धरान / पुर्बाञ्चलकै ठुलो ‘ब्युटि कन्टेस्ट’ मिस पुर्वाञ्चल २०१६ को उपाधी कृतिका गिरीले हात पारेकी छिन् । शनिबार राती धरान सभागृहमा भएको फाईनल राउण्डबाट झापा शनिश्चरेकी कृतिका गिरीले मिस पुर्वाञ्चलको क्राउन पहिरीन सफल भएकी हुन । miss-purbanchal ‘यदि तपाईले नेपालको राष्ट्रपतीलाई एक घण्टाको लागि भेट्न पाउनु भयो भने के –के कुरा उठाउनु हुन्छ ,किन ?भन्ने निर्णायकको प्रश्नमा उनले ‘यदि मैले  हाम्रो महिला राष्ट्रपतीलाई एक घण्टा भेट्न पाएभने यो बिषयमा कुरा गर्थे कि भुकम्प पिडितहरुले अहिले सम्म किन राहत पाएका छैनन ? राहतको आशमा कति दिन,हप्ता,महिना र यहाँ सम्म की बर्ष पनि बिति सके,र यो पनि भन्छु की उनीहरु प्रति ध्यान दिनु प¥र्यो र उनीहरुलाई छिटो भन्दा छिटो राहत दिनु प ¥र्यो’ भन्ने   जबाफ दिएकी थिईन । उनले मिस पुर्बाञ्चलको उपाधि सँगै यमाहाको स्कुटी,भेडेटारको सद्भाबना दुत बनेकी छिन भने बैकक भ्रमणको अवसर समेत पाएकी छिन् । त्यसैगरि मिस पुर्वाञ्चलको फष्ट रनअपको उपाधी ममता कार्किले जितेकी छिन् । उनले नगद ५१ हजार सहित पोखरा र सिक्कीम भ्रमण को मौका पाएकी छिन् । प्रतियोगिताको सेकेन्ड रनरअप इक्सा मादेन भएकी छिन् । उनले ३१ हजार नगद सहित पोखरा र सिक्कीम टुरको अवसर पाएकी छिन् ।प्रतियोगीतामा मिस पर्सनालिटीको टाईटिल उपाधि पनि कृतिका गिरीले नै हात पारेकी छिन् ।मिस चार्मिङ टाईटील सेकेन्ड रनरअप इक्सा मादेनले हात पारेकी छिन् । मिस पब्लीक च्वाईसको उपाधी अनु श्रेष्ठले पाईन भने मिस फोटो जेनीकको टाईटल अस्मिता खड्गी,मिस क्याटवकको टाईटल सृजना रानामगर,मिस हेल्दीहोमको टाईटल मिरा दुमी राई,मिस ट्यालेन्ट सृष्टि आचार्य,मिस फेन्टसीप को टाईटील अपेक्षा ढुङगानाले हात पारेका छन् । टाईटल बिजेताहरुले नगद दश हजार र बिभिन्न गिफ्टहरु पाएका छन् ।