श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि. सं. २०७६ साल कार्तिक ०३ गते आइतबार, २० अक्टोबर २०१९ । कार्तिक कृष्णपक्षको सप्तमी तिथि २३ः५८ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र आद्र्रा १५ः३८, उप्रान्त पुनर्वशु । चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः०७ र सूर्यास्त ५ः२९ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । बन्न लागेको काममा केहि समस्या आइपर्नसक्छ । विश्वासपात्रबाट धोका होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन अध्यापनमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मित्र मिलनको याग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमाइलो यात्राको योग छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । आर्थिक क्षेत्रमा सोचेभन्दा राम्रो प्रगति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । विछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शिर तथा आँखा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक संकट आइपर्नसक्छ । अनावश्यक काममा फसिएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । मन प्रसन्न रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाज सुचारु हुनेछन् । दिन उत्तम छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला । शुभ समाचार सुन्नपाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन अध्यापनमा मन जानेछ । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । रमाइलो वातावरणमा दिन वित्ला ।