सउल/ यहाँ मार्च १४, २०१६ मा जारी भएको शान्तिको घोषणापत्रलाई अन्तर्राष्ट्रिय कानून बनाउने सन्दर्भमा भएको १३० देशका सहभागीहरुको भेलाका वक्ताहरुले विश्वमा शान्तिको पूर्ण प्रत्याभूतिको आवश्यकता रहेको बताउँदै यसको पक्षमा समर्थन जनाएका छन्  । विश्वका एक हजारभन्दा बढी प्रमुख नेताहरुको उपस्थितिमा शुक्रबार सउलमा भएको भेलाबाट सो उद्घोष भएको हो । koriya यसै सन्दर्भमा भएको भेलाका अध्यक्ष मान हि लिले भने, ‘हामी विश्वभरिका मानिसहरु एउटै थलोमा भेला भई हाम्रा अन्तःस्करणका भावनाहरुसमेत साटासाट गर्ने अवसर मिलेको छ । यस घडीमा सम्पूर्ण उपस्थित नेता, विभिन्न धार्मिक नेता र पत्रकारहरुले विश्वको शान्तिको लागि अग्रसर हुनुपर्छ ।’ उनले विश्वका कतिपय ठाउँ अकाल र भोकले ग्रस्त भएको तथा कतिपय ठाउँमा खर्बाैं रकम हतियारमा खर्च गरी विश्वलाई धराशायी बनाउँदै लगिरहेको जनाउँदै यसप्रति चिन्ता व्यक्त गरे । ‘युद्धले अर्को युद्धको आह्वान गर्ने र पृथ्वीवासीलाई सधैँ त्रासमा राख्नेबाहेक केही गर्दैन जसले भविष्यको सन्ततिहरुलाई समेत जोखिममा राखिरहेको छ ।’ उनले भने । सोही कार्यक्रममा गणतन्त्र मोल्दोभाका नगर परिषद् अध्यक्ष मिहाएल गुजुन, संयुक्त राष्ट्रसङ्घीय सङ्गठनका कार्यकारी निर्देशक पाउला बोलेन्डलगायतले अहिलेको मात्रै कानून पर्याप्त नभएकाले सो घोषणापत्रलाई अन्तर्राष्ट्रिय कानूनका रुपमा अङ्गीकार गर्न जरुरी रहेको बताए । सो कार्यक्रमपछि भएको मिडिया फोरममा डीपीसीडब्लू (घोषणापत्र) को कार्यान्वयनका लागि पत्रकारहरुको भूमिका विषयमा विभिन्न महादेशका पत्रकार सम्मिलित गोष्ठीमा दक्षिण एशियाली राष्ट्रहरुका तर्पmबाट नेपालबाट ब्लाष्ट टाइम्सका सम्पादक किशोरकुमार कार्कीले कार्ययोजना प्रस्तुत गरेका थिए ।