jayalallitaधरान/हृदयघातबाट पिडित भएकी तामिलनाडुकी मुख्यमन्त्री जे जयललिताको निधन भएको छ ।भारतीय अखबार दैनिक भाष्करले सोमबार राती जयललिताको निधन भएको जनाएको छ ।

चेन्नाईको अपोलो अस्पतालले प्रेस विज्ञप्ती जारी गर्दै साति साढे ११ बजे उनको निधन भएको जनाएको हो दैनिक भाष्करमा उल्लेख गरिएको छ ।६८ वर्षीय जयललिता २२ सेप्टेम्बरबाट अपोलो अस्पतालमा भर्ती भएकी थिइन् । अस्पतालमा रहदै उनलाई आइतबार उनलाई हृदयघात भएको थियो ।जयललिताको अन्तिम संस्कार आज साँझ मरीना किनामा गरिने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जयललितालाई अन्तिम श्रद्धान्जली दिन चेन्नाई जाने भएका छन् ।जयललिताले १४० फिल्म खेल्नुका साथै आठ पटक विधानसभाका चुनाव लड्ने तथा एक पटक राज्यसभाका लागि मनोनित हुनुका साथै चार पटक तामिलनाडुकी मुख्यमन्त्री बनेकी थिइन् ।