योगेशबाबु काफ्ले/


l25357
अहिलेको युवा पुस्तालाई देशको राजनितीको बारेमा खासै चासो राख्ने फुर्सद छैन ।  युवाहरुको ठुलो जमात आफुलाई नस्तिक मान्ने गर्छन भने सानो जमात आस्तिक । तर अचम्म चाहि के छ भने नास्तिक भन्ने जमातका युवायुवतीहरु एक ठाउमा चाहि पुरै आस्तिक हुने गर्छन । त्यो ठाउ हो धरानको बुढासुब्बा मन्दिर । जतिसुकै धर्मलाई बिश्वास गर्दिन र मान्दिन भन्नेहरुपनि बुढासुब्बामा ढोग्न पुगका हुन्छन् भने डोरा बाधेकै हुन्छन् । आफुले चाहेको प्रेमि वा प्रमिका पाउन होस् वा परिक्षमा पास हुन । लाहुरे लाग्न होस् वा बिराम निको पार्न सबैले बुढासुब्बालाई भाकेकै हुन्छन् रक्सि र भाले चडाएकै हुन्छन् । बुढासुब्बालाई भाके पछि मनोइच्छा पुरा हुन्छ भन्ने मान्यता छ । धेरैले आफ्नो मनोइच्छा पुरा भएको भन्दै गरेको रक्सि ,भाले,अण्डा,रागा चडाउने गरेका छन् । कतिले काम सुरु गर्दा भाकल बुझाउछन् भने कतिले काम पुरा भएपछि । बुढासुब्बा मन्दिरमा अरु दिन भन्दा शनिबारको दिन असाध्यै भिड हुने गरेको छ ।युवायुवतीहरुको लस्कर शनिबार मजा सँग हेर्न सकिन्छ त्यहाँ ।
किन धाउछन् युवायुवती ?
लभ एक्पेटेशन – खोटाङबाट धरान बढ्न आएका राजधन कोयुको धनकुटाकी क्षेत्रि समुदायकी युवतीसँग प्रेम समन्ध सुरु भयो ।प्रेम समन्ध सुरु भएको दिन उनीहरुले बुढासुब्बामा आएर प्रेमलाई सफल बनाउन भाले भाकेका थिए ।अन्र्तजातीय प्रेम समन्ध भएकाले दुर्बै पक्षको घर परिवारले स्वीकार गरेका थिएनन् । अन्ततः उनीहरुले आफै बिबाह गरे । बिबाह पनि तिनै बुढासुब्बाको कृपाले प्रेम सफल भएको भन्दै उनीहरुले भाकल गरेको भाले गत साता चडाए ।राजधन भन्छन् बुढासुब्बाको कृपा नभएको भए हाम्रो बिबाह हुदैन थियो होला । सबैले बुढासुब्बामा साचो मनले पुजा गरे चिताको पुग्छ भनेको सुनेकी थिए राजधनकी प्यारि धनकुटा बेलहराकी अस्मि कार्किले पनि थपिहालीन् ।
ज्योतिष – प्रेमका लागि मात्र हेैन त्यहा आफुले चडाएको बलिको कलेजो तथा अण्डा हेरेर भबिष्य हर्न समेत युवायुवती देखि अधबैशेहरुपनि आउने गर्छन । यहाँ  दिनहुँ यहाँ बली चढाइन्छ र बैशाखपूर्णिमामा त मेलै लाग्छ मन्दिरका पुजारि अशोक आलेमगर भन्छन्  यहाँ जे को बलि दिइन्छ त्यसको कलेजो हेरेर पूजारीहरुले ग्रहदशा भनिदिने गर्दछन् । त्यस्तै हाँस र कुखुराका फुलहरु फोरेर भविष्यसमेत बताई दिन्छन् ।
