राजविराज/ पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्यानपुरस्थित विसनपुर चोकमा मोटरसाइकल दुर्घटनमा परी आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कल्यानपुर गाविस–८ निवासी हरि चौधरी रहेको प्रहरीले जनाएको छ । ३५ वर्षीय चौधरीको भारतस्थित सिलिगुढीको पारामाउन्ट अस्पतालमा उपचारको क्रममा आज बिहान मृृत्यु भएको इलाका प्रहरी कार्यालय कल्यानपुरले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जानेत्रममा चौधरी चढेको ना १८ प ४७६४ नम्बरको मोटरसाइकलमा अज्ञात सवारी साधनले राति ठक्कर दिएपछि उनी घाइते भएको प्रहरीको भनाइ छ । यता ठक्कर दिने सवारी साधनको खोजीकार्य भइरहेको प्रहरीले बताइएको छ ।