धनकुटा/नेपाल आदिवासी जनजाति महासंघ धनकुटाले जिल्लामा सताव्दी पुराना आदिवासी जनजाति समुदायले परापुर्वकालि देखी संरक्षण एवं सम्वद्र्धन गर्दै आएको धार्मिक वनहरुको सुचि तयारी गरेर अभिलेख राख्ने जनाएको छ । महासंघका अध्यक्ष संजय सन्तोषी राईका अनुसार धनकुटा जिल्लामा परापुर्व कालि देखी आदिवासी जनजाति समुदायले धार्मिक साँस्कृतिक हिसावले संरक्षण गर्दै आएको धार्मिक वनहरुको तत्थ्याङ्गक संकलन गरि अभिलेखीकरण गर्ने अभियान चालु आर्थिक वर्ष भित्र सक्ने गरि कार्यक्रम तय गरेको वताएका छन् ।

[caption id="attachment_20915" align="alignnone" width="1024"]? ?[/caption]

राईले धनकुटा जिल्लामा ३ सय वर्ष पुराना विभिन्न समुदायले धार्मीक आस्थाको हिसावले संरक्षण गरेको धार्मिक वनहरु फेला परिहेको वताएका छन् ।हालसम्म नेपाल आदिवासी जनजाति महासंघ धनकुटाले आदिवासी जनजाति पत्रकार महासंघ धनकुटा शाखाको आपसी समन्वयमा जिल्लाको विभिन्न गाउँमा आदिवासीहरुको परम्परागत ज्ञानसिपवाट संक्षित वन क्षेत्र र ती वन क्षेत्रहरु धार्मिक आस्थाको हिसावले संरक्षित रहेको पाइएको महासंघ धनकुटाका अध्यक्ष संजयसन्तोषी राईले वताएका छन् । हालसम्म धार्मीक एवं आदिवासी जनजातिहरुको मौलिक परम्परागत ज्ञानसिप चालचलन र प्रथावाट संरक्षण गरिएको छिन्ताङ–३ मा रहेको जालपा देवी धार्मिक वन क्षेत्र, छिन्ताङ–३ मा रहेको पाताल जंगल, सुव्वाथान जंगला चुङ्गवाङ्ग, मुगा गाविस वडा नं.५ मा रहेको मालवासे धार्मिक वन, मुगा गाविस कै जलदेवी धार्मिक वन क्षेत्र लगायतका रहेका छन् ।

त्यसैगरी चुङ्गवाङ्ग गाविस वडा नंं.९ मा रहेको ढुक्कुरसिं थान धार्मिक वन, चुङ्गवाङ्ग गाविस वडा नं.१ मा रहेको माम् देवीथान जंगल, वुडिमोरङ्ग गाविस वडा नं.६ मा रहेको तेम्वाङ्ग देवीथान जंगल, आँखिसल्ला गाविस वडा नं.७ मा रहेको माम्फीङ्गमा सेकेङवा साकेला धार्मिक वन, राजारानी गाविस वडा नं.४ र ५ मा रहेको पावार, मावरक धार्मिक वन क्षेत्र लगायतको पहिचान गरिएको आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजयसन्तोषी राईले वताएका छन् । उता छिन्ताङ्ग जालपा देवी मन्दिर संरक्षण समितिका अध्यक्ष मातृका राईले सदियौं देखी पुरानो छिन्ताङ्ग जालपा देवी वन क्षेत्रको स्थानिय राई समुदायले संरक्षण गर्दै आएको वताए । राईले सो वन क्षेत्र हालसम्म मन्दिर संरक्षण समितिको रेखदेखमा संरक्षण गर्दै आएको वताएका छन् । दश हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रमा आदिमकाल देखी घासदाउँरा गर्न प्रतिवन्ध रहेको राईले वताएका छन् ।

उनले मन्दिरमा आउने भक्तजनहरुले पुजाआजा गर्ने क्रममा जति पनि वन क्षेत्रमा ढलापढा रहेको काठपात मात्र दाउराको रुपमा प्रयोग गर्ने गरेको वताएका छन् । वन क्षेत्रमा घाँस, दाउँरा भए पनि स्थानियले नकाट्ने तर मन्दिरमा पुजाको लागी चाहिने आवश्याक दाउरा लगायतका जंगल क्षेत्रमा भएका वनस्पती भने प्रयोगमा ल्याउने गरिएको अध्यक्ष राईले वताएका छन् । उनले हालसम्म छिन्ताङ जालपा देवी अवस्थित् रहेको वनक्षेत्रलाई धार्मिक वनको रुपमा सरकारी प्रक्रियाको वारेमा पहल नगरिएको वताएका छन् ।

