धरान / गुरु पूर्णिमाको अवसरमा मंगलबार शिक्षा सदन उच्चमाविका पूर्व विद्यार्थीहरुले शिक्षकहरुलाई अभिनन्दित गरेका छन् । २०५१ सालको एसएलसी ब्याचका विद्यार्थीहरुले २४ जना गुरुहरुलाई एकसाथ अभिनन्दित गरेका हुन् । हाल विभिन्न पेशामा आवद्ध विद्यार्थीहरुले गुरु–गुरुमालाई अभिनन्दन गर्दै सम्मान गरेका छन् । गुरुलाई स्मरण गर्ने दिनको रुपमा रहेको गुरु पूर्णिमालाई सार्थक बनाउनको लागि गुरुहरुलाई अभिनन्दित गरिएको समूहका सदस्य सदस्य दिनेश गजमेरले बताए । गुरु गुरुमाहरुलाई समूहका संयोजक मनिष खड्गीलगायतले फूलमालासहित अभिनन्दन पत्र प्रदान गरिएको थियो । शिक्षा सदनबाटै २०४२ सालमा एसएलसी दिई हाल तेह्रथुम जिल्ला प्रशासन कार्यालयकी प्रशासक मुनका न्यापानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । अभिनन्दित हुनेमा संस्थापक प्रधानाध्यापक गोपालप्रसाद श्रेष्ठ, पुर्व प्रधानाध्यापक श्यामबहादुर कटुवाल, अम्बिका सम्बाहाम्फे, प्रदिप भण्डारी, गोपाल पौड्याल, बलबन्द ठाकुर, पुर्व शिक्षकहरु विष्णु दाहाल, गोपाल वाग्ले, केशव वाग्ले, महेन्द्रदत्त कायस्थ छन् । avinandit त्यस्तै, यदुनन्दन शाह, नेत्र श्रेष्ठ, गणेशप्रसाद खतिवडा, बलराम थापा, गायत्री दाहाल, रौदी शाह, ठाकुर प्रसाद दाहाल, योगराज पौडेल, हेमकुमार प्रधानलाई अभिनन्दन गरिएको छ । शिक्षिकाहरु शशि श्रेष्ठ, मिरा राई, मथुरा मास्के, छुनुकुमारी श्रेष्ठलाई अभिनन्दन गरिएको हो । कवि तथा पुर्व विद्यार्थी सुदीप पाख्रीनले कविता वाचन गरेका थिए । चार वेद, अठार पुराण, भागवत् गीताको सम्पादन सकेर आफ्ना शिष्यहरुलाई दर्शन दिएको दिनको सम्झनामा गुरुपुर्णिमा मनाउने परम्परा बसेको कथन छ ।