धरान / धरानमा पहिलो पटक नेवा फिल्मको फेष्टिभल हुने भएको छ । सोमबार सैनिक भवनमा फिल्म फेष्टिभल हुने भएको हो । फेष्टिभलमा चारवटा नेवारी फिल्महरु देखाइदै छन् । त्यस्तै भिडियोहरुसमेत देखाइन लागिएको छ । नेवा फिल्म सोसाइटी केन्द्रीय कार्य समितिको आयोजनामा हुन लागेको महोत्सवमा धरानका रंगकर्मी विनोद तखाछेले निर्देशन गरेको नीनी नामक फिल्मसमेत प्रदर्शन गरिने भएको हो । newa film त्यस्तै इया बाख (समयको कथा) पखा (पर्खाल) र मुदा नामक फिल्म प्रदर्शन हुँदै छन् । यि सबै फिल्महरु नेवारी भाषामै रहेका छन् । नीनी मात्रै नेपाली भाषामा रहेको छ । त्यस्तै नेवारी म्युजिक भिडियोहरुसमेत प्रदर्शन गरिने संयोजन गरेको नेवा फिल्म सोसाइटी सुनसरी शाखाका जिल्ला सचिव विशाल श्रेष्ठले शनिबारको पत्रकार सम्मेलनमा बताए । नेवा फिल्म काठमाडौं उपत्यका पछि पहिलो पटक मोफसलमा देखाउन लागिएको हो । जसमा चलचित्र विकास बोर्ड, आदिवासी जनजाति मात्रीभाषी प्रवद्र्धन समितिको विशेष आग्रहमा धरानमा महोत्सव गर्न लागिएको समितिका केन्द्रीय सदस्य अरुण प्रधानले बताए । नेवा फिल्म सोसाइटी पनि जेठ ३१ गते तदर्थ समिति गठन गरिएको थियो ।