शनिश्चरे/मोरङ निर्वाचन क्षेत्र नम्बर १ का सांसद ऋषिकेश पोखरेल सहितको टोलीले जिल्लाको मधुमल्लाको कटान क्षेत्र अवलोकन गर्दै खोलाको सतह घटाई व्यवस्थित तटबन्ध निर्माणको आवश्यकता औंल्याएका छन् । samsad नेकपा एमाले ९ नम्बर क्षेत्रीय समितिको पहलमा मधुमल्ला पुगेको टोलीले बस्तीभन्दा खोलाको सतह अग्लो भएर बाँध फुटाएर बाढी वस्ती पसेको ठहर गरेको छ । सांसद पोखरेलले मधुमल्ला ३ र ५ मा बाँध भत्काएर वक्राहा नूनसरी खोलो वस्तीमा पसेको क्षेत्रको अवलोकन गर्दै खोलाबाट ढुंगा, गिट्टी र वालुका निकाली सतह घटाउँदै व्यवस्थित तटबन्धका लागि सरकारमा कुरा पुर्याउने बताए । ‘खोलाजन्य वस्तु निकाल्नु पर्छ । यसको साथै चुरे क्षेत्र बगाउन रोक्ने कार्यक्रम ल्याउने र यहाँ व्यवस्थित टतबन्ध गर्न सरकारको योजना आवश्यक छ ।’– उनले बाढीपिडीतसँग भने । टोलीमा सहभागि मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायले सो क्षेत्रको खोलाजन्य सामग्री निकासी गर्नका लागि सर्वपक्षीय निर्णय गराउन पहल गर्ने जनाए । टोलीमा एमाले मोरङका पूर्व अध्यक्ष विनोद ढकाल पनि सहभागि थिए । स्थानीयवासीका तर्फबाट एमालेका जिल्ला उपसचिव विद्या चाम्लिङ, जिल्ला सचिवालय सदस्य मानबहादुर श्रेष्ठ, भूपालसिंह जिमी, क्षेत्रीय अध्यक्ष गंगा वाँस्तोला सहित पिडीत पक्षले खोलाको सतह घटाएर दुवै किनारामा व्यवस्थित तटबन्ध निर्माण गरिनुपर्नेमा जोड दिएका छन् । उनीहरुले यसअघि देखि नै स्थानीयले खोलाको सतह घटाउन माग गरेपनि सम्बन्धि सरकारी निकायबाट सुनुवाई नभएको टोलीलाई जानकारी गराए । मधुमल्ला क्षेत्रमा वक्राहा नूनसरी खोलाले वर्षाैं पहिले निर्माण भएको बालुवाको वाँध वर्षेनी भत्काएर स्थानीयको विचल्ली बनाउँदै आएको छ ।सो टोलीले बाढीले संकटमा पारेको पथरीशनिश्चरेस्थित डाँसखोलाको पुल र नजिकको जिरिखिम्ती वस्तिको समेत अवलोकन गरेको छ ।