उता जिल्ला वन कार्यालय धनकुटका प्रमुख कृष्ण प्रसाद वस्तीले समुदायमा आधारित रहेको धार्मिक वन क्षेत्रलाई नेपाल सरकारवाट धार्मिक वनको रुपमा मान्यता लिनको लागी अनुरोध गरे आफु आवश्याक प्रक्रिया पु¥याएर धार्मिक वनको रुपमा प्रमाणिकरण गर्न तयार रहेको वताएका छन् । वस्तीले यस भन्दा ४ वर्ष पहिले विश्रान्ती मन्दिर वनकाली क्षेत्रलाई धनकुटामा पहिलो पटक धार्मिक वन क्षेत्र घोषणा गरिएको नजिर समेत वसि सकेको वताएका छन् । उनले समुदाय तयार भएर आए जिल्ला वन कार्यालयले वनको नकसाङ्गकन, रेखाङ्गकन, सिमाङ्गकन गरी धनीपुर्जा समेत मालपोत कार्यालय धनकुटावाट उपलव्ध गराउने गरी ती कार्यक्रमको लागी सहयोग गर्ने समेत वताएका छन् ।त्यसो त चुङ्गवाङ्ग गाविस वडा नं.१ मा रहेको माम् देवीथान जंगल १८६४ सालमा भन्दा पहिले स्थापना भएको देवीथानमा प्रमाण रहेको मामदेवीथानका पुजारी सानमवहादुर घिसिङ तामाङले वताएका छन् । तामाङका अनुसार चन्नीपुणै, मंसिरे पुर्णे र भदौरे पर्णिमा विशेष मेला लाग्ने र पुजाआजाको लागी भक्तजनहरुको घुँइचो लाग्ने गरेको वताएका छन् । उनले मन्दिर कति पुरानो भन्ने प्रमाण मन्दिरमा भुण्डाइएको घण्टीवाट थाहा हुने उनले दावी गरेका छन् ।

पुजारी तामाङले माम देवी थान जंगलाको वोटविरुवा वा अन्य ठुला रुख हालसम्म कोही पनि गाउँलेले हालसम्म काट्ने नगरेकाले वन सुरक्षित र घना रुपमा रहेको वताएका छन् । वन क्षेत्र १५ देखी २० रोपनी क्षेत्रमा मात्र विस्तार भए पनि पुजारी तामाङले माम्देवी थान क्षेत्रमा अत्यान्त पुराना विभिन्न प्रजातिका रुखहरु रहेको वताएका छन् । साथमा विभिन्न प्रजातिका जडीवुटीहरु समेत सो वन क्षेत्रमा पाईने भएकाले औषधीको रुपमा समेत जडीवुटी प्रयोगमा ल्याउने गरिएको पुजारी तामाङले वताएका छन् । उता आदिवासी जनजाति महासंघका परिषद सदस्य एवं किराँत याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष शिव इङ्गनामले वुडिमोङ्ग गाविस वडा नं.६ मा रहेको तेमवाङ देवीथान जंगलले गर्दा ०६७ सालमा माथिवाट आएको पहिरो समेत हालसम्म रोकिएको वताएका छन् । वनजंगल भएर मात्र नहुने रैछ, देवी–देवताको शक्ति समेत हुनु पर्ने रहेछ भन्ने विश्वास तेम्वाङ देवीथान जंगलले पुष्ठी गरेको उनी वताउँछन् ।

जनजाति महासंघ धनकुटाले आ.व.०७३÷०७४ मा धनकुटा जिल्लामा आदिवासी जनजाति समदायले संरक्षण एवं सम्वद्र्धन गरेको वनक्षेत्रहरुको सुचि तयार गरेर लाने जनाएको छ । महासंघका परिषद सदस्य एवं नेपाल तामाङ घेदुङका अध्यक्ष सिताराम थिङ तामाङका अनुसार धार्मिक एवं समुदायले संरक्षण गरेको धार्मिक वनहरुको दिगो वन व्यावस्थापन र विकासको लागी थप कार्यक्रम आवश्याक रहेको औल्याएका छन् । उनले आदिवासी जनजातिहरुले संरक्षण गरेको वनहरुको दिगो विकासको लागी नेपाल सरकारले छुट्टै लगानी गर्नु पर्ने वताए । आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राईले भने सामुदायिक वनहरुले गर्दा समुदायमा आधारित धार्मिक वनहरु अतिक्रमणको चपेटमा परेको वताएका छन् ।

उनले हालसम्म सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ धनकुटाले वन सम्वन्धि हुने विविध गतिविधिमा आदिवासी जनजाति महासंघ धनकुटालाई सहभागी नगराएको गुनासो गरेका छन् । सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ धनकुटाका अध्यक्ष राजेन्द्र खड्काले भने सामुदायिक वन समुहहरुमा आदिवासी जनजातिहरु नै वढी मात्रामा रहेकोले सहभागी गराइ रहनु आवश्याक नरहेको वताएका छन् । उनले हिजो आज कार्यक्रम पनि खास्सै केही नभएको भन्दै पन्सिएका छन् ।