प्रियारानी लामा, मनोरञ्जन र टेलिभिजनको दुनियाँमा नचिन्ने सायद नै कम होलान् । जनकपुरमा २०४८ भदौ ९ गते जन्मिएकी प्रिया बहुप्रतिभाशाली युवतीको रुपमा चिनिन्छिन,गनिन्छिन् । राजनीतिमय परिवारीक वातावरणमा हुर्किएकी प्रिया भने राजनितिक विषयमा न त पूर्ण जानकार छिन् नत सक्रिय नै छिन् । अहिले निकै चल्तिमा रहेकी उनी मोडल, टेलीभिजन प्रस्तोता र कोरियोग्राफरका रुपमा स्थापित भइसकेकी छिन् ।

priya उनको बिगत र जीवनका उतार चढाबका बिषयमा भने उनलाई चिन्नेहरुलाई उनले अहिले सम्म पनि बेखबर नै राखेकी हुन् । मिस पूर्वाञ्चल २०१६ को कोरियोग्राफर समेत रहेकी लामा धरान आएको समयमा उनले आफ्नो जीवनका उतर चढाब र प्राप्त उपलब्धिका विषयमा ब्लाष्ट खबर डटकम संग खुलेर कुरा गरेकी छन् । हालको माओवादी केन्द्र र पुरानो माओवादीको उपल्लो तहकी महिला नेतृ कमला स्याङवो की छोरी लामा त्यतिबेला मोडलिङको रंगिन दुनियामा प्रवेश गरीन जति बेला उनकी आमा सहभागी राजनितिक दलले सुन्दरी प्रतियोगिता माथि प्रतिबन्ध लगाउन दबाव दिईरहेको थियो । मिस पूर्वाञ्चल २०१० मा उनि सहभागी रहेकै बेला आफ्नो आमाको पार्टीले सो प्रतियोगिता रोक्न निकै कोसिस र दबाव दिएको थियो । प्रियारानीले आफ्नै आमाको दलको दबाब सामु आफ्नो ईच्छा मार्न नसकेको सुनाईन् । उनले भनिन् –‘आमाको बिचार सामु मेरो बिचार ईच्छा र खुशीलाई समर्पण गर्न सकिन ।’ आमा सहभागी दलको बिचार भिन्न रहेपनि आफुलाई यो क्षेत्रमा लाग्न सकेको सहयोग गरेको उनले उल्लेख गरिन् । लामाको बाल्यकालः जनकपुरमै बाल्यकाल बिताएकी प्रियारानीले विद्यालय शिक्षा जनकपुरबाट नै पुरा गरेकी थिईन् । नाम मै भएको शब्द “रानी” जतिकै सुन्दर र सबैकी प्यारी रहेको सुनाउने उनी कुुसल महिला क्रिकेटर समेत हुन् । नेपालमा महिला क्रिकेटरको आरम्भ कालकी प्रतिभाशाली क्रिकेट खेलाडी उनी तत्कालिन जनकपुर युथ क्लबबाट खेल्ने गर्थिन । सो क्लबबाट उनले नेपालका धेरै ठाउँमा भएका प्रतियोगिताका अलावा भुटानमा समेत गएर क्रिकेट खेलेकी थिईन् । चिकित्सक बन्ने लक्ष्यका कारण विज्ञान संकाय पढ्न कै लागि उनले आफ्नो खेल जिवनलाई बिश्राम दिएको सुनाईन् । चिकित्सक बन्ने सपना बोकेकी लामा न त चिकित्सक नै बनिन् त त क्रिकेटर नै बनिन् सोच्दै नसोचेको क्षेत्रमा होमिएर अहिले स्थापित बनेकी छन् । उनले आफ्नो जिवनको उचारचढाब प्रति पश्चताप नभएको बताउँदै भनिन् ‘मेरो जिवनमा आएको उतार चढावकै कारण म आज प्रियारानी भनेर चिनिन सफल भएकी छु ।’ उतारचढावपूर्ण जिवन र बहुप्रतिभा प्रियारानी क्रिकेटरका अलावा चित्रकार र नृत्यङ्गना समेत हुन् । विद्यालय कालममा धेरै वटा प्रतियोगिताहरुमा सहभागी भएर उनले पुरस्कारहरु समेत जितेकी छन् । वाक कला र सामान्य ज्ञानमा समेत राम्रो दख्खल राख्ने उनले पाएका पुरस्कारको सुचि समेत निकै लामो छ । बहुप्रतिभाकी धनि लामा एस.एल.सी. पछि उच्च शिक्षा अध्ययनका लागि धरान छिरे सँगै उनको जीबनले फेरि कोल्टे फे¥र्यो । उनि रंगिन दुनियामा प्रवेश गरिन् । २००७ मा हुने भनिएको मिस टिनमा सहभागिता दिन आवेदन दिएकी उनि आयोजकले सो प्रतियोगिता आयोजना नगर्दा सहभागी त बन्न सकिनन् तर उनले रंगित दुनिया तर्फ बढाएका आफ्ना पाईला भने रोकिनन् । २००८ भाद्रमा धरानमा भएको फेशन सो मार्फत मोडलिङको दुनियामा उदाएकी लामा २०१० को मिस पुर्वाञ्चाल हुँदै चल्तीकी मोडल बन्न सफल भएकी छिन्। २०१० र २०१५ मा दुई–दुई पटक मिस नेपालमा सहभागी बनेकी उनले दुई पटक सहभागिता जनाउनुको कारण प्रस्ट्याउँदै भनिन् ‘पहिलो पटक सफल हुन सकिन त्यही भएर लामो तयारी सहित दोस्रो पटक सहभागिता जनाए तर पनि असफल बने ।’ मिस नेपालको उपाधी हात पार्न नसकेपछि दोस्रो प्रतियोगीता लगत्तै नेपाल वन टेलिभिजन मार्फत “भिजे” बनेर काम गर्न सुरु गरेको उनले सुनाईन् । साप्ताहिक रुपमा ५ वटा कार्यक्रम संचालन गरी रहेकी लामाले २ दर्जन बढी गितमा अभिनय गरिसकेकी छन् । समाज सेवा र सामाजिक जिवन ः मोडलिङको रंगिन दुनियामा रहनेलाई हेर्ने समाजको दृष्टिकोण नकारात्मक रहेको बुझेकी लामाले ती कुरा र भ्रम हटाउन आफै सामाजिक क्रियाकलापमा समेत जोडिएको सुनाईन । मिस पुर्वाञ्चलको रनर अप बन्दा पाएको पुरस्कार रकम मन्दीर क्षेत्रमा रहेका वृद्धा वृद्धालाई भोजन खुवाएर खर्च गरेकी लामाले आफुले कमाएको पैसाको निश्चित प्रतिशत परोपकारका काममा खर्च गर्ने गरेको सुनाईन् । ‘देश संग माग्ने मात्रै हैन, देश र समाजलाई आफुले सकेजति आफ्नो ठाउँबाट दिन पनि सक्नु पर्छ’ उनि तर्क गर्छिन् । भन्छिन् ‘मैले जति दिन सक्छु, त्यति दिईराख्या छु , मनोरन्जन दिएर म मान्छेलाई मानसिक रुपमा स्वस्थ्य बनाउन आफ्नो क्षत्रबाट निरन्तर क्रियाशिल छु ।’ “वर्थ डे” सहितका कार्यक्रम र अवसरमा गरिने अनावश्यक फजुल खर्चलाइृ रोकेर परोपकारका काममा लगाउने हो भने पनि त्यसले समाज परिवर्तनमा भुमिका खेल्ने र सहयोग पुग्ने उनको भनाई छ । राजनितिक र युवा पुस्ता ः राजनितिक परिवारीक वातावरणमा जन्मेको हिसाबले आफैलाई राजनितिक विषयमा धेरथोर ज्ञान रहे पनि राजनितिमै सक्रिय बन्न रुचि नभएको उनी सुनाउछिन् । देश संचालनको मुल निति नै राजनितिक भएकोले राजनितिका विषयमा हरेक जानकार रहनुपर्ने लामा तर्क गर्छिन् । उनि भन्छिन् ‘जब सम्म हामी राजनितिका विषयमा जानकार बन्दैनौं , चासो राख्दैनौं, तब सम्म हाम्रो मुलकको राजनिती सहि ठाउँमा पुग्न सक्दैन ।’ राजनिती सहि र जनपक्षिय नभई मुलक नबन्ने उनको बुझाई छ । अहिलेको युवा पुस्ता राजनितिबाट बेखबर रहँदा यसले भविष्यमा झ्न ठूलो संकट निभ्याउने तर्क गर्दै उनले राजनितिका विषयमा जानकार बन्न र असल अनि ईमान्दार नेतृत्व छनौटमा भुमिका खेल्न युवा पुस्ताले भुमिका खेल्नु पर्ने बताईन् ।

rani (1)

rani (2)

rani (3)

rani (4)

rani (5)

rani (6)

rani (7)

rani (8)

rani (9)

rani (10)