इनरुवा/सुनसरीको हरिनगरा गाविसमा गएराति आगलागी हुँदा पाँच लाख  रुपैया बराबरको क्षति भएको छ । हरिनगरा गाविस–२ सुपर मार्केटमा सञ्चालन गरेको शिवन चौरसीयाको कस्मेटिक पसलमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । राति करिब २ बजे अचानक बिजुली सर्ट भई आगलागी हुँदा पसलमा रहेका विभिन्न कस्मेटिक सामग्री पूर्णरुपले जलेर नष्ट भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए । घटनाका विषयमा स्थानीयले प्रहरी र अग्नी नियन्त्रकलाई बोलाए पनि दुई घन्टा ढिलो आएको र आज बिहान ४ बजे मात्र आगलागी नियन्त्रणमा आएको स्थानीय सुरज साहले बताए । आगलागीलाई इनरुवा नगरपालिकाको बारुणयन्त्र र स्थानीयले नियन्त्रणमा लिएका थिए । रासस