राजनीति

    Showing १-१० of ९२८ items.
  • राजनीति नगर्ने घोषणा गर्दै एकीकरण भए तीन सङ्गठन

    भद्रपुर/ कर्मचारीहरुले राजनीतिमा प्रत्यक्ष संलग्न नहुने र पेशागत सङ्गठनलाई कुनै पनि राजनीतिक दलको भ्रातृ सङ्गठन नबनाउने उद्घोषका साथ मुलुककै ठूलोमध्येको झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका तीन वटा कर्मचारी सङ्गठन एकीकरण भएका छन् । एकीकरण भएका सङ्गठनहरुमा तत्कालीन नेकपा माओबादी केन्द्रको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, तत्कालीन नेकपा एमालेको भ्रातृ सङ्गठन नेपाल स्वतन्त्र कर्मचारी सङ्गठन र नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल वित्तीय कर्मचारी सङ्घ रहेका छन् । तीन वटै सङ्गठनले राजनीति नगर्ने आचारसंहिता पारित गर्दै केही दिन अघि संयुक्त महाधिवेशनसमेत सम्पन्न गरेका छन् भ

    • प्रकाशित मितिः असार ११, २०७६
    • ४८ पटक पढिएको
    • रासस
  • दुई लाइन संघर्षदेखि बहिस्कार गर्नेसम्मको चेतावनी

    मदनबाबु प्रसाई उर्लाबारी÷नेपाल कम्युनिष्ट पार्टी निकट धिमाल समुदायहरुको संगठन नेपाल गणतान्त्रिक धिमाल संघले तत्कालीन नेकपा एमाले र नेकपा(माओवादी) एकिकरण पछिको समायोजनमा धिमाल समुदायलाई उपेक्षा गरिएको भन्दैं आपती जनाएको छ । सो संगठनका अध्यक्ष पर्तमान धिमाल र महासचिब तारीलाल धिमाल(प्रवेश) ले मंगलबार संयुक्त रुपमा बिज्ञप्ती जारी गरि एक बर्ष अघि दुई पार्टी बिच एकता भएता पनि केन्द्र, प्रदेश, जिल्ला, तथा स्थानिय तहमा एकता हुदा धिमाल समुदायलाई कुनै स्थान नदिएको उल्लेख गरिएको छ । ‘नव नेपाल निर्माण गर्ने अभियानमा २००७ सालको राणा बिरोधी आन्दोलनदेखि ०६२÷०६३ को गणतान्त्रिक आन्दोलनसम

    • प्रकाशित मितिः असार १०, २०७६
    • ९२ पटक पढिएको
    • मदनबाबु प्रसाई
  • लक्ष्मणपुर बाँध भत्काउन सांसदको माग

    सांसद पुष्पा भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीले विधिको शासनको ठाडो उल्लङ्घन गरी हुकुमी शैलीमा शासन गर्दै आएको आरोप लगाए । प्रतिनिधिसभाको आजको शून्य समयमा उनले कारागार ऐनको दफा ११ र २५ उल्लङ्घन गरी उपचारका क्रममा रहेका सांसद रेशम चौधरीको खुट्टामा लगाइएको नेल फुकाल्ने र नेल लगाउने कारागारका कर्मचारीलाई कारवाही गर्न ठाडो आदेश दिनु प्रधानमन्त्री को हुकुमी शैली भएको तर्क गरे । कारगार ऐनको दफा ११ मा नेल लगाउन चिकित्सकको सुझाव लिनुपर्ने र दफा २५ मा जघन्य अपराध गर्नेलाई नेल लगाउनुपर्ने व्यव्स्था छ । सांसद पूर्णकुमारी सुवेदीले राप्ती नदीमा पक्की बाँध निर्माण गर्न सरकारसँग माग गरे । उनले

    • प्रकाशित मितिः असार ९, २०७६
    • ९२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आफूखुशी खर्च गर्ने गरी वडासदस्यले मागे १०–१० लाख

