Untitled-1 copyकिभ / मध्य युक्रेनमा बुधबार एक जना प्रसिद्ध पत्रकारको हत्या भएको समाचार छ । बुधबार बिहान उनलाई कारबम हमला गरी हत्या गरिएको समाचारमा जनाइएको छ । युक्रेनका वरिष्ठ पत्रकार पाभेल सेरेसमतको कारबमले हमला गरी हत्या गरिएको फ्रान्सेली समाचार समिति, एएफपीका समाचारदाताले टेलिफोनबाट जानकारी दिएका छन् । उनी युक्रेनिस्का प्रभदा नामक सञ्चारगृहका पत्रकार थिए ।  उनी यसअघि रसियाको एक टेलिभिजनमा काम गथ्र्ये । बम फिट गरिएको अर्को एक कार ल्याएर उनको कारमा जुधाइएको थियो । त्यसपछि उनको कार ध्वस्त भएको र पछि आगो लागेको थियो । यस आक्रमणलाई युक्रेनियन राष्ट्रपति पेट्रो पोरोसेन्कोले ठूलो अपराधको संज्ञा दिएका छन् । उनले थप प्रतिक्रिया दिएका छैनन् । यस हत्याको जिम्मेबारी अहिलेम्म कसैले पनि लिएको छैन । पछिल्लो समयमा युक्रेनमा हिंसा मच्चिएको छ । युक्रेनको पूर्वी भूभागका रसियाली मूलका नागरिकले अलग्गै राज्यको मागगरी त्यहाँ आन्दोलन गरिरहेका छन् । सोही कारणले पछिल्लो समयमा रसियाली समर्थक र युक्रेनी सेनाबीच भिडन्त जारी रहेको छ । त्यस भिडन्तका क्रममा सयौँ नागरिक मारिएका छन् । एएफपी