स्वास्थ्य

    Showing १-१० of १,८४६ items.
  • वीपी प्रतिष्ठानमा यस्तो छ वेथिति, विमारीलाई सास्ती(तस्विरसहित)

    धरान / दक्षिण एसिया कै नाम चलेको उत्कृष्ट अस्पताल भनेर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम लिदैं आएको छ । उत्तर किमाथाङ, पूर्व ओलाङचुङगोलादेखि पश्चिममा जनकपुर हुदै भारतको विहारबाट यहाँको सेवा लिन आउने गरेका छन् । एउटा विश्वासले यहाँ उपचार गर्न आउने गरे पनि पछिललो समय प्रतिष्ठानको अस्थव्यस्थताले उनहरुले हैरानी खेप्दैं आएका छन् । विहान ६ बजेदेखि खाली पेटमा लाइन बस्दा अर्को रोग उव्जिने गरेको इलामबाट पेटको इलाज गर्न आएका वीरवल लिम्बु बताउछन् । डाक्टरकाेमा पुग्नु अघि पुर्जा लिन बसेकाे लाइन । बास्तावमा यहाँका कर्मचारी पदाधिकारीहरु कमिसनको चक्करमा यहाँ आउने विमारीको सुविधाको

    • प्रकाशित मितिः भदौ ५, २०७६
    • ६१३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ओपिडी निःशुल्क दिने स्वास्थ्य केन्द्र

    धरान/ सामान्यतः ओपिडी सेवा पनि निःशुल्कभन्दा अचम्म लाग्ला ? वराहक्षेत्र नगरपालिका–२ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भने ओपिडीसमेत निःशुल्क गर्दै बिरामीको उपचार गर्ने गरिएको छ । हेल्थपोष्टबाट स्तरोन्नति भएको केन्द्रमा ३ सय ५६ दिन खुला रहने आकस्मिक कक्ष, वार्ड, एक्सरे, ल्याव र निःशुल्क ओपिडी सेवासहितको अस्पताल सेवा सञ्चालनमा आएको छ । सरकारले सञ्चालन गरेका गाउँ वा शहरका प्राथमिक स्वास्थ्य केन्द्रहरू १०–५ मात्र खुल्छन् । निःशुल्क ओपिड सेवा, आकस्मिक सेवा दिँदैनन् । तर, स्वास्थ्य केन्द्र व्यवस्था पनि समितिका अध्यक्षसमेत रहेका वराहक्षेत्र नगरपालिका–२ का वडाध्यक्ष हरिकृष्ण भट्टर

    • प्रकाशित मितिः भदौ ५, २०७६
    • ५८३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बीपी प्रतिष्ठानको अक्सिजन प्लाण्ट बन्द

    धरान/ सम्झौताअनुसार टेण्डर पार्ने कम्पनीहरूले मर्मत–सम्भार नगरिदिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लाण्टमा गरेको लगानी बालुवामा पानी भएको छ । प्रतिष्ठानमा रहेको सानो प्लाण्टले पर्याप्त अक्सिजन आपूर्ती गर्न नसकेपछि ६ महिनाअघि मात्र १६ सय लिटर प्रतिमिनेट उत्पादन गर्ने अक्सिजन प्लाण्ट जडान गरेको थियो । प्रतिष्ठानमा भारतको युनिषी इण्डिया र नेपालको डाइग्नोकेनको संयुक्त कम्पनीले अक्सिजन प्लाण्ट जडान गरिदिएको थियो । ३ करोड २४ लाख रुपैयाँ लागत खर्च भएको उक्त प्लाण्ट पनि बिग्रिएर बन्द भएपछि अक्सिजन प्लाण्टमा लगानी बालुवामा पानीसरह भएको हो । त्यसो त उक्त प्लाण्ट गत माघ २४

    • प्रकाशित मितिः भदौ ४, २०७६
    • १४० पटक पढिएको
    • ब्लाष्ट खबर
  • झापाका पानी पिउन अयोग्य

    बिर्तामोड/ झापाको बजारमा पाइने पानी पिउनयोग्य नरहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले गरेको परीक्षणमा झापाको बजारमा बिक्री हुने पानी पिउनयोग्य नरहेको पाइएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले पानीमा पीएचको मात्रा न्यूनतम् ६ देखि ८.५ प्रतिशतसम्म हुनुपर्ने प्रावधान तोकेको छ । तर, झापाको बजारमा पाइने पानीमा पीएचको मात्रा न्यूनतम्भन्दा कम भेटिएको छ । झापाको बिर्तामोडमा मङ्गलबार विभिन्न २० वटा उद्योगको पानीको नमूना सङ्कलन गरी पिएचको मात्रा परीक्षण गर्दा त्यस्तो पाइएको हो । ‘पिउने पानीको गुणस्तरः अवस्था र नियमनको आवश्यकता’ विषयमा भएको का

    • प्रकाशित मितिः भदौ ४, २०७६
    • १२५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • फिलिपिन्समा डेङ्गुबाट आठ महिनामा ८ सय जनाको मृत्यु

      मनिला /  फिलिपिन्समा यस वर्षका प्रथम आठ महिनामा डेङ्गु रोगीको संख्या एक लाख ८८ हजार पुगेको स्वास्थ्य विभागले जनाएको छ । विभागका अनुसार डेङ्गुकै कारण ८०७ जनाको मृत्यु भएको छ । विभागले यस वर्षको जनवरी १ देखि अगस्ट ३ सम्मको अवधिमा एक लाख ८८ हजार ५६२ जनामा डेङ्गु रोग भेटिएको विवरण संकलन गरेको छ । गत वर्षको यही अवधिमा ९३ हजार १४९ जना डेङ्गुका बिरामी फेला परेका थिए । डेङ्गुका बिरामी दोब्बरले वृद्धि भएको फिलिपिन्समा सन् २०१८ को तुलनामा मृत्यु भएकाको संख्या पनि झण्डै दोब्बरले वृद्धि भएको छ । गत वर्ष ४९७ जनाको डेङ्गुकै कारण मृत्यु भएको थियो । स्वास्थ्य सेवा विभागले फिलिपिन्सका मध्य

    • प्रकाशित मितिः भदौ ३, २०७६
    • ३५ पटक पढिएको
    • रासस
  • प्रतिष्ठानमा अक्सिजन अभाव, विमारी रेफर हुदैं

    धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजनको अभाव भएपछि विमारीहरु अन्यत्र रेफर हुसन थालेका छन् । अस्पताल प्रशासनले प्रयाप्त अक्सिजन व्यवस्थापन गर्न नसके पछि अभाव शुरु भएको हो । अक्सिजन निर्यात गदैं आएको कम्पनिले प्रयाप्त निर्यात गर्न छाडे पछि आकस्मिक कक्ष र विमारी उपचार गर्न राख्ने वाडहरुमा अक्सिन अभाव भएको चिकित्सकहरुले बताएका छन् । प्रतिष्ठानमा रहेको अक्सिजन प्लान्ट लामो सयमदेखि विग्रिएको छ । प्रतिष्ठानको प्लान्ट विग्रिए पछि दुर्गा प्लान्ट दुहवीबाट निर्यात गदैं आए पनि उसले प्रयाप्त सिलिण्डर नदिए पछि प्रतिष्ठानमा अक्सिजन अभाव भएको हो । प्रतिष्ठानले दैनिक ६० हजार

    • प्रकाशित मितिः भदौ ३, २०७६
    • ३४२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • झाडापखला लागेर ४ बर्षीय बालकको ज्यान गयो

    यासोक / सोमबार बिहान नै एक बालक झाडापखाला लागेर ज्यान गएको छ । पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर ५ का स्थानीय दुर्गा कटुवालका ४ वर्षीय छोरा सागर कटुवालको ज्यान गएको हो । आइतबार बेलुकाबाट झाडापखालाले ग्रस्त बनाएको बालकको उपचारको लागि परिवारले सोमबार बिहान मात्रै मोटरसाइकल खोजेर उपचारको लागि यासोक बजार लगेका थिए । तर अन्तिम अवस्थामा बालकलाई ल्याएकाले ज्यान जोगाउँन नसकिएको अहेव रोहन घिमिरेले जानकारी दिए । ‘शरिरमा पानीको मात्रा कम थियो । यो अवस्थामा बालकलाई बचाउँन धेरै ढिला भइसकेको थियो ।’– घिमिरेले भने । समयमै स्वास्थ्य संस्थामा उपचारका लागि नपु¥याउदा धेरैले अकालमै

    • प्रकाशित मितिः भदौ २, २०७६
    • ७१ पटक पढिएको
    • रमेश थापा
  • जेष्ठ नागरिकलाई दाँत, सुत्केरी महिलालाई अण्डा, गरिवलाई निशुल्क स्वास्थ्य विमा

    धरान / सुनसरीको दक्षिणवर्ती बर्जु गाउँपालिकाले आफ्ना नागरिकका लागि नयाँ योजनाहरु ल्याएको छ । जेष्ठ नागरिक, गरिव दलित तथा सुत्करी महिलाहरुको हितमा नयाँ कार्यक्रम अघि सारेको हो । गाउँसभाबाटै पारित गरेर जेठ नागरिकलाई दाँत लगाई दिने, सुत्करी गराउन स्वास्थय केन्द्रमा आउने महिलालाई अण्डा उपहार दिने र दलित विपन्न परिवारलाई निशुल्क स्वास्थ्य विमा गराउने कार्यक्रम ल्याएको छ । गाउँपालिकाका अध्यक्ष रघुनन्द चौधरीका अनुसार ६५ बर्ष माथिका नागरिकका दाँत लगाउन ८ लाख बजेट छुट्याएको छ । थोते हुन नपरोस भनेर जेष्ठ नागरिकका हकमा उपचारसहितको दाँत लगाइदिने कार्यक्रम ल्याएको उनले बताए ।‘यस्तै नियमित स्वास्

    • प्रकाशित मितिः भदौ २, २०७६
    • ९३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • होटलमा अखाद्य पदार्थ

    इटहरी/ आधुनिक संस्कृतिसँगै स्वादका पारखीहरू रेष्टुरेण्ट वा होटलमा बनाइएका रेडिमेड खानामा आकर्षित हुन थालेका छन् । घरमा बनाउन अल्छी मान्ने तथा बाहिरको तुलनामा स्वादिलो नहुने भन्दै अधिकांश मानिस फास्टफुडको सौखिन बनेका छन् ।मुखै रसाउने गरी चोक–चोक र होटलहरूमा बिक्री हुने मसालेदार खानेकुरामा अजिना अत्यधिक हुने गरेको पाइन्छ । होटलहरूमा स्वादको नाममा छ्याप्छ्याप्ती अखाद्य पदार्थ मिसावट गरी मानवीय स्वास्थ्यका लागि हानिकार पदार्थ मिसावट गर्दा समेत सम्बन्धित निकाय भने मौन रहेको पाइन्छ । खासगरी खाद्यान्नको नमीठोपन तथा खराब पक्ष जबर्जस्ती दबाउनका लागि अजिनामोटो प्रयोग गरिन्छ । खानेकुरालाई स्वादिल

    • प्रकाशित मितिः भदौ १, २०७६
    • १७७ पटक पढिएको
    • धनबहादुर पुरी
  • बीपीमा नेपालमै पहिलो पटक युरो गाइनोकोलोजी फेलोसिप

    धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ वर्षे युरो गाइनोकोलोजी फेलोसिप कार्यक्रम शुरु हुने भएको छ । नेपालमै पहिलोपटक शुरु हुन लागेको फेलोसिपका लागि एमडी गरेर एक वर्षको अनुभव भएका चिकित्सकहरूले आवेदन दिन सक्नेछन् । आगामी सेप्टेम्बर १ देखि शुरु हुने फेलोसिप कार्यक्रमका लागि आवेदन दिएकामध्ये प्रतिष्ठानभित्रका १ र अन्य १ नेपालीले फेलोसिपमा अध्ययन गर्ने मौका पाउने फेलोसिप कार्यक्रमका निर्देशक डा.मोहनचन्द्र रेग्मीले बताए । बीपी प्रतिष्ठानले हालै युरोगाइनोकोलोजीमा भर्नाका लागि सार्वजनिक सूचना जारी गरेको छ । प्रतिष्ठानको प्रस्पेक्टसमा पनि यो कार्यक्रम समावेश छ । फाउण्डेसन फर इण्टरने

    • प्रकाशित मितिः श्रावण ३२, २०७६
    • ४२७ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved