मोडलिङमा उदाउने तयारि गरिरहेकी झापा विर्तामोडकी १८ वर्षिय युवति अनु ढुंगाना अहिले ‘मिस मेची’ प्रतियोगितामा सहभागि छिन् । उपाधि चुम्ने लक्ष्य सहित सहभागि बनेकी उनी मोडलिङ कै क्षेत्रमा भविष्य खोज्ने बताउँछिन् । जुन उदेश्य पुरा गर्न राजधानी छिर्ने सम्मको योजना उनले बुनिसकेकी छन् । anu मध्यम वर्गिय परिवारमा जन्मिएकी उनि छोरी मान्छेले पनि केही गर्न सक्छन् भनेर प्रमाणित गरेर देखाउनु पर्ने तर्क गर्दै भन्छिन् ‘समाजमा छोरीलाई जुन आखाले हेरीन्छ , त्यो कुरा लाई गलत साबित गर्न हामीले केही गरेर देखाउन सक्नुपर्छ ’। पाँच छोरी मध्येकी साहिली छोरी अनु सँग छोरा नहुँदा आफन्त र छिमेकीले भनेका कुराको तितो अनुभव समेत छ । उनि छोरी भएपनि छोरा सरह भएर देखाउने सुनाउँदै भन्छिन ‘राष्ट्रपति , सभामुख , प्रधानन्यायधिस समेत छोरी मान्छे नै छन् अव छोरी मान्छे छोरा बराबर हुन सक्दैन भन्ने हरु त मुर्खता भएकाहरु हुन् । ’ छोरा मान्छे र छोरी मान्छे शारिरिक बनावटका हिसावमा भिन्न देखिएपनि टाउको ,दिमाग , हात र खुट्टा भने उस्तै अनि एउटै हुने तर्क गर्दै थप्छिन ’ काम गर्न आबश्यक सवै कुरा एउटै हुन्छन भने काम गर्न किन नसक्ने ?’ वाक कलामा निपुर्ण अनु बिद्यालयकालबाट नै उनमा भएको क्षमताका कारण चर्चामा आएकी थिईन् । झापा जिल्ला स्तरीय बक्तृत्वकलामा दोस्रो भएर उनले त्यो कुरालाई प्रमाणित गरेकी थिईन् । नृत्यमा समेत रुचि राख्ने उनि नृत्यमा सिपालु समेत छिन् । आफ्नै दिदिहरुले नृत्य प्रशिक्षण गर्ने भएकाले पारिवारीक माहोल कै कारण आफुले नृत्य सिकेको उनले सुनाईन् । मोडलिङ क्षेत्रहुदै नेपाली सिने जगत छिर्ने आफ्नो उदेश्य भएकाले नै आफु ‘मिस मेचि’ हुँदै मोडलिङको रंगिन दुनियामा होमिन खोजेको उनको भनाई छ । मोडलिङको क्षेत्रमा जानेलाई गलत नजरले हेर्ने गरेको विषयमा आफु जानकार रहेको बताउँदै उनले भनिन् ‘यदि हामीले हाम्रो काम र गतिविधिलाई समाजले स्विकार्ने तहसम्म राख्न सक्यौ भने , मानिसको गलत धारणा बदलिने छ ’। समाजले गलत नजरले हेर्छ भनेर नजाने नै हैन गएर राम्रो काम र गतिविधि गरेर देखाउन पर्ने उनको तर्क छ । हरेक हिसाव र क्षेत्रमा अगाडि रहेको झापा मनोरञ्जन र मोडलिङको क्षेत्रमा भने पछि रहेको आफुले अनुभव गरेको उनि सुनाउछिन् । मोडलिङको क्षेत्रमा झापाली छोरी म आफुलाई चिनाउन चाहन्छु अनुले भनिन् । राजनितिको विषयमा समेत जानकारी राख्ने अनु राज्य र देश चलाउने राजनिति भएकाले यो विषयमा सवैले थोरवहुत जानकार हुनु पर्ने बताउँछिन् । जानकार नबन्दा असल र ईमान्दार नेतृत्व छान्न नसकिने उनको भनाई छ । मिस मेची प्रतियोगिताको उपाधि चुमे पनि नचुमेपनि आफुले मोडलिङको दुनिया तर्फ बढाएका पाईला नरोकीने अनु बताउँदै भन्छिन ‘मलाई मेरो बाबा ,मामु को सहयोग र प्रेरणा छ ,त्यहि भएर म मेरो भविष्य खोज्न निष्किएकी हुँ’ । anu (1) anu (2) anu (3) anu (4) anu (5)