uml-meeting-1 धरान /नेकपा एमालको आइतबार बसेको स्थाइ कमिटी बैठकले पाँच नं. प्रदेशमा जारी आन्दोलनलाई देशव्यापी बनाउने निर्णय गरेको छ । अध्यक्ष केपी ओलीको निवास बालकोटमा स्थायी समिति बैठकले आन्दोलनाई देशव्यापी बनाउने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मिसँग बोल्दै उपाध्यक्ष वामदेव गौतमले संबिधान संसोधनले देशलाई बिभाजन गर्न खोजेको भन्दै आन्दोलनलाई देश ब्यापी बनाउने निर्णय गरेको हो । उनका अनुसार तराई–मधेसमा प्रभावकारी ढंगले आन्दोलन चर्काउने निर्णय एमालेले गरेको छ । संसद भित्रको विरोधलाई पनि थप प्रभावकारी बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।