धरान /राष्ट्रrrrपति बिद्यादेबि भण्डारीको भारत भ्रमण रद्ध भएको छ । राष्ट्रपति भण्डारीले ‘नेपालको आन्तरिक मामलामा  भारतले  खेल्न खोजीरहेको  भन्दै भ्रमणमा नजाने इच्छा देखाएपछि मन्त्रिपरिषदको बैठकले भ्रमण रद्ध गरेको हो ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको आपसी समझदारीमा भ्रमण रद्द गरिएको स्रोतले जनाएको छ ।स्रोत का अनुसार भ्रमणका विषयमा शुक्रबार  राष्ट्रपति र प्रधानमन्त्रीबीच गोप्य छलफल भएको थियो ।

शीतलनिवासमा भएको छलफलमा प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै अहिले भारत जानु उचित नहुने सुझाव दिएको प्रधानमन्त्रि सम्बद्ध स्रोतले जनाएको छ । प्रधानमन्त्रीको सल्लाहलाई राष्ट्रपति भण्डारीले सकारात्मक जवाफ दिएकी थिइन् ।‘नेपालको आन्तरिक मामलामा खेल्न खोजेको ले त्यसको जबाफका लागि भ्रमण रद्ध भएको हो स्रोतले भन्यो । भ्रमण स्थगित गरिएको जानकारी नेपालका तर्फबाट भारतलाई गराइसकिएको छ । भारतले नेपालका राष्ट्रपतिको भ्रमणको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराई सकेको थियो । राष्ट्रपतिको बैशाख २७ गते भारत भ्रमणका लागि जाने तयारी थियो ।