धरान / धरानमा पतञ्जली योग समिति तथा महिला समितिले दैनिक योगाभ्यासका लागि योग भवन निर्माण गर्ने भएको छ । yog त्यसको बुधबार बिहान सिलान्यास गरिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले भवनको सिलान्यास गरे । धरान–३ मा ७ धुरमा निर्माण हुन लागेको योग भवनको लागि हिरा उदासलाई अर्थ संकलन तथा भवन निर्माण समितिको संयोजक तोकिएको छ । शालिग्राम राठी भवन छेउमा निर्माण गर्न लागिएको भवन केही समय मै निर्माण सम्पन्न गरिने संयोजक उदासले बताए । पतञ्जलीले धरानका विभिन्न स्थानमा योगाभ्यास गराउँदै आएको थियो । तर, आफ्नै भवन निर्माणका लागि धरान–३ का समाजसेवी भँवरलाल सोनीले निःशुल्क जग्गा प्रदान गरेपछि भवन निर्माण गरिन लागिएको हो । यस अघि निःशुल्क योग गराउँदै आएको थियो ।