धरान /नेपाली काङग्रेशले एमाओबादीलाई सरकारको नेतृत्व गर्न प्रस्ताब गरे लगत्तै बुधबारबाट तातेको नेपाली राजनितीक माहोलले नयाँ मोड लिदै छ । सत्तासाझेदार एमाओबादीले पनि सरकारलाई दिएको सर्मथन फिर्ता लिने र सरकार प्रति अबिश्वासको प्रस्ताब दर्ता गर्ने तयारी गरेको छ । Kp-oli-1

यो तयारी सँगै एमाले नेतृत्वको सरकार संकटमा परेको छ  कांग्रेस र एमाओवादीले बिहीबार नै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको बुझिएको छ । प्रधानमन्त्री केपी ओलीले तत्काल राजिनामा नदिने बुझेपछि एमाओबादी र काङग्रेशले संसदमा  अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका हुन् ।

एमाओवादीले आज प्रधानमन्त्रीलाई भेटेर उसले समर्थन फिर्ता लिने काङग्रेशसँग सहमती गरेको बुझिएको छ । यसैबिच बिहिबार बिहानका लागि बोलाईएको मन्त्रि परिषदको बैठक स्थगित गरिएको छ । सत्तासाझेदार एमाओबादी र काङग्रेशले अबिश्वासको प्रस्ताब दर्ता गर्ने भएपछि थप छलफल गर्ने भन्दै प्रधानमन्त्रि केपी शर्मा ओलीले साँझ छ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।