वीरगन्ज / वीरगञ्जका एक शिक्षकले श्रीमतीलाई वन्धक बनाएर राखेको खुलासा भएको छ । आफ्नै घरमा दश दिनदेखि बन्धक बनाइएकी ममता कुमारी पाण्डेलाई प्रहरीले उद्धार गरेपछि घटना सार्वजनिक हो ।

वीरगन्ज ३० स्थित गोल्डेन वाटिका इंग्लीश बोर्डिङ स्कुलका शिक्षक अनिल यादवले आफनै श्रीमती ममता कुमारी पाण्डेलाई दश दिन देखि घरमै थुनेर बन्धक बनाbirgunjएका थिए । ममताका बुबा राम अयोध्या यादवले खबर गरे पछि वडा प्रहरी कार्यालय श्रीपुरबाट गएको प्रहरीले टोलीले मङगलवार दिउँसो ममतालाइ उद्धार गरेको हो। ममतालाइ घरमा थुनेर बन्धक बनाएका शिक्षक अनिललाइ प्रहरीले मङगलवार नै पक्राउ गरेको छ। दाइजोको निहुमा ज्वाइ अनिलले छोरी ममतालाइ कुटपिट गरी दश दिन देखि घरमा थुनेर राखेको खबर पाएपछि प्रहरीलाई खबर गरेको ममताका बुबा राम अयोध्याले बताए । बिहेमा े चार लाख रुपैया नगद र मोटरसाइकल दाइजो पनि दिएका थिए। दाइजो कम दिएको निहुमा ज्वाँइ अनिलले छोरी ममतालाइ शारीरिक यातना दिन थालेपछि ममतका बुबा रामअयोध्याले एक महिना पहिले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए। ममता र अनिलको २०६७ साल जेठ १७ गते हिन्दु रितिवाज अनुसार मागी विवाह भएको थियो।

उद्धार गरिएकी ममतालाइ उनका बुबा रामअयोध्याको जिम्मा लगाएर पठाइएको र अनिललाइ भने जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।