धरान/मिस पुर्वाञ्चल २०१६मा सहभागी हरुले आ आफ्नो ट्यालेण्ट प्रस्तुत गरेका छन् । मोरङको विराट चौकमा आयोजित कार्यक्रममा उनिहरुले आ आफ्नो ट्यालेण्ट प्रस्तुत गरेका हुन्  । इन्द्रपुर जेशिजको स्थानिय व्यवस्थापनमा भएको कार्यक्रममा सहभागीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरिरहदा दर्शक हरु  उत्साही भएका थिए ।  जेशिज हलमा सम्मपन्न कार्यक्रममा सहभागीहरु अधिकांशले नेपाली पुरान गितहरुमा नृत्य गरेका थिए भने केहीले अभिनय तथा  कला समेत प्रस्तुत गरेका थिए । सहभागी हरुले सवैको प्रतिभा कोही भन्दा कम नहुदा निर्णायकहरुलाई जजमेन्ट गर्न निक्कै हम्मे हम्मे भएको थियो । मिस ट्यालेन्टको लागी भएको कार्यक्रममा निर्णायकको रुपमा फरक क्षमता भएकी निलम ढुङ्गाना , गायिका यमुना पाराजुलि,  कलाकार जेवी थुलुङ, सामाजसेवी  राजेश थापा , मिस पुर्वाञ्चल २०१५ की फस्ट रनर अप तथा मिस ट्यालेण्ट अनु राई र सेकेण्ड रनरअप प्रमिसा बज्रचार्य रहेका थिए । प्रतियोगिताका सहभागी तथा निणार्यक हरुलाई स्थानिय संयोजक इन्द्रपुर जेशिजले भव्य स्वागत समेत गरेको थियो । यस अघी प्रतियोगिहरुले पुर्वाञ्चल लिव ओयल प्रालिको विराट चौक स्थित उद्योगको अवलोकन गरेका थिए । उद्योगमा पुगेका प्रतियोगिहरुलाई प्रालिका कन्ट्र म्यानेजर विनोद भट्टराईले प्रालिले उत्पादन गर्नै लुब्रीकेन्टको बारेमा जानकारी गराएका थिए । 1 (1) 1 (2) 1 (3) 1 (4) 1 (5) 1 (6) 1 (7) 1 (8) 1 (9) 1 (10) 1 (11) 1 (12) 1 (13) 1 (14) 1 (15) 1 (16) 1 (17)