    दमक/ दमकमा १० वटा वडा छन् । हरेक वडामा ४ जना वडासदस्यहरू छन् । यसरी हेर्दा नगरमा ४० जना वडासदस्य भए । यी सबै वडासदस्यलाई आफूखुशी खर्च गर्न पाउने गरी १०–१० लाख रुपैयाँ माग गरेका छन् । आइतबार दमक नगरपालिकाको पाँचौं नगरसभामा बोल्दै दमक नगरपालिका वडा नं. ७ का वडासदस्य धनेश्वर कार्की (श्याम)ले ‘वडा सदस्यहरू भूमिकाविहीन झैं भए, आफ्ना योजना र कार्यक्रम केही भएनन्, त्यसैले हामीलाई १०–१० लाख रुपैयाँको बजेट सिलिङ चाहियो’ भन्दै नगरसभामा माग गरे । सङ्घीय सरकार र प्रदेश सरकारको सांसद् क्षेत्र विकास बजेटका बारेमा सङ्घ र प्रदेशमा बहस चलिरहेका बेला दमकका नगर सभासद्हरूले पनि वडासदस्य ल

    • प्रकाशित मितिः असार ९, २०७६
    • ६७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • राप्रपा महाधिवेशन आगामी जेठमाः देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने सङ्कल्प

      काठमाडाैं / राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीयकार्य समितिको विस्तारित बैठकले केन्द्रीय महाधिवेशन आगामी वर्षको जेठभित्र गर्ने निर्णय गरेको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्योपदेश, महेन्द्रको राष्ट्रवाद र प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई पार्टीले मार्गदर्शक सिद्धान्तका रूपमा अङ्गीकार गरी देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने सङ्कल्प बैठकले गरेको छ । सरकारले संसद्मा पेश गरेको गुठी विधेयक फिर्ता लिएको घटनालाई बैठकले स्वागत गर्दै विधेयक पूर्णरूपमा खारेज गरी धर्म, संस्कृति र परम्परामाथि कुनै आघात पुग्ने कार्य नगर

    • प्रकाशित मितिः असार ८, २०७६
    • ४३ पटक पढिएको
    • रासस 
  • नेकपा बैठकः तोकिएनन् जिल्ला इन्चार्जहरू

    काठमाडौ / कतिपय नेताहरूले सार्वजनिक रूपमा सरकार र पार्टीप्रति 'असन्तुष्टि' व्यक्त गरिरहेका बेला शनिवार बसेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले कुनै निर्णय गर्न नसकेको नेताहरूले बताएका छन् । जिल्ला इन्चार्जहरूको टुङ्गो लगाउने र राजनीतिक प्रतिवेदनबारे ठोस निर्णय गर्ने ठानिएको उक्त बैठकले कुनै निर्णय गर्न नसक्नुलाई कतिपयले पार्टीभित्र थप मतभेदहरू बढेको हुनसक्ने रूपमा अर्थ्याएका छन्। पार्टी नेताहरूले चाहिँ प्रधानमन्त्री एवम् एकजना अध्यक्ष केपी शर्मा ओलीको समय अभावका कारण शनिवार कुनै निर्णय हुन नसकेको बताए। सहभागी नेताहरूका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा

    • प्रकाशित मितिः असार ८, २०७६
    • ७३ पटक पढिएको
    • बीबीसी
  • प्रदेशको नाम अन्तिम चरणमा : मुख्यमन्त्री राई

      उदयपुर / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नाम केही दिनभित्रै सहमतिबाट टुङयाइने बताएका छन् । प्रेस सङ्गठन उदयपुरले आज बिहान उदयपुरको गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राईले प्रदेश १ को नाम सहमतिबाट टुङ्ग््याउने अन्तिम चरणमा पुगेको बताए  । प्रदेशको नाम किरात, कोशी किरात, सगरमाथा, कोशी सगरमाथा प्रदेशलगायतका विकल्पको विषयमा छलफल भएको बताउँदै उनले भने , ‘‘असारको दोस्रो हप्ताभित्र टुङ्गो लगाइसक्छौँ । प्रदेश नं १ को राजधानी विराटनगर राख्ने विषय सबैको सहमतिले पारित भए झैँ प्रदेशको नाम पनि सर्वसम्मत पारित गरिनेछ ।’’ कृ

