DamkalFile Photo

राजविराज /  राजविराज १ स्थित ऐतिहाँसिक अतिथी गृहलाई नगरपालिका कार्यालयले दमकल घरको रुपमा प्रयोग गर्ने योजना सहित निर्माण कार्य सुरु गरेपछि स्थानीवासी विरोधमा उत्रिएका छन् । नगरपालिका कार्यालयले सप्तरीको ईतिहाँस र पहिचानसँग जोडिएको संरचनालाई ध्वस्त पार्न लागेको र अतिथि गृहलाई दमकल घरका रुपमा परिणत गरी विस्तारै कन्टेनर वनाउन खोजेको भन्दै स्थानीयवासीले विरोध जनाएका हुन् । नगरपालिका कार्यालयले अतिथी गृहलाई दमकलका रुपमा तयार गर्न आवश्यक भौतिक संरचना तयार गर्न थालेदेखिनै विरोधमा देखिएका स्थानीयवासीले सो विरुद्ध जिल्ला प्रशासन कार्यालयमा सप्तरीमा उजुरी समेत दर्ता गराएका छन् । सोहि उजुरी अनुसार जिल्ला प्रशासन कार्यालयले नगरपालिकालाई पत्राचार समेत गरेको छ । तर प्रशासनको पत्राचारलाई समेत नगरपालिकाले वेवास्त गरी निर्माण कार्यलाई निरन्तरता दिएको स्थानीयवासी रामपृत मण्डलले वताए । पञ्चायतकालमा विशिष्ठ ब्यक्तिहरुको विश्रामका लागि तयार गरिएको अतिथी गृहलाई सोहि प्रयोजनको लागि विकास गर्न लिखित तथा मौखिक आग्रह गर्दा समेत कार्यालयले अटेर गरेपछि कानुनी रुपमै आफुहरु अघि वढेको उनले जानकारी दिए । ुहामीले नगरपालिका विरुद्ध गत असार २७ गते पुनरावेदन अदालत राजविराजमा पनि निशेधाज्ञा मिश्रित परमादेशको माग सहित उजुरी ग¥यौुं मण्डलले भने(ुमाँग वमोजिम साउन २ गते अदालतले उत्प्रेषण युक्त परमादेश जारी गरेको छ ।ु अदालतले निवेदकको माग वमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? भन्दै कुनै आधार भए सवुद प्रमाण सहित १५ दिनभित्र जवाफ पेश गर्न नगरपालिकालाई आदेश पनि गरेको उनले जानकारी दिए । मण्डलका अनुसार २०१६ सालमा पुर्वप्रधानमन्त्री सुर्यवहादुर थापाले उदघाटन गरी संचालनमा आएको अतिथी गृह २०४२ साल पुर्व निर्माण यातायत मन्त्रालय भवन विभागले रेखदेख तथा नियन्त्रण गर्दै आएको थियो । तर, २०४२ साल वैशाख ६ गतेको सचिव स्तरीय वैठकले वजेट अभाव देखाउँदै त्यसको नियन्त्रण तथा ब्यवस्थापनको जिम्मा नगर पञ्चायतलाई दिने निर्णय गरेको थियो । सो निर्णलाई कार्यान्वयन गर्दै स्थानीय विकास मन्त्रालयले २०४४ साउन २५ गते पत्राचार गरी अतिथी गृहको रेखदेख तथा ब्यवस्थापनको जिम्मेवारी नगर पञ्चायतलाई सुम्पीएको छ । प्रजातन्त्र स्थापनासँगै नगरमा खुलेका सुविधा सम्पन्न होटल तथा लजका कारण अतिथि गृहको आवश्यक्ता विस्तारै घटदै गएको र नगरपालिकाले पनि वास्ता गर्न छोडेको उनको भनाई छ । नगरपालिकाकै वेवास्ताका कारण विगत लामो समयदेखि सरसफाई कर्मचारी ब्यवस्थापन कार्यालयको रुपमा परिणत हुदै आएको अतिथी गृहलाई हाल दमकल घर वनाउन खोजीएपछि ऐतिहाँसीक संरचना नास हुने चिन्ताले आफुहरु विरोधमा निस्किएको मण्डलको भनाई छ । नगरपालिकाको निर्णय विरुद्ध सोमवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरेका मण्डलले अतिथी गृहलाई दमकल घर वनाएपछि वातावरणीय हिसावले पनि स्थानीयवासीलाई नकारात्मक असर पर्ने दावी गरेका छन् । उनले अतिथी गृहलाई दमकल घर वनाउने योजना रद्द गरी सो स्थानमा सिटि हल निर्माण गर्ने वैकल्पिक योजना समेत सुझाएका छन् । यता, राजविराज नगरपालिका कार्यालयका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङ्गले भने अतिथी गृहको पुनर्निर्माण गरी नयाँ संरचना तयार गर्ने योजना अनुसार पार्किङ्ग निर्माण थालिएको प्रतिक्रिया दिएका छन् ।