dr kcकाठमाडौँ / नेपाल बार एसोसिएसनले चिकित्सा क्षेत्रको सुधारको विषयलाई लिएर अनशनमा बस्नुभएका चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा गोविन्द केसीको जीवनरक्षाको पहल गर्न सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ । बारका महासचिव खम्मबहादुर खातीले आज प्रेस विज्ञप्ति जारी गरी नेपालको चिकित्सा शिक्षा र सेवा गुणस्तरीय सेवाको अडान राखी पटक–पटक भोक हडतालमा बस्नुभएका केसीको जीवनरक्षाका लागि सम्बन्धित निकाय ध्यान दिनुपर्ने उल्लेख छ । भोक हडतालका कारण दिनप्रतिदिन उहाँको स्वास्थ्यस्थिति बिग्रँदै गएकाप्रति बारको गम्भीर ध्यानाकर्षण भएको निजको जीवनका रक्षाका लागि पहल कदमी गर्न विज्ञप्तिमा माग गरेको छ । रासस