dead_file photoमुगु / जिल्ला सदरमुकाम गमगढीबाट एक दिन पैदल दुरीमा पर्ने खमाले गाविस–९ चाकपाँडे गाउँमा आज दिउँसो आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु भएको छ । आगलागी परी नौ घर जल्नुका साथै नौ घर जलेको र स्थानीय लालवीर बुढाकी एक वर्षीया छोरी डिलमाया बुढाको जलेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले जानकारी दिए । आगलागी नियन्त्रणका लागि प्रहरी चौकी सुकाढिक र कोटडाँडाबाट प्रहरी र रारा राष्ट्रिय निकुन्ज सुरक्षार्थ खटिएको दुर्गा भन्जन गुल्मका नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको उनले बताए । रासस