संस्कृति

    Showing १-१० of १,००९ items.
  • बाल कविताः आमा

                हिन्दूहरूले पूजा गर्ने भगवान एउटा राम हुन्संसारको सर्वश्रेष्ठ मान्छेकेवल एउटी आमा हुन् । नौ महिना दुःखमा बसिन्गर्भमा आफ्नो राखेरसहन नसकिने पीडा सहिन्प्राण आफ्नो मानेर । कस्तो रहेछ संसार भन्नेयी आमाले देखाइन्खुशीको यो हो दिन भनेरभोज भतेर गराइन् ।हात मेरो समाएरविस्तारै हिड्न सिकाइन्आमाले त पहिलो शब्दआमा भन्न सिकाइन्। नाकबाट निस्कने सिँगानआफ्नै हातले पुच्छिन्मलाई केही भएमाआमा आफैं रुन्छिन् । मेरी छोरी म जस्तै ज्ञानीभनेर आमा हाँस्थिन्मेरी छोरी परि जस्तै सुन्दरीभनेर आमा गीत गाउँथिन् ।स्कुल जाने बेलामास्कुल पनि पठाउँथिन्गृहकार्य पूरा नगरेमाआमा मल

    • प्रकाशित मितिः आश्विन २६, २०७६
    • ७१ पटक पढिएको
    • बुबिसा लिङ्थेप
  • दशैं तिहारको नामामा मारिने पशुपंक्षीको आत्मा शान्ति गर्न विश्व शान्तिको पूजा

    पथरी । दशैं, तिहारको नाममा पशुपंक्षी हत्या नगर्न र देवताको नाममा मारिएका पशुको आत्मा शान्तिको कामना गर्दै मोरङको पथरीशनिश्चरे–१०, स्थित ओम सियार जम्मुलिङ बज्र गुम्बामा २१ दिने विश्व शान्तिपूजा भईरहेको छ । विश्व शान्तिपूजा सँगै नेपाल तामाङ लामा घेदुन संघीय कार्यालयले लामाको पनि तालिमको आयोजना गरेको छ । नेपाल तामाङ लामा घेदुन संघीय कार्यालयको आयोजना र गुम्बाको ब्यबस्थापनमा असोज १८ देखि कार्तिक १० गतेसम्म कार्यक्रम हुने आयोजक समितिका ब्यबस्थापक चन्द्र तामाङले बताए । मानवीय सुख, शान्तिको नाममा बलि भोग दिदा पाप लाग्ने कुरा चेतना जगाउदै चाड पर्बको नाममा हत्या भएको पशुपंक्षीको आत्मा शान्तिको ल

    • प्रकाशित मितिः आश्विन २५, २०७६
    • ९८ पटक पढिएको
    • दिनेश सुब्बा
  • आज विजया दशमी, टिकाकाे उतम साइत विहान १०:३५ बजे

    विजया दशमी नवरात्रिको दशौ दिनलाई विजयादशमी पनि भनिन्छ । विजय दसमीका दिन घरघरमा टिका थापिन्छ । यस सम्बन्धमा श्रीमद्देवीभागवत नवरात्र प्रकरणमा नवरात्र पर्यन्त अहोरात्र व्रत बसी दशमीका दिन शुभसाहितमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको हो भन्ने कथन छ  । अाज वहान १०:३५ बजे शुभ साइत रहेकाे छ । वैदिक ज्योतिष अनुसार चान्द्रवर्षमा ३५४दिन हुने कुरा बताइएको छ ्रचान्द्रकलाविज्ञानका आधारमा वर्षभरिमा लगभग ६ महिनाको कृष्णपक्षको चतुर्दशी मात्र क्षय भई बाँकी वर्ष भरी कुनै पनि तिथि घट्(बढ् नहुने सिद्धान्त विश्वकै सर्व प्राचीन वैदिक ज्योतिषको रहेको छ्रयस आधारमा शुक्लप्क

    • प्रकाशित मितिः आश्विन २१, २०७६
    • ५६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आज महानवमी , सिद्विदात्री देविकाे पूजा गरिदै

    महानवमी नवरात्रिको नवौ दिन विशेष गरी सिद्धिद्धात्रि देवीको पूजा–आजा गरिन्छ। आज बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ। यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ। बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दस प्रकारका विकारहरू छन् । विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ । नवदुर्गाका प्रसादले यी अवगुणहरू हटून्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने

    • प्रकाशित मितिः आश्विन २०, २०७६
    • ८५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सदरमुकाम सुनसान: गाउँमा दशैँको चहलपहल

    दशैँ नजिकिँदै गर्दा जिल्लाका विभिन्न गाउँमा स्थानीयवासीको चहलपहल बढेको छ । जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल भने सुनसान बन्दै गएको छ । यहाँका जिल्ला सदरमुकाममा अध्ययन गर्ने विद्यार्थी, कर्मचारी व्यापार व्यवसाय गरी बस्ने व्यापारी र सरकारी कार्यालयमा बिदा पछि कर्मचारीसमेत बाहिरिएपछि सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल सुनसान बनेको हो । रोजगार, अध्ययन र अन्य कामका लागि गाउँबाट बहिरिएका चाडबाडका लागि गाउँ फर्केपछि यहाँका ग्रामीणवस्तीमा भने निकै चहलपहल छाएको सायल गाउँपालिकाका स्थानीय सिद्धराज जोशीले बताए । उनले भने, “कामको सिलसिलामा गाउँ छोडेर

    • प्रकाशित मितिः आश्विन १९, २०७६
    • ८८ पटक पढिएको
    • विमलबहादुर विष्ट
  • पिङ लोप हुँदैं

    सिरहा / दशैँमा अनिवार्य जस्तै बन्ने चलन अहिलेको समयमा लोप हुँदै गएको छ । दसैं तिहारजस्ता चाडपर्वका समयमा गाउँघरमा राखिने पिङ हराउँदै जान थालेका छन् । दसैं लाग्नुपूर्व गाउँका टोलटोलमा राखिने पिङ अहिले भने हराउँदै जान थालेका हुन् । गाउँघरमा युवा जनशक्ति कममात्रमा हुनु र बजार क्षेत्रमा मनोरञ्जनका अन्य धेरै साधन हुँदा पिङ राख्ने संस्कृति भने लोप हुँदै गएको छ ।संस्कृतिकै रुपमा विकास भएका पिङको संरक्षणका लागि स्थानीय संस्था तथा व्यक्तिले चासो नदेखाएको लहानका रामबावु यादवले बताए । उनका अनुसार विगतमा दशँैतिहारमा बनाउने गरेका पिङ अब लोप हुँदै गइरहेका छन् । ‘युवा भेला भई हरियो खर काटेर बलियो

    • प्रकाशित मितिः आश्विन १९, २०७६
    • १९ पटक पढिएको
    • गणेशकुमार ठाकुर
  • आज महाष्टमी, शक्तिपीठहरुमा देविलाई बोका, कुखुरा, हाँस, राँगोकाे बलि दिइदैं

    धरान / नवरात्रिको आठौं दिन आज महाकाली (भद्रकाली)को विशेष पूजा-आजा गरिन्दैंछ । देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौं योनी(शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ। पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ। मांसाशनं ये कुर्वन्ति तैः कार्यं पशुहिंसंनम् ्र महिषाकजवराहाणां वलिर्दानं विशिष्यते (देवीभागवत नवरात्रप्रकरण ) यस दिन आ-आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन्। शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन्। काठमाडौंको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्

    • प्रकाशित मितिः आश्विन १९, २०७६
    • ९४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धनकुटामा दशैंको हर्कवढाँई

    धनकुटा  / हिन्दुहरुको महान पर्व बडादसैंको सातौँ दिन फूलपातीको अवसरमा सनिबार धनकुटाको तल्लो टुडिखेलमा निशान भगवतीको विशेष पुजा आराधाना तथा हर्कबढाईं कार्यक्रमको आयोजना गरिएको छ ।धनकुटा नगरपालिका वडा नं. ६ विच वजारमा रहेको प्रसिद्ध धार्मिकस्थल निशान भगवती मन्दिरबाट डोलीमा निशानलाई बोकेर धनकुटाको टुडिखेलमा पु¥याए पछि विशेष पुजा आराधाना गरिएको थियो । टुडिखेलमा पुजा आराधना र हर्क वढाँई पछि टुडिखेलवाट धनकुटा वजारको परिचय मोड, चुवाको वोट, हुलाक टोल मदन चोक, यलम्वर चोक हुँदै वजारको विभिन्न भागको परिक्रमा पछि पुन निशान भगवतीलाई निशान मन्दिर मै प्रतिस्थापन गरी पूजा आराधनासहित फूलपातीको हर्

    • प्रकाशित मितिः आश्विन १८, २०७६
    • ३४९ पटक पढिएको
    • सन्तवीर लामा
  • गोरखा दरबारबाट हनुमानढोकाका लागि फूलपाती पठाइयो

      धरान / गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहानको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् । फूलपातीको डोली बा २० च ४३९४ नम्बरको निजी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिए । गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पु¥याइएपछि आज साँझ हर्षबढाइका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन छ । गोरखा दरबारको दशैँ घरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण

    • प्रकाशित मितिः आश्विन १८, २०७६
    • ८५ पटक पढिएको
    • रासस
  • मौलिकता हराउँदै गएको दशैं

    प्रत्यक बर्ष दशैंको आगमन सँगै दशैं बजारको चहलपहल र बसको टिकट बुक गर्नेको घुईचो पनि बढेको देख्दा एक किसीमको रमाईलो अनुभव हुन्छ । आज पनि याद आउँछ दशैंमा लिङ्गे पिंग गाउँघर तिर खेलेको । आजभोलि दशैंको परिभाषा नै फेरिएको छ । हामी नेपालीको सबैभन्दा ठूलो महान चाँड वर्षमा एक पटक मात्र आउँछ । सबै देश विदेश छरिएर रहेको आफन्त, साथीभाईहरुसँग भेटघाट हुने तथा वर्षभरि भोगेका तीतामीठा अनुभवहरु साटासाट गरी खानपान गर्ने, उपहारहरु आदान प्रदान गर्ने अमुल्य समय हो दशैं । असत्य माथि सत्यको विजय भएको, देवताहरुको रक्षा गर्नको लागि दुर्गामाताले महिसासुरलाई अन्त्य गरेको दिन हो दशैं । दशैं पर्व मात्र होईन, यो नेपाली स

    • प्रकाशित मितिः आश्विन १८, २०७६
    • १४० पटक पढिएको
    • रीना घले

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved