[caption id="attachment_4251" align="alignnone" width="658"]13460987_1067837166635512_1392278019_o तस्विरः उपेन्द्र चाम्लिङ[/caption]

धरान / पूर्वका सुन्दरीहरुले समाज र आम मान्छेको हेर्ने दृष्टि गलत हुँदा मोडलिङ क्षेत्र बदनाम भएको दुखेसो पोखेका छन् ।  ब्लाष्ट दैनिकको अनलाइन संस्करण ब्लाष्ट खबर डट कमले धरान र दमकमा गरेको अन्तत्र्रिmयाका सहभागी सुन्दरीहरुले व्यक्तित्व विकास र क्षमता प्रदर्शनका लागि सहयोगी सुन्दरी प्रतियोगितामा कम सहभागिता हुनुको कारण पनि मान्छेको  गलत दृष्टिकोण भएको धारणा राखे । परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको ब्लाष्टले रचनात्मक भूमिका खेले आम मान्छेको त्यो सोचलाई बदल्न सकिने उनीहरुको विश्वास छ । ब्लाष्टसँगको साक्षात्कारमा ‘मिस पूर्वाञ्चल– २०१६’ का प्रतियोगीहरुले प्रतियोगिता र प्रतियोगीहरुको सामाजिक पहिचानलाई स्थापित गराउन ब्लाष्ट खबर डट कमले भूमिका खेलिदिनुपर्ने आग्रह गरे । ब्लाष्ट खबर डट कमका समाचार सम्पादक योगेशबाबु काफ्लेले सञ्चालन गरेको कार्यक्रमको सहजीकरण ब्लाष्टका प्रमुख संवाददाता चन्द्रमणि कट्टेलले गरेका थिए । कार्यक्रमको अध्यक्षता सिल्भर इन्टरटेन्मेन्टका अध्यक्ष दीपक बने13493039_10206434966849457_1866970454_nपालीले गरेका थिए । झापामा ट्यालेन्ट टेक दमकको संयोजनमा भएको कार्यक्रममा स्थानीय मोडलहरुले मनोरञ्जनसँग सम्बन्धित समाचार कम प्राथमिकतामा परेको भन्दै ब्लाष्ट खबरको टिमलाई प्राथमिकता दिन र समाजको हेराइ बदल्ने काममा सहयोग गर्न आग्रह गरे । मोफसलमा शुरु भएको सौन्दर्य प्रतियोगिता र फेसन सोहरुलाई व्यावसायिक बनाउन पनि सहयोग गर्नुपर्ने उनीहरुको सुझाव छ । कार्यक्रममा पूर्व क्षितिज प्रकाशन प्रालिका सहायक निर्देशक दीपेन्द्र कार्कीले ब्लाष्ट दैनिकलाई जस्तै अनलाइन संस्करणलाई पनि माया गर्न आग्रह गरेका थिए । ‘मिस पूर्वाञ्चल–२०१५’ की रनर अप प्रमिसा बज्राचार्यलगायत सहभागीले स्थानीय कलाकार र मोडलहरुलाई नै प्राथमिकतामा राख्न सुझाव दिइन् । १५ जना झापाली मोडल सहभागी कार्यक्रमको सञ्चालन काफ्लेले गरेका थिए भने सहजीकरण कट्टेलले गरेका थिए ।