धरान / हेभेन्ली कल्चर वल्र्ड पिस एण्ड रेस्टुरेसन अफ लाईट(एचडब्लुपिएल)ले यही सेप्टेम्बर १७ देखि कोरियामा गर्न लागेको मिडिया कार्यशालामा भाग लिन ब्लाष्ट दैनिकका सम्पादक किशोरकुमार कार्की विहीबार त्यस तर्फ प्रस्थान गरेका छन् । धर्मका नाममा युद्ध हुनु हुदैन । विश्वमा शान्ति स्थापना हुनु पर्छ भनेर अभियान संचालन गदै आएको एचडब्लुपिएलको कार्यक्रममा सहभागी हुन अधिबक्ता समेत रहेका कार्की विहीबार राती ११ बजेको फ्लाईटबाट कोरिया प्रस्थान गरेका हुन । गत मे महिनामा घोषणा भएको १० बुदे घोषणा पत्रलाई कार्यन्वयन गर्नका लागि  मिडियाको भूमिकाबारे छलफल गरि निष्कर्ष निकाल्न गोष्ठीको आयोजना हुन लागेको हो । आयोजक संस्थाका अनुसार विभिन्न महादेशबाट विश्व शान्ति स्थापनाका लागि मिडियाको भूमिका र जिम्मेवारीबारे मिडिया विज्ञहरुले प्रस्तुतीकरण गर्ने छन् । दक्षिण एशियाबाट सम्पादक कार्कीले एजेण्डा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कार्यशालामा धार्मिक नेता, कानुन व्यवसायी, संचारविद्, विभिन्न मुलुकका पूर्व राष्ट्र प्

[caption id="attachment_14117" align="alignnone" width="768"]kkk2-768x494 File photo[/caption]

रमुखहरु गरि २ हजारको सहभागीता हुने   आयोजक संस्थाले जनाएको छ । २५ देशबाट सहभागीता हुने बताइएको छ ।