एक अर्कालाई पाउन – अर्को रोचक पक्षत के छ भने आफुले मन पराएको केटा वा केटिको नाम बासमा लेख्यो भने उसैलाई पाइन्छ भन्ने बिश्वासपनि युवापिडिमा रहि आएको छ । बासमा नाम लेख्ने ठाउ नभएपछि कतिपय युवाहरुलेत बासको टुप्पो सम्मै पुगरपनि नाम लेखेका छन् त्यसलाई अहिलेपनि देख्न सकिन्छ । तर अहिले भने मन्दिर ब्यबस्थापन समितीले बासहरुको संम्रक्षण गर्नका लागि बाँसु झयाङलाई घेराबारा गरेका राखेका छन् नाम लेख्नुको सट्टामा डोरि (घाटिमा लाउने) बाध्ने प्रचलन सुरु गरिएको छ । अहिले त्यहाँ लाखै डोरिहरु देख्न सकिन्छ । त्यहाँ लेखिएका नाम र बाधिएका डोरि हेर्दा लाग्छ बुढासुब्बाले धेरैको जोडि बाधिदिएका छन् ।
फोटा खिच्न÷डेटिङ – बुढासुब्बा धर्मिक आस्थाको केन्द्रमात्र हैन रमणिय ठाउपनि हो । धरान बजारमा उर्खमाउलो गर्मि भएका बेला बुढासुब्बामा भने शितलता भएको हुन्छ । त्यहाँको हरियाली बाताबरण अनि त्यहाँबाट देखिने धरानको रमणिय दृष्य एक अर्काको समिप्य खोजिरहेका प्रेमिप्रेमीकालागी उपहार नै साबित हुन्छ । त्यहाँ बनाइएका कटेजहरुमा अन्तरङ कुरा गर्दै गफिने जोडि र समुहहरु दिनहू देख्न सकिन्छ । यहि मौकामा प्राय सबैले फोटो खिचेकै हुन्छ सेल्फि लिएकै हुन्छन्, मोवाइल को भिडियो मोड अन गरेकै हुन्छन् ।खोज्नेहो भने खिचिएका सेल्फिहरु फेसबुकका सजिलै भेटिन्छन् ।
अध्यनका लागि – एकन्तमा बसेर पढ्न चाहानेहरुको गन्तब्य पनि बुढासुब्बा नै हो । स्कुल कलेजको पढाइ होस् वा रोजगारिका लागि पढिने बिषय ।साहित्यका पुस्तक पढ्न होस वा संगितको प्राक्टिस गर्न कोहिन कोही किताब र गिटार बोकेर दिनहु जानेहरुपनि त्यहाँ भेटिन्छन् । अर्को अचम्म भनेका त्यहाँका बाँसपनि हुन् । त्यहाँका बाँसको टुप्पो हुदैन । यो वनस्पति बिज्ञानका लागि खोजी गर्न चुनौतीको बिषयपनि बनेको छ । यसको अध्यन तथा अनुसन्धानका लगि बोटानिकल बिभागका बिद्यार्थी तथा बिज्ञहरु पनि आउने गरेका छन् । यसले पनि बुढासुब्बाको आर्कषणलाई लोभ्याएको छ ।
गन्तब्य पनि
जब आफ्ना साथी वा इष्टमित्र आफन्त आउछन् सबैका लागि अनिबार्य पुग्नैपर्ने गन्तब्य बनेको छ बुढासुब्बा । धार्मिक महत्वका अलवा घुमफिर गर्ने र प्राकृतीक सुन्दरतामा रमाउनेहरुका लागि छुटाउनै नहुने गन्तब्य बनेको छ बुढासुब्बा । बुढासुब्बालाई अझ ब्यबस्थित गर्न सके अझ लोभलाग्दो हुने कुरामा दुइमत छैन । किराती देबताको रुपमा बुढासुब्बालाई मानिएपनि उनको भक्तहरु किरात धर्ममात्र मान्ने नभएर हिन्दु,कृष्चियन बुद्धष्टि पनि त्यहाँ पुगका हुन्छन् । यसले धरानको धार्मिक सहिक्ष्णुतालाईपनि कायम राखेको छ ।
बिषेशता
    मन्दिर भित्र कुनै देव देवीको आकृतियुक्त प्रतिमा नभएर ३ वटा माटोका ढिस्को रहेका छन् भने यहाँका मगर जातिका पुजारीहरू बुढासुब्बालाई चढाएको कुखुराको कलेजोबाट जोखना पनि हेर्ने गर्दछन् ।बुढासुब्बामा  कुखुरा र सुगुरको मात्र बली चढाइन्छ ।अर्को बिषेशता भनेको यहाँका बाँसमा टुप्पो नहुनु, भुसुना र काग नआउनू तथा शीत नपर्नू यस क्षेत्रको अलौकिक विशेषता हुन ।    विशेष गरेर बुधवार र शनिवार भाकल बुझाउनेहरूको ठूलो भिड लाग्ने गरेको पुराजी अशोकआले मगर बताउछन् । ।
को हुन् बुढासुब्बा
साहित्यकार डा .कबिताराम श्रेष्ठले खेवालिम्बु परिवारद्वारा प्रकाशित पुस्तक ’मानव उत्पति र खेवावंश’का वंशावली संकलक तथा लेखक लोकेन्द्र बहादुर तिगेलालेको पुस्तकलाई उदृत गर्दैै लेखेको एक आलेखमा बुढासुब्बा बुद्धिकर्ण राय नभई धनकुटा जिल्लाको हातिखर्क गाउँका तिगेला खेवाबंशका पूर्वज मुक्तिहाङका ९ औं पिंढीका पुरुष इल्लीहाङका जेठी श्रीमतिबाट वि.सं. १८२२ मा जन्मिएका ७ भाई मध्येका ज्येष्ठ पुत्र भर्तवीर हुन् भनेका छन् ।आलेखमा लेखिएको छ– साथै उनी बच्चैकालदेखि धनुर्धर थिए र एकपल्ट ५ फुट लामो बाँसबाट दुइवटा धनु बनाई एउटा घरमा राखेर अर्को आफूसंग लिएर डिक्सगं र बिक्सगं नामका मगरहरुका साथमा विजयपुरसम्म शिकार खेल्न आएका थिए तर त्याहाँ उनको निसाना चुकेछ र अव मेरो समयको अन्त्य भइसकेछ भनी धनु भूईंमा राखी समाधिस्थ भए । अन्तमा भर्तवीर नै बुढासुब्बा हुन् भनी किटान गर्न केही प्रमाणहरु पनि उल्लेख गरिएको आलेखमा उल्लेख छ । जसमा भर्तवीरका छैटौं पींढीका सन्तान र सहयोगी मगरहरुका सन्तान अद्यापि हात्तिखर्कमा रहिआएका दुई धनुमध्ये घरमा छोडी आएको धनु अझै यथावत भएको मन्दिरमा मगर पूजा रही आएको आदि प्रमूख उल्लेख रहेको डा.श्रेष्ठको आलेखमा जनाइएको छ ।इतिहासकारहरुले भने  वि.सं. १८३० तिर नेपालको राष्ट्रिय एकीकरणको सिलसिलामा विजयपुरका तत्कालीन राजा बुद्धिकर्ण ख्वाङरायलाई गोरखाका राजाले मारे पछि उनलाई अन्तिम संस्कार गरिएको समाधि स्थल नै अहिलेका बुढासुब्बा मन्दिर हो भनी बताउँछन् । यद्यपि अहिले सम्म यो कसको समाधि हो भन्ने यकिन हुन सकेको छैन । किम्वदन्ती अनुसार बुढासुब्बालाई किराँत धर्मावलम्बीहरुको देवताको रूपमा लिइन्छ ।
धेरै भाकल भालेको
बुढाशुब्बा मन्दिरमा धेरैको आस्था छ ।भाकल गरेपछि पुरा हुन्छ भन्नेहरुकै जमात धेरै छ अहिले । बुढासुब्बा मन्दिरमा भाकल बुझाउने हरुलाई हेर्ने हो भने सबै भन्दा धेरै ‘भाले’कै भाकल बुझाउनेहरु धेरै छन् । कुनै मनोकांक्षा लिएर कोहि  बुढासुब्बा मन्दिर जान्छ भने उसले बुढाशुब्बा अगाडि ठिङ्ङ उभिएर छातिमा हात राखेर भन्छन् ‘कसम बुढासुब्बा ,भाले चडाउँछु ।’