धरान/सरकारमा सहभागि oli-prachand-adn-deubaआफ्नै मन्त्रि र एमाओबादी नेताहरुको दबाब पछि प्रचण्डले तत्काल प्रधानमन्त्रि बन्ने लोभबाट हात धुनु परेको छ । एमाओबादीले  धोका दिएको भन्दै काङग्रेशले प्रचण्डको कडा आलोचना गरेको छ ।

बिहीबार बिहान ११ बजे सम्म एमाले सँग रुष्ट बनेको एमाओबादी बिहीबार १३.३० बजेबाट एमाले सँग पुर्ववत अबस्थामा आएको छ भने एमाओबादी नेतृत्वको सरकार बनाएर एमालेलाई लोप्पा खुवाउने दाउमा रहेको काङग्रेश बिच बिश्वासको संकट देखिएको छ । अहिले काङग्रेशले एमाओबादीले धोका दिएको जनाएको छ ।

बिहिबार बिहान एमाले सँग बजेट ल्याउनजेल सम्म सहकार्य गर्ने सहमती गरेका प्रचण्डले काङग्रेश सभापती देउवासँग सत्ता समिकरणका बिषयमा छलफल गर्न पुगेका थिए । तर एमाले सँग गरेको सहमती बिपरित काङग्रेश सँग अर्को सहमती गर्न लागेका प्रचण्डलाई दबाब परेपछि काङग्रेश सभापती देउवालाई ‘सरी’ भन्दै प्रचण्ड देउवाबाट बिदा भएका थिए । श्रोतका अनुसार देउवा र प्रचण्ड बिच गोप्य बार्ता भईरहेको स्थानमा एमाओबादी नेता तथा उप्रधानमन्त्रि टोप बहादुर रायमाझि पुगेर एमाले सरकारको सर्मथन फिर्ता नलिन दबाब दिएका थिए । अब भने एमाले नेतृत्वको सरकार जोगिएको छ । नेपाली काङग्रेशले भने एमाओबादीले धोका दिएको जनाएको छ । ओली सरकार ढलाएर एमाअ‍ोबादीलाई ‘माछा माछा भ्यागुतो’ जस्तै बनाउने र आफु सरकारको नेतृत्व गर्ने काङग्रेशको योजना अहिले भने एकरातको सपना झै भएको छ ।