धरान/ सङ्घाई उपनामले परिचित धरानलाई प्रजातान्त्रिक दलले ६ दशकपछि भत्काउन सफल भएको छ । बाम नेता केदारनाथ खनालले २०१७ सालमा पहिलो पटक मेयरमा निर्वाचित भएपछि वीजारोपण भएको ‘बाम किल्ला’ लाई तिलक राईको नेतृत्वको नेपाली काङ्ग्रेसले तोड्न सफल भएको हो । पहिलो पटक बाम विरासत तोड्ने क्रममा नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले काङ्ग्रेस उम्मेदवार तिलक राईले पराजित गरे । तिलक राईले २६ हजार ७ सय ९ मत प्राप्त गर्दा प्रकाश राईले २३ हजार ९ सय १४ मत प्राप्त गरे । तिलक राईले धरानमा ऐतिहासिक जित हासिल गरेका छन् । जुन २०७४ को स्थानीय तहको निर्वाचनमा मेयर तारा सुब्बाले ल्याएको म
धरान उपमहानगरपालिकाको मेयर र ७ नं. वडा अध्यक्षको मतदान शान्तिपूर्ण सकिएको छ । निर्वाचन अधिकृतको कार्यालय धरानका अन्ुसार मतपेटीका जम्मा हुने काम भइरहेको छ । कार्यालयले आधिकारीक संख्या सार्वजनिक गरेको छैन् ।बिहान ७ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । सहायक निर्वाचन अधिकृत निधीराज दाहालको प्रारम्भिक जानकारी अनुसार ५८ देखि ६० प्रतिशत मत खसेको बताएका छन् । धरानमा २८ मतदानस्थलमा ९९ मतदान केन्द्र रहेको थियो । यसअघि २०७४ सालको निर्वाचनमा ७९ हजार २ सय ८२ मतदाता थिए । अघिल्लो निर्वाचनमा ५३ हजार ५ सय ४७ मत खसेको थयो ।
नेपालका विभिन्न ठाउँमा खाली रहेका स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाका लागि हुन लागेको उपनिर्वाचनको मौन अवधि शुरु भइसकेको छ । निर्वाचन आचार संहिता अनुसार यो समयमा दलहरूले आमसभा गर्न, मत माग्न वा कुनै पनि प्रकारको प्रचार प्रसार गर्न पाउँदैनन् । तर, नेपालकै निर्वाचनको इतिहास केलाउने हो भने पहिले निर्वाचनकै दिन पनि आमसभा हुन्थे । अहिलेको निर्वाचनमा दलहरुले आमसभा, पोष्टर, पम्प्लेटदेखि सञ्चार माध्यम हुँदै सामाजिक सञ्जालसम्म प्रचार गरे । तर, पहिले न युट्युब, फेसबुक थिए, न रेडियो, टेलिभिजन नै । त्यसबेला मतदाता आकर्षित गर्न रमाइलो शैलीमा पम्प्लेट छापिन्थ्यो । नेपालमा राणाशासनकै समयमा २००४ सालमा
१) हिजो आज विशेष गरी केमा व्यस्त हुनुहुन्छ ?.सुनसरी क्षेत्र १ स्थित धरान उपमहानगरपालिकाको उपनिवार्चन तयारी भइरहेको छ । यही सन्दर्भमा आम मतदाताहरूसँग अन्तक्र्रिया गर्ने र धरानमा भइरहेको विकाश निर्माण प्रतिको गुनासो र जनताको चाहना के छ ? जनप्रतिनिधि र हामीप्रति जनताले के कस्तो अपेक्षा गरेका छन् त ?भन्ने कुरा बुझ्न धरानको प्रत्येक वडाहरूमा जाने, जनताको गुनासो सुन्ने, आगामी दिनमा विकाश निमार्णका कामहरू कसरी अगाडि बढाउन सकिन्छ भन्ने सन्दर्भमा म जनताहरूसँग आम मतदाताहरूसँग भेटघाट तथा छलफल गर्ने कार्यमा नै अहिले मेरा दिनहरू बितिरहेका छन् । २) तपाईं माननीय भए पछि सुनसरी क्षेत्र क्षेत्र न. १ को विकाश न
धरान/ मथुरा प्रधान श्रेष्ठको छाया युवापुस्ताको मानसपटलमा सायदै होला । तर, जब ‘यो जीवनको परिधिभित्र, बाँधिएर कति बाँचिदिनु’ बोलको राष्ट्रिय भावनाले ओतप्रोत गीत गुञ्जिन्छ, ६० का दशकसम्मका युवापुस्तालाई मथुरा श्रेष्ठ चिनाइरहनु पर्दैन । २०३९ सालमा रेडियो नेपालमा रेकर्ड भएको थियो । हो, यही गीतकी स्रष्टा जो हाल वेलायतमा बसिरहेकी छन् । गायिका मथुरालाई कालजयी बनाउने गीतहरूमध्येको यो एउटा गीतले पनि त्यो बेला मथुरालाई चिनाइरह्यो । कलिलै उमेरमा सङ्गीतको नसाले उनलाई चाप्यो । पाँचथरको यासोकमा जन्मिएकी मथुरालाई सङ्गीतमा डोर्याउनमा भने काका विष्णुकुमार प्रधान जो त्यो बेलाका प्रख्यात व्यक्ति थिए
– धरानको चुनावी माहौललाई कसरी नियाली रहनु भएको छ ?समग्रतामा धरानेको चुनावी माहौल सूर्यको पक्षमा देखिएको छ । हामी अलिकति उम्मेदवार निर्णय गर्न ढिला भयौं । तथापि अहिले चुनावी अभियान द्रुत गतिमा बढेको छ । विगतको मतभन्दा राम्रो मार्जिनले लिड गर्दैैछौं । यो निर्वाचनमा सवै सेक्टर परिचालित छन् । महिला, बुद्धिजीवी, जेष्ठ नागरिक, व्यापारी व्यवसायी परिचालित छन्, उत्साहित छन् । विजय सुनिश्चित छ भन्ने प्रमाणित गरेको छ, यो माहौलले । – नेकपाका उम्मेदवार प्रकाश राईले धरानमा जित्ने आधार के होला ?जित्नुपर्ने आधार अनेक छन् । पहिलो, धरानको विकास निर्माणमा आजको धरान बनाउन कम्युनिष्ष्ट पार्टीको
यासोक/ धन कमाउने लोभमा छिमेकी देश भारतको मेघालय पुगेका पाँचथर कुम्मायक गाउँपालिका ५ का ईश्वर चेम्जोङ यतिबेला जीवन मरणको दोसाँधमा छन् । पारिवारिक आर्थिक अवस्था न्यून भएका उनी धन कमाउनैका लागि भनेर मेघालयस्थित कोइला खानीमा पुगे । तर, कोइला खानीमा भएको दुर्घटनाका कारण अहिले जीवनमरणको दोसाँधमा दिन काटिरहेका हुन् । उनी काम गर्दागर्दै खानी माथिको ढिस्को खसरे ढाडको मेरुदण्ड भाँच्चिएको थियो । जसले गर्दा उनको शरीरको आधा भाग नै नचल्ने भएपछि परिवार सहारामा बाँच्न बाध्य छन् । उनको कष्टकर जीवन देखेका केहीले गरेको सानो तिनो सहयोगको भरमा नै दैनिकी चलिरहेको छ । तर, त्यो उनको दैनिक जीवनको लागि पर्याप्त छैन ।
ताप्लेजुङ / ‘तमोर नदिमा ¥याप्टिङ (जलयात्रा) गर्दा अति नै रमाइलो हुन्छ । कहिले काहीँ डर पनि लाग्छ, यस्तोमा नै रमाउने हो ।’ २४ जनाको विदेशीहरुलाई नेतृत्व गरेर आएका इटालियन नागरिक डेभिडले तमोर नदिमा ¥याप्टिङ गर्नुअघि अग्रेजी लवजमा भने । पछिल्लो समय उनीसहित अल्टिमेट रिभर कम्पनीमार्फत स्पेन, फ्रान्स, इटालीका नागरिकले आठराई त्रिवेणी गाउँपालिका र मेरिङदेन गाउँपालिकाको सिमाना रहेको तमोर दोभानवाट ¥याप्टिङ सुरु गरेका छन् । ¥याप्टिङको सिजन सुरु भएसँगै यस नदिमा विभिन्न कम्पनीले करिव ५० जना विदेशीलाई ¥याप्टिङ गराएका छन् । दोभानवाट सुरु भएको जलयात्रा कावेली दोभान, माँझीट
विराटनगर / पवित्र छठ पर्वको रुपमा मनाइने यस वर्षको छठको मुख्य दिन ब्रतालुहरूले शनिबार अस्ताउँदो सूर्यलाइ अर्घ दिएका छन् । भोली उदाउँदो बिहानी सर्यूलाई अर्घ दिएर यो पर्व समापन हुने गर्दछ । विराटनगरको सिंघिया, केसलीया खोला, यहाँ रहेको नहरलगायतको नदीहरुमा हजारौं श्रद्धालु अस्ताउँदो सूर्यलाई अर्घ प्रदान गरे । यस वर्ष मौसम राम्रो भएको कारणले पूजा स्थलमा श्रद्धालु तथा भत्तजनहरुको घुइचो देखियो । निराहार व्रत बसेका ब्रतालुहरुले अस्ताउँदै गरेको सूर्यको पूजा गरेका छन् । पर्वको दोश्रो दिन व्रतालुहरु दिनभरि उपवासबसेका थिए । निराहार व्रत बसेका ब्रतालुहरूले अस्ताउँदै गरेको सूर्यको पूजा गरेका थिए ।
Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved