Top News

    Showing १-१० of २,८३६ items.
  • एन्फा एकेडेमी कपको उपाधी धरानले जित्यो

    धरान / धरानसिथत एन्फा एकेकेमीमा आयोजित पहिलो पटक भएको प्रदेश स्तरीय यु–१४ एन्फा एकेडेमी कप फुटबल प्रतियोगिताको उपाधी एन्फा एकेडेमी धरानले हात पारेको छ । शनिवार भएको फाइनलमा मोरङको एम्ब्रिय एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै एन्फा एकेडेमी धरानले उपाधी जितेको हो । प्रतियोगितामा एक नं. प्रदेशका १० वटा फुटबल एकेडेमीले सहभागीता जनाएका थिए । प्रतिष्पर्धात्मक फाइनल खेलमा एन्फाका आयुष गुरुङले गोल गरेका थिए । एम्ब्रीय एकेडेमीले समेत गोल गर्ने सुन्दर मौका गुमाएको थियो । फाइनल खेलको म्यान अफ द म्याच एम्ब्रीय एकेडेमीका सन्देश सुब्बा घोषित हुदै नगद २ हजार पुरस्कार प्राप्त गरे ।एन्फा ए

    • प्रकाशित मितिः आश्विन ४, २०७६
    • २१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • चौदण्डीगढी पर्यटकीय गन्तव्य

    उदयपुर । पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउका लागि ऐतिहासिक चौदण्डीगढी दरबार संरक्षणमा पालिकाले तीव्रता दिएको छ । नगरसभाबाट बजेट विनियोजन गरेर दरबारलगायतका पर्यटकीय स्थलको संरक्षण तथा प्रवद्र्धनको लागि चौदण्डीगढी नरपालिकाले तीव्रता दिएको हो । घुम्नै पर्ने सयवटा गन्तव्यभित्र नपरे पनि पर्यटकीय स्थलको संरक्षण तथा प्रवद्र्धनको लागि पालिकाले नगरसभाबाट ९० लाख बजेट विनियोजन गरेर काम अगाडि बढाएको चौदण्डिगढी नगरपालिका मेयर खगेन्द्र राईले बताए । पर्यटन वर्ष आउनै लाग्दा ऐतिहासिक चौदण्डीगढी दरबार क्षेत्रमा सरसफाई गरी पर्यटन वर्षलाई सफल बनाउन लागिपरेको मेयर राईले बताए । चौदण्डीगढीमा वि.सं. १८२६ देखि लोहा

    • प्रकाशित मितिः आश्विन ४, २०७६
    • ३६ पटक पढिएको
    • सिंह चाम्लिङ राई
  • बुढासुब्बाको २२ औं संस्करण मङ्सिरमा

    धरान । पूर्वको प्रतिष्ठित बुढासुब्बा गोल्डकपको २२ औं संस्करण मङ्सिरमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घले जारी गरेको नियमावली अनुसार बुढासुब्बा गोल्डकपको २२ औं संस्करण मङ्सीरको तेस्रो सातादेखि गर्ने भएको हो । एन्फाले दिएको ‘सेड्युल’ अनुसार आयोजक धरान फुटबल क्लबको बिहीबार बसेको बैठकले मङ्सीर १९ गतेदेखि २८ गतेसम्म गर्ने निर्णय गरेको क्लबका महासचिव प्रताप तामाङले जानकारी दिए । धरान रङ्गशालामा हुने प्रतियोगिताका लागि विभिन्न उपसमिति गठन गरिसकेको छ । त्यसका लागि क्लबका सदस्य नरेन्द्र चोङबाङको संयोजकत्वमा ११ सदस्यीय आर्थिक उपसमिति गठन गरिएको महासचिव तामाङले प्रेश विज्ञप्तिमार्फत् जान

    • प्रकाशित मितिः आश्विन ४, २०७६
    • ३० पटक पढिएको
    • ब्लाष्ट खबर
  • धन्यवाद तथा आभार

    पूर्वक्षितिज प्रकाशन प्रा.लि द्वारा प्रकाशित ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिक को स्थापना २०५५ असोज २ गते विधिवत रूपमा भएको हाम्रा आम पाठक र शुमेच्छुक महानुभावहरूमा अवगत नै छ । कम्पनी दर्ता हुनु अधिका केही कुराहरू यहा“ स्मरणीय छन् । २०४८ सालमा धरान बचाउ अभियानको रूपमा ब्लाष्ट बुलेटिन प्रकाशन गरिएको थियो । त्यस वखतका आन्दोलनका सारथीहरू क्रमश : दुर्गाराज शाक्य, पूर्णश्रेष्ठ, आनन्द श्रेष्ठ, गोपाल देवान, सरिता राई, राजेन्द्र रिमाल,महेश श्रेष्ठ रविशाल भण्डारी हुनुभएको कुरा सहर्ष जानकारी गराउँदै इण्डिपेण्डेन्ट युथ अर्गनाइजेसनको अमियान सम्भवत ०४९ मा समूहको अभियान सफल भएपछि संस्था र बुलेटिनलाई वि

    • प्रकाशित मितिः आश्विन ४, २०७६
    • २७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रदेश १ मा ६० जनाको कैद मिनाहा

    भद्रपुर । संविधान दिवसको अवसरमा प्रदेश १ भरिबाट ६० कैदीले कैद मिनाहा पाएका छन् । प्रदेश १ को ताप्लेजुङ, पाँचथर, झापा, मोरङ, सुनसरी, भोजपुर, उदयपुर, ओखलढुङ्गा र सोलुखुम्बु कारागारमा रहेका कैदीहरू जेलमुक्त बनेका हुन् । विभिन्न कारागारको सूचनाअनुसार ताप्लेजुङबाट भीमबहादुर शेर्पा र सुनिल इजम लिम्बू, पाँचथरबाट भगिरथ तावा, सुरेन योङ्या र गोपीप्रसाद तावा जेलमुक्त बने । त्यस्तै झापाबाट अर्जुन सोरेन, ओमनारायण राजवंशी, दीपेन्द्र कार्की, सुकमान तामाङ, अर्जउल करिम, भेषराज कोइराला, उमानाथ गहतराज, टङ्कप्रसाद पोखरेल, पदमबहादुर तामाङ, रोशनकुमार राय मण्डल, मनिष कडरिया, मोहन थापा, कुमार भट्टराई, लालबहादुर रा

    • प्रकाशित मितिः आश्विन ४, २०७६
    • १०४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कतै उल्लास, कतै विरोध

    धरान । देशभर संविधान दिवस दीपावलीका साथ मनाइरहँदा असन्तुष्ट राजनीतिक दलहरूले संशोधनको माग गर्दै विरोध जनाएका छन् । २०७२ असोज ३ गते जारी भएको संविधान पाँचौं वर्षमा प्रवेश गरेकोमा दीपावली गरी संविधान दिवस मनाइरहँदा ‘संशोधन’ को माग राख्दै आएका राजनीतिक दलहरू विरोधमा उत्रिएका हुन् । संविधान संशोधन र धारा २७४ खारेजीको मागलाई यथावत् नै राखेका छन् । धरानमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको नेतृत्वमा विरोध प्रदर्शन गरेका छन् । हात र टाउकोमा कालोपट्टी बाँधेर र्याली आयोजना गरेका थिए । त्यसक्रममा पार्टीका अध्यक्ष कुमार लिङ्देन मिराकले संविधानको विरोधभन्दा पनि संशोधनको पक्षमा आफूहरू उत्र

    • प्रकाशित मितिः आश्विन ४, २०७६
    • ३८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • रुवा पेल्ने मेशिन पड्कदा ताप्लेजुङमा एक भारतियको मृत्यु

    ताप्लेजुङ । रुवा पेल्ने मेशिन पड्कदा ताप्लेजुङमा एकजना भारतियको मृत्यू भएको छ । पुराना कपडा पेलेर रुवा बनाउदै हिड्ने भारत बिहारका ३० बर्षीय युनुष मियाको रुवा पेल्ने मेशीन पड्केर मृत्यु भएको हो । बिहिबार बेलुका करिव ६ बजे कपडा पेलेर रुवा बनाउन ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका १ नाङ्खोल्याङमा पुगेका मियाको अचानक मेशिन पड्केर छर्राले लाग्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हिमाली जिल्ला ताप्लेजुङमा हिउँद सिजन सुरु भएपछि गाउँ गाउँमा यसरी पूराना कपडा पेलेर सिरक बनाउन भारतिय मेसिन सहित पुग्ने गरेका छन् ।

    • प्रकाशित मितिः आश्विन ३, २०७६
    • २६९ पटक पढिएको
    • बसन्त लिम्बू
  • संविधान दिवशमा प्रभातफेरी र झण्डोत्तोलन

    पथरीशनिश्चरे  । संविधान दिवशका अवसरमा शुक्रबार मोरङको पथरी शनिश्चरे नगरपालिकाले प्रभातफेरी निकालेको छ । नगरपालिका कार्यालय र १० वटै वडा कार्यालयमा झण्डोत्तोलन समते गरिएको छ । बिहान वडा नम्बर १ स्थित नगरपालिका कार्यालयबाट सुरु भएको पञ्चेबाजा सहितको र्याली २ को बुद्धचोकसम्म पुगेर पथरी बजार परिक्रमा गरी कार्यालयमा नेपाली राष्ट्यि झण्डा फहराउने कार्यक्रममा समावेश भएको थियो । संविधानसभा सदस्य चण्डीप्रसाद राई, नगरपालिका प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना बिष्ट बास्तोला, नगरपालिका उपसचिव शालिग्राम काफ्ले सहित वडाध्यक्ष, कार्यपालिका सदस्य, सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीय संघ संस्था

    • प्रकाशित मितिः आश्विन ३, २०७६
    • ५५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रदेश १ मा भव्य भयो संविधान दिवस (फोटो फिचर)

    विराटनगर ।  प्रदेश १ सरकारले विराटनगरमा भव्य कार्यक्रम गरी संविधान दिवस मनाएको छ । प्रदेशको राजधानी विराटनगरमा शुक्रबार एक भव्य कार्यक्रम गरि यो दिवस मनाएको हो । विराटनगरस्थित सहिद रङ्शालमा आयोजित कार्यक्रममा हजारौंको संख्यामा मानिसहरु दिवसको अवसरमा सहभागी भए । हातहातमा झण्डा लिएर आएका विद्यार्थी, कर्मचारी, सर्वसाधरण, निजामती कर्मचारीको सहभागीताले सहिद रंगशालाको प्याराफिट भरिएको थियो । त्यसमाथि विभिन्न जातजातीका झाँकी तथा कला कौशलयुक्त नेपाली सेनाको प्रस्तुतीले सहभागीलाई रोमाञ्चक बनायो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशका मुख्यमन्त्री शेरधन राईले संविधान प्रदत्त जनताका हक अधिकारलाई व्य

    • प्रकाशित मितिः आश्विन ३, २०७६
    • ७७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • संविधान कार्यान्वयनयमा पक्ष प्रतिपक्ष हुँदैन: प्रधानमन्त्री

      काठमाडाैं / प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताएका छन । पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका क्रममा कुनै अप्ठ्यारो आइलागे क्रमशः पन्छाउँदै परिमार्जन गर्न सकिने पनि दोहो¥याए । उनले भने, “हाम्रो लोकतन्त्र फराकिलो छ, कतिपय अतिवादी सोच र संस्थालाई पनि यसले यसै अवधिमा मूल धारमा फर्काउन सफल भएको छ । जो अझै बाटो भुलिरहेका छन्, उनीहरुलाई पनि मूल धारमा आउन ढिला नगर्न मेरो आग्रह छ ।&rdqu

    • प्रकाशित मितिः आश्विन ३, २०७६
    • ३३ पटक पढिएको
    • रासस

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved