विशेष

    Showing ३१-४० of ९२६ items.
  • लगानी सम्मेलनको तयारी पूरा, ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता

    काठमाडौँ /  राजनीतिक सङ्क्रमणकालको अन्त्य भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वर्तमान सरकारले आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर आयोजना गर्न लागेको लगानी सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलनमा सहभागी हुन आउने पाहुना तथा सहभागीमध्ये धेरैजसो राजधानी आइसकेका छन् । यो समाचार तयार पार्दासम्म ४०० बढी निम्तालु काठमाडौँ आइपुगिसक्नुभएका छन् । यस्तै केही पाहुना भने आज राति अबेर र शुक्रबार बिहानसम्म आइपुग्ने बोर्डले जनाएको छ । सम्मेलन आयोजना हुने होटल सोल्टीमा समेत आवश्यक तयारी पूरा भएको छ । सम्मेलनमा सहभागी हुन आउने पाहुनाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विम

    • प्रकाशित मितिः चैत्र १४, २०७५
    • १७० पटक पढिएको
    • रासस
  • धाेका दिने काङ्ग्रेस जनलाई पार्टीकाे कारवाही तयारी

    काठमाडौँ  / प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टी हित विपरीत क्रियाकलाप र गतिविधि गर्ने सदस्यलाई कारवाही गर्ने तयारी थालेको छ । काङ्ग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको पहिलो बैठकले पार्टी हित विपरीत कार्यमा संलग्नताबारे प्रमाणसहित २०७५ साल चैतसम्म प्राप्त उजुरी उपर मात्र छानबिन गरी कारवाही गर्ने निर्णय गरेको छ । समितिका संयोजक केन्द्रीय सदस्य भीष्मराज आङदम्बेको अध्यक्षतामा बसेको बैठकले अनुशासन समितिको कार्यविधि २०७५ लाई पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले पार्टी हित विपरीतका गतिविधि पार्टी विधान र नियमावली बमोजिम अनुश

    • प्रकाशित मितिः चैत्र १२, २०७५
    • २३७ पटक पढिएको
    • रासस
  • ब्यूँझदा कोठाभरि आर्मी थिए 

    कुरा २०६० सालतिरको हो । त्यतिबेला मेरो एम.ए. दोस्रो वर्ष पनि सकिएर थेसिस वर्ष शुरू भएको थियो । एम.ए. पढ्नका लागि झापाको एक जना साथी र म कीर्तिपुरको नयाँ बजारमा डेरा लिएर बसेका थियौँ । हाम्रो पढाइ धुमधामसँग चलिरहेको थियो । त्यति टाढादेखि कुम्लोकुटुरो बोकेर पढ्न भनी आएपछि पढाइ गहन नहुने त कुरै भएन । त्यसमा पनि आफै जानकार भएपछि । हामीले टुप्पी कसेर, घुँडा धसेर पढाइ अगाडि बढाएका थियौँ । त्यसबेला देशमा राजनीतिक तनाव भए पनि विश्वविद्यालयको पढाइलाई बाधा पु¥याउने खालका त्यस्ता कुनै ठूला अवरोधहरू भने खासै भएका थिएनन् । देशमा माओवादी आन्दोलन चर्किइरहेको थियो । दिनहुँजसो कहीँ न कहीँ कुनै न कुनै प्रका

    • प्रकाशित मितिः चैत्र १०, २०७५
    • ८२६ पटक पढिएको
    • जेबी खत्री
  • सिके राउतसँगकाे सहमतिप्रति भीम रावलको विमति, सरकारलाई जवाफ दिन चेतावनी

    काठमाडौ  / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच शुक्रबार भएको सहमतिप्रति विमति व्यक्त गरेका छन ।  रिपोटर्स क्लबद्वारा आज आयोजित साक्षात्कारमा नेता रावलले गठबन्धनका संयोजक डा चन्द्रकान्त (सिके) राउतले विगतमा देश टुक्र्याउने र राष्ट्र विखण्डन गर्नेजस्ता अभिव्यक्ति दिएको तर सहमतिपत्रमा ती अभिव्यक्ति फिर्ता लिएँ भन्ने शब्द कहीँकतै नदेखिएको भन्दै आपत्ति जनाए । “पहिलो त सङ्गठनको नाम नै स्वतन्त्र मधेश राख्नु गलत छ, दोस्रो सिके राउतले संविधानको मर्मविपरीत गएर राष्ट्र विखण्डन गर्ने विषयलाई पटकपटक उठाउँदै आउनुभएको छ,

    • प्रकाशित मितिः फाल्गुन २५, २०७५
    • २०० पटक पढिएको
    • रासस
  • सिके राउत र सरकार विच एघार बुँदे सहमति, घोषणास्थलमा जे देखियो(पूर्णपाठ)

    काठमाडौँ / सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच आज भएको ११ बुँदे सहमतिमा संविधानमा जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई मधेशलगायत देशका विभिन्न स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गरिने उल्लेख छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न अभिवाज्य नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमसत्ता र अखण्डता रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य भएको उल्लेख गरिएको सहमतिमा राजनीतिक, सामाजिक, आर्थिकलगायत उद्देश्य प्राप्तिका निम्ति शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट अघि बढ्ने दृढता व्यक्त गरिएको छ । गृह मन्त

    • प्रकाशित मितिः फाल्गुन २४, २०७५
    • २०४ पटक पढिएको
    • नारायण न्यौपाने/प्रकाश सिलवाल
  • के गदैंछ धरान उपमहानगरपालिकाको न्यायिक समिति

    धरान / धरान उपमहानगरपालिकाको न्यायिक समितिमा लेनदेन, जग्गा सम्बन्धिका मुद्धाहरु बढि आउने गरेका छन् । साधसिमाना, मिचेको, जग्गा हडपेकोजस्ता बढि मुद्धा आउने गरेको पाइएको छ । स्थानीय तहमा जनप्रतिनिधि आए पछि उपमेयरको संयोजकत्वमा रहेको न्यायिक समिति सक्रिय भए पछि जिल्ला अदालत जाने प्राय मुद्धाहरु उपमहानगरमा छिनोफानोका लागि आउनेको संख्या बढेको धरान उपमहानगरपालिकाका कानुनी सल्लाहाकार अवइन्द्र निरौलाले जानकारी दिए ।२०७३ मा भएको पहिलो नगरसभाले उपमेयर मञ्जु भण्डारीको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गरेको थियो । गत आर्थिक बर्षमा ८६ वटा उजुरी न्यायिक समितिमा दर्ता भएका थिए । ६४ वटा उजुरीमा छ

    • प्रकाशित मितिः फाल्गुन २०, २०७५
    • ५५३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • लिम्बुवान आन्दोलनको प्राज्ञिक पहिचान

    धरान सुनसरीमा चुम्लुङको आयोजना गरिएको थियो । ठ्याक्कै तिथि थाहा भएन । लेखक विजय लुम्फुङ्वाज्यूसँग ‘लिम्बुवान आन्दोलन (विकासक्रमः विगत र वर्तमान)’ पुस्तक बारे कुरा गरेको थिएँ । त्यहीँ चुम्लुङमा लेखकज्यूले पुस्तक थपाइदिनुभयो, गद्गद् भएँ । मैले २ अर्थले पुस्तक थापेको थिएँ, पहिलो पुस्तकको सरसर्ती अध्ययन गर्ने, दोस्रो अध्ययनपछि पुस्तक बारे लेख्ने । वि.सं. १८३१ मा मात्र गोर्खाका राजा पृथ्वीनारायण शाह र लिम्बुवानसँग सन्धि भयो । त्यसपछि लिम्बुवान गोर्खा राज्यको सहराज्यको रूपमा रहने सम्झौता भयो । शाह वंशले लालमोहर, इस्तीहार, सदनमार्फत् स्वायत्तता प्रदान

    • प्रकाशित मितिः फाल्गुन १२, २०७५
    • १८२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • लुटिएका दुई थुँगा फूलप्रति स्मरण र सम्मान

    फाँसीको सजाय दिनका लागि उहाँहरूलाई काठमाडौंस्थित सेण्ट्रल जेलको (गोलघर)बाट बाहिर निकाल्दै गर्दा जेलमा सँगै लामो समयसम्म बसेका साथीहरू राधाकृष्ण मैनाली, केपी शर्मा ओली, सिपी मैनाली, मोहनचन्द्र अधिकारीलगायतका अन्य नेता साथीहरूलाई भीमनारायण श्रेष्ठले जीवन रहे भेट हुन्छ । मिलेर सङ्घर्ष गरिन्छ । नरहे हाम्रो भेट यति हो । बाँचेकाले क्रान्ति गर्नू मेरो यही खबर सुनाइदिनू र कप्तान यज्ञबहादुर थापाले पापीहरूसँग झुकेर मर्नुभन्दा ठाडै तातो गोली खाएर मरिन्छ । एकदिन रगतको मूल्य मिल्ला जनतालाई भन्ने सन्देश सबैलाई पु¥याइदिनू भनेर आग्रह गर्नुभएको हो । उहाँहरूको उक्त भनाइ पढ्दा होस्

    • प्रकाशित मितिः फाल्गुन ५, २०७५
    • २५३ पटक पढिएको
    • विजयसन्तोषी राई
  • बाह्र जनाले गरे स्थायी वन्ध्याकरण

    पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरेमा सञ्चालन भएको २ दिने निशुल्क शिविरमा नगरका १२ जनाको स्थायी वन्ध्याकरण गरेका छन् । सुनौलो परिवार नेपाल मेरी स्टोप सेन्टर र स्वास्थ्य कार्यालय मोरङको संयुक्त प्राविधिक सहयोगमा सञ्चालित शिविरमा १० जना महिलाले मिनिल्याप र २ पुरुषले भ्यासेक्टोमी गरेर परिवार नियोजनको स्थायी उपाय अपनाएका छन् । लामो अवधिको अस्थाई परिवार नियोजनका रुपमा ९ जना महिलाले इम्प्लान्ट र ३ जनाले आइयुसीडीको सेवा लिएका छन् । सेवा लिन आएकामध्ये ५ जनाले स्वास्थ्यका कारण सेवा लिन नमिलेको स्वास्थ्य चौकीका याम खड्काले जनाए ।

    • प्रकाशित मितिः माघ १५, २०७५
    • ३२३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • शुल्क नतिरेको भन्दै परीक्षा दिन बञ्चित

    बिर्तामोड/ बिर्तामोडको इडेन गार्डेन अङ्ग्रेजी माविले शुल्क नतिरेको भन्दै करिब ३ दर्जन विद्यार्थीलाई परीक्षा दिनबाट बञ्चित गरेको छ ।  अभिभावकले शुल्क नतिरेको भन्दै विद्यालयले विभिन्न कक्षामा अध्ययनरत तीनदर्जन विद्यार्थीलाई परीक्षा दिनबाट बञ्चित गरेको हो । पटक–पटक शुल्क बुझाउनका लागि सूचना जारी गर्दा पनि अभिभावकले अटेर गरेपछि परीक्षाबाट बञ्चित गराइएको विद्यालयका संयोजक सुशिल अधिकारीले बताए । विद्यालयका प्रधानाध्यापक मोहन आचार्य बिदामा रहेकाले आफूले विद्यार्थीहरूको हकमा के हुने भन्ने विषयमा दीर्घकालीन निर्णय गर्न नसक्ने बताए । निजी विद्यालयमा अहिले तेस्रो त्रैमासिक परिक्षा भइरहेको छ

    • प्रकाशित मितिः पुष २५, २०७५
    • ६१२ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved