुको भीड देखियो । अघिल्ला कुम्भमेलाको तुलनामा न्यून प्रचार–प्रसारका कारण भक्तजनको उपस्थिति हुन नसकेको स्थानीय सरोकारवाला बताउँछन् । नेपाली भक्तालुको तुलनामा छिमेकी मुलुक भारतबाट उल्लेखनीय भक्तजन आउने गरेको यस पर्वमा भारतीय निर्वाचनका कारण नाकाबन्द भएकालेसमेत भक्तजन आउन नसकेको एकथरिको अनुमान छ । अघिल्लो कुम्भमेलामा पानीमात्रै बेच्ने व्यापारीले १ लाखभन्दा बढी कम

    • प्रकाशित मितिः बैशाख ४, २०७६
    • २,०५३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • व्यवस्थापन गरिँदै टिएमजे क्षेत्र

    तेह्रथुम/ तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सिमानामा अवस्थित गुराँसको राजधानी तीनजुरे– मिल्के– जलजले(टिएमजे) क्षेत्रको श आवश्यक व्यवस्थापन गरी आर्थिक समृद्धितर्फ अगाडि बढ्न सकिनेमा सरोकारवालाहरू एकमत रहेका छन् । शनिबार तेह्रथुमको वसन्तपुरमा आयोजित तीनजुरे–मिल्क–जलजले क्षेत्र व्यवस्थापनसम्बन्धी बृहत् अन्तरक्रिया कार्यक्रममा तीनवटै जिल्लाले आर्थिक लाभ लिन सकिने गरी प्रवद्र्धन गर्नेमा सहभागीहरूको जोड रहेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल सरकारका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले टिएमजे क्षेत्रको वृद्धि र विकासका लागि स्थानीयको भावनाअनुसार काम ग

    • प्रकाशित मितिः बैशाख २, २०७६
    • १,६२७ पटक पढिएको
    • कृष्ण विदुखी गौतम
  • नेपाल भ्रमण बर्ष २०२० पोखराबाट शुभारम्भ

    पोखरा/ नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को पहिलो चरणको पर्यटकीय नगरी पोखराको फेवाताल किनारस्थित कोमागाने पार्कबाट शुभारम्म गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार साँझ सो कार्यक्रमको शुभारम्भ गर्दै पर्यटकलाई आकर्षण गर्नका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए । भ्रमण वर्ष सफल बनाउन सङ्घ, प्रदेश र स्थानीय तहका तीनवटै सरकार लाग्नुपर्ने बताउँदै उनले पर्यटनलाई उत्पादनसँग जोड्नु अपरिहार्य भएको उल्लेख गरे । मुलुकमा आउने कूल पर्यटकमध्ये ४० प्रतिशत पोखरा आउने गरेको उल्लेख गर्दै उनले गण्डकी प्रदेशले सङ्घीय कार्यक्रमलाई सफल बनाउनका लागि २०१

    • प्रकाशित मितिः बैशाख १, २०७६
    • ५९ पटक पढिएको
    • रासस
  • ३३ विदेशीसहित कञ्चनजङ्घा तर्फ

    ताप्लेजुङ/ ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो हिमाल  कञ्चनजङ्घा आरोहणका लागि ३३ विदेशीसहितको दुई आरोही टोली आधार शिविर पुगेका छन् ।    एक सयभन्दा बढीले चेइराममा बासको बन्दोबस्ती गरेका छन् । आरोहणका लागि यसअघि नै पुगेका शेर्पाहरूले दोस्रो शिविरसम्मको बाटो बनाइसकेको र अहिले तेस्रो शिविरसम्मको बाटो बनाउने काम भइरहेको पिक प्रमोसन प्रालिका प्रबन्ध निर्देशक बाबु शेर्पाले बताए ।   यो वर्ष पिक प्रमोसनले २३ जनालाई आरोहण गराउने तयारी गरेको छ । जसमा भारतलगायत मुलुकका आरोही छन् । अर्को, सेभेन समिट प्रालिले १० जनाको टोली पठाएको छ । गतवर्ष ३९ जनाले कञ्चनजङ्घाको आरोहण गरेको पर्यटन व्

    • प्रकाशित मितिः बैशाख १, २०७६
    • २०५ पटक पढिएको
    • वसन्त लिम्बू
  • जहाँ नयाँ वर्षको स्वागतमा फुल्छ फूल

    सिरहा/ नयाँ वर्षलाई स्वागत गर्दै देशका विभिन्न ठाउँमा उत्सव र रमझम चलिरहेका छन् । सिरहाको सहलेश फुलबारीमा भने नयाँ वर्षको स्वागतमा फूल फुलिदिन्छ ।   सिरहास्थित लहान नगरपालिका–१२ मा पर्ने सलहेश फुलबारीमा वर्षको एकपटक वैशाख १ गते मात्र फूल फुल्ने र साँझ ओइलिएर जाने गरेको छ । जसका कारण नेपालमै सलहेश फुलबारीले एउटा फरक पहिचान बनाएको छ ।    सिरहाको लहान बजारदेखि पाँच किलोमिटर पश्चिममा छ सहलेश फूलबारी । यहाँ पूजाअर्चना गरे मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । यो फूलबारीमा राजा सलहेश फूल टिप्न जान्थे भन्ने किंवदन्ती रहेको छ ।   सहलेशलाई उनकी प्रेमीका कुशमा मालिनीले हर

    • प्रकाशित मितिः बैशाख १, २०७६
    • २६६ पटक पढिएको
    • गणेश कुमार ठाकुर
  • दोश्रो हिले खाना महोत्सवको सम्पुर्ण तयारी

    धनकुटा ।  धनकुटाको हिलेमा सनिवार (आज) देखी शुरु हुने दोश्रो हिले खाना महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजक संस्था हिले पर्यटन प्रवद्र्धन तथा पुर्वाधार विकास संस्थाले जनाएको छ । सनविार देखी वैसाख ४ गतेसम्म आयोजना हुने हिले दोश्रो खाना महोत्सवमा विशेष गरेर स्थानिय अर्गानिक मौलिक खानाको परिकारहरु आकर्षणको रुपमा रहने संस्थाका अध्यक्ष खगेन्द्र विष्टले बताए । उनले ५ दिनसम्म आयोजना हुने हिले दोश्रो खाना महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको वेजोड प्रश्तुती रहने वताएका छन् । राष्ट्रिय कलाकार पुराना धनकुटेली लोक गायक सम्भु राई देखी लिएर चर्चित गायक÷गायिकाहरुको सांगितिक प्रश्तुती

    • प्रकाशित मितिः चैत्र २९, २०७५
    • ३७५ पटक पढिएको
    • सन्तवीर लामा
  • म्युजिक फेस्टिवल रोक नलगाउन आदेश

    धनकुटा/ उच्च अदालत विराटनगर धनकुटा इजलासले प्रशासनले अन्तिम समयमा रोक लगाएको अन्तर्राष्ट्रिय कलाकार सम्मिलित म्युजिक फेस्टिवल गराउन रोक नलगाउन बुधबार विपक्षीको नाममा निषेधाज्ञा उत्प्रेषण परमादेश जारी गरेको छ । आयोजक संस्था शक्तिपिक म्युजिक फेस्टिवलका तर्फबाट उच्च अदालत विराटनगर धनकुटा इजलासमा जिल्ला प्रशासन कार्यालयको नाममा रिट दर्ता गरेको थियो । संस्थाका अध्यक्ष खोटाङ जिल्ला दिक्तेलका सुवास केसी र धनकुटा नगरपालिका–६ का मानप्रकाश खड्काले जिल्ला प्रशासन कार्यालय सङ्खुवासभा र जिल्ला प्रहरी कार्यालय विरुद्ध अन्तरिम आदेशसहित निषेधाज्ञा, उत्पे्रषणयुक्त परमादेशका लागि रिट दायर गरेका थिए । उक्

    • प्रकाशित मितिः चैत्र २९, २०७५
    • २१६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अस्त–व्यस्त कुम्भमेला

    वराहक्षेत्र/ प्राचीन हरिद्वार चतराधाममा शुरु भएको दोस्रो पिण्डेश्वर अर्धकुम्भमेला हप्ता दिन नलाग्दै अस्त–व्यत बन्न थालेको छ ।  मेला मूल आयोजक समिति र उपसमितिहरूले ध्यान नदिँदा कुम्भको व्यवस्थापन लथालिङ्ग हुनथालेको हो । मेलामा कतै खानेपानी छैन त कतै शौचालय अभाव छ ।    मेलामा होटल सञ्चालन गरिरहेका दिनेश साह समितिसँगै ३ हजार ५ सयदेखि ७ हजार ५ सयसम्म तिरेर होटल सञ्चालन गरे पनि पानी र शौचालयको सुविधा नदिइएको बताउँछन् । उनी भन्छन्, ‘यहाँ रहेका करिब दश होटल व्यवसायीले पानी र शौचालयको सुविधा पाएका छैनन् ।’   अर्का स्थानीय व्यवसायी पुष्पा कार्र्कीले पनि स्टलको

    • प्रकाशित मितिः चैत्र २८, २०७५
    • १,८७९ पटक पढिएको
    • सन्ताेष गुप्ता
  • केरावारीमा बोट विरुवा अध्ययन गर्ने बोटानिकल गार्डेन निर्माण हुदैं

    धरान /  बोट विरुवाको विषयमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि अध्ययन गर्ने थलोको रुपमा मोरङको केरावारी गाउँपालिकास्थित उडल्याण्ड बोटानिकल गार्डेन तथा रिसर्च सेन्टर संचालनमा आएको छ । केरावारी बजारदेखि करिव ५ किमी उत्तरमा तीन विगाहा जग्गामा ३ सय ५१ प्रजातीका बोटविरुवाहरु लगाइएको छ । विद्यार्थीहरु अध्ययनका लागि एक महिनासम्म बस्नका लागि सुविधायुक्त आवास पनि निर्माण भइसेको छ । यस गार्डेनका परिकल्पनाकार भने साहित्यकार राजकुमार कार्की हुन । तीन बर्षदेखि उनले उक्त गार्डेन निर्माणमा लागेका छन् । हाल निर्माणकै क्रममा भएकाले एक बर्षपछि विद्यार्थीहरुका लागि खुल्ला गरिने कार्कीले बताए । बनमारा घारी रह

    • प्रकाशित मितिः चैत्र २५, २०७५
    • ३०४ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved