कपिलवस्तु/ घरको छत भत्केर एकै घरका तीन जनाको गएराति मृत्यु भएको छ ।

जिल्लाको गुगौली गाविस– ५ तिनघेरवा गाउँका नारायण भरको घरको छत भत्किदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६ वर्षीय छोरा अरविन्द भर, २४ वर्षीय छोरी सत्यावती भर र १४ वर्षीया छोरी चन्द्रावती भरको मृत्यु भएको प्रहरीले जनाएको छ । सो घटनामा परी ६ वर्षीय अरविन्दको घटनास्थलमै मृत्यु भएको र घाइते दुई जनाको भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक विष्णु केसीले बताए। राति करिब ९.३० बजे घरको बरण्डामा बसेर खाना खाइरहेको बेला पक्की घरको छतको झाप खसेर उनीहरु थिचिएका थिए । घटनामा परी घाइते भएकी अर्की छोरी भकुरी भरको अवस्था भने सामान्य रहेको छ ।