    • प्रकाशित मितिः असार ८, २०७६
    • ३६६ पटक पढिएको
    • रासस
  • शिलान्यास भएको ३ बर्ष पछि फेरी सर्भे गर्न रातो कितावमा

    धरान / २०७४ भदौं १ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले उदयपुरमा हेलिकोप्टर चढेर दुईवटा पुलको तामझामका साथ शिलान्यास गरेका थिए । प्रदेश र संघको निर्वाचन आउने तीन महिना अघिको कुरा हो । उदयपुरसँगै जोडिएको खोटाङ र भोजपुरको बीचमा पर्ने सुनकोसी नदीमा पुलको शिलान्यास गर्न शेरवहादुरसँगै उदयपुर १ नं. क्षेत्रका सांसद डा. नारायण खड्का र भोजपुरको १ नं. क्षेत्रका सांसद शेरधन राई पनि साथमा थिए । पुल बन्ने हल्ला ०५६ सालदेखिको हो । तर चुनावको मुखमा देउवाले शिलान्यास नै गरि दिए । तीन महिनाको अवधीमा उदयपुर क्षेत्रको रानीटारस्थित पिलरका लागि खाल्डो खन्ने काम भयो । त्यो खाल्डोमा अहिले पानी पानी जमेको छ

    • प्रकाशित मितिः असार ७, २०७६
    • २६२ पटक पढिएको
    • ब्लाष्ट खबर डेक्स
  • भद्रपुर नगरले काम नगरेको नेपाली काङ्ग्रेसको आरोप

    भद्रपुर । नगरपालिकाका नेतृत्व तहले दुईतिहाईको दम्भ देखाएर दलीय स्वार्थमा नगरवासीको अपेक्षा अनुरूप काम नगरेको भन्दै नेपाली काङ्ग्रेस नगर समितिले नगरपालिकालाई २७ बुँदे मागसहितको ज्ञापन–पत्र बुझाएको छ । नेपाली काङ्ग्रेस कार्यकर्ताहरूले बिहीबार भद्रपुर बजार परिक्रममा गरी नगरपालिकामा पुगेर नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई खबरदारीसहितको ज्ञापन–पत्र बुझाएका हुन् । झापा क्षेत्र नम्बर–३ का क्षेत्रीय सभापति गणेश पोखरेल र नगर सभापति मोहन महर्जनले संयुक्त रूपमा नगर प्रमुख श्रेष्ठलाई ज्ञापन–पत्र बुझाएका थिए । नगरको कार्यपालिकाको बोर्ड बैठकमा भएको कर्मचारी समायोजनसम्बन्धी निर्णयसमेत

    • प्रकाशित मितिः असार ७, २०७६
    • ६३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • झापामा २७५३ लाई रोजगार, यसरी सकिदैंछ ३ करोड

    भद्रपुर / झापाका पन्ध्रवटै स्थानीय तहमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत २ हजार ७ सय ५३ जनाले रोजगार पाएका छन् । जसमध्ये गौरीगञ्ज गाउँपालिका भने प्रकृयामा छ । सो पालिकामा आवेदन लिने काम भइरहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि झापामा ३ करोड ९४ लाख रुपैयाँ खर्च हुनेछ ।पहेलो हेल्मेट र ज्याकेट लगाएका बेरोजगारीहरु औजार बोकेर निर्माणका काममा खटिदा गाउँ गाउँमा विकासको जागरण फैलिएको भान भएको छ । स्वरोजगार कार्यक्रमका कामदारले सडक सरसफाई गर्ने, झाडी फाड्ने, विद्यालयमा रङ्गरोगन लगाउने, भत्किएका पुल पुलेसा मर्मत गर्ने, सडकका खाल्डा पुर्ने , निर्माणाधीन कालोपत्रे संडकमा सवारी नचला

    • प्रकाशित मितिः असार ७, २०७६
    • ११२ पटक पढिएको
    • उत्तम नेपाल

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved