धरान/मधेशका माग सम्बोधन नभएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलका सांसदहरूले शुक्रबारको संसद बैठक बहिस्कार गरेका छन् । आन्दोलनरत मोर्चा सम्बद्ध दलका सांसदहरुको आफुहरुका  माग सम्बोधन नभएको भन्दै संसद बैठक बहिष्मार गरेर बिरमेधमा उत्रिएका छन् ।
सभामुख ओनसरी घर्तिमगरले संसद बैठक शुरू गर्नासाथ संघीय समाजवादी फोरम, sambidhan-sava-672x357तमलोपा, सदभावना लगायत गठबन्धनमा भएका ७ दलका सांसदहरु उभिएर विरोध जनाएका थिए। संसद बैठकमा बोल्दै े संघीय समाजवादी फोरमका नेता अशोक राईले आन्दोलनरत दलहरूले उठाएका जायज मागबारे सरकार मौन रहेको आरोप लगाए । उनले शुक्रबारको  संसदको बैठकमा आफ्नो पार्टीसहित सबै आन्दोलनरत दलहरूले बहिष्कार गरेको घोषणा गरे।

‘कैयन घाइते भएका छन् र अझै पनि झुठा मुद्दा लगाएर जेलमा राखिएको छ। आन्दोलनरत पक्षले संविधान पुर्नलेखन तथा संशोधन गर्न माग गर्दै आन्दोलनको निरन्तरता दिँदै आएको छ। जस्ताको तस्तै कार्यान्वयनमा लैजान सकिदैन भन्ने हाम्रो माग हो,’ राईले भने, ‘अहिले पनि भूकम्प पीडितहरुको अवस्था अझै दयनीय छ। वर्षा र जाडोबाट बचेका पीडितहरु हावाहुरीले पाल उडाएर बेहाल अवस्थामा छन्।