काठमाडौं/भारतको हैदराबादमा बस्ने ११ बर्षीय बालक अगस्त्यले १२ कक्षा पास गरेका छन् । उनकी दिदी नैंनाले पनि १० बर्षको उमेरमा १२ कक्षा पास गरेकी थिइन् ।

अश्विनी र भाग्यलक्ष्मी जयसवालका छोरा अगस्त्यको लक्ष्य डाक्टर पढ्ने हो । अगस्त्यका बुबा अश्विनीले सन २००८ मा स्कूल बन्द गरेर आफ्नो समय बच्चाहरुको पढाईमा दिएका थिए । बच्चाको पहिलो शिक्षक आमाबुबा नै हो भन्ने महात्मागान्धीको भनाई सम्झँदै अश्विनीले आफ्ना बालबालिकालाई घरमै शिक्षा दिन थालेका थिए ।

अश्विनी र भाग्यलक्ष्मीले आफ्ना दुबै बच्चालाई स्कूल भर्ना गर्नुभन्दा घरमै आफैले पढाई दिन शुरु गरे । भाग्यलक्ष्मीले दुबै बच्चालाई पढाई एक खेलजस्तै गरी सिकाए । आमाको काखमा बस्दा बस्दै दुबैले ह्याण्डराईटिङ गर्न सिकेका थिए ।

दुबै बच्चालाई डिग्रीको पछि लाग्नुभन्दा ज्ञान आर्जन गर्न नै प्रेरित गरे । अश्विनी भन्छन् ‘ डेढ बर्षको उमेरदेखि बच्चालाई स्कूल पठाइन्छ यो ठीक होइन, किनकी बच्चाहरु समूहमा सिक्ने क्षमता राख्दैनन् यसको लागि उनीहरुलाई लगनशील बनाउनु जरुरी छ ।’

पाँच बर्षकोे उमेरमा गीता–रामायणको ज्ञान

अश्विनीले आफ्ना बच्चा पाँच बर्षको भएदेखि नै हिन्दीमा गीता र रामायणका श्लोक सिकाएका थिए । अगस्त्यका पिता अश्विनीले भने ‘ वर्णमालाको पढ्न सिकेपछि बच्चालाई मैले समाचारपत्र पढाउन थालेँ ।’ उच्चारण राम्रो बनाउनका लागि महाभारतका श्लोक पढाउने थालेँ उनले भने । ६ महिनाको उमेरदेखि नै हिन्दी पढाउन शुरु गरेका उनले पछि सामाजिक, विज्ञान र गणित बिषयका लागि एक–एक बर्षको समय लगाए । उनले तेलंगनाको आधिकारिक भाषा तेलगु पनि सिकाए ।

पछि अश्विनीले आफ्नो बच्चाको नाम मात्रै स्कूलमा लेखाएर घरमै पढाउन थाले । स्कूलले पनि बच्चाको आमाबुबाको योजना माने ।

१७ बर्षीया छोरी नैनाले पीएचडीको पढाई शुरु गरेकी छिन् । नैता भारतको प्रतिनिधी हुँदै टेबुलटेनिसको अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत भाग लिन्छिन् ।

बुबाले उनलाई ओलम्पिकमा भाग लिनको लागि तयार गर्दैछन् । अगस्त्यले आफूहरु डिग्रीको लागि नभई ज्ञानको लागि पढाई गर्न चाहेको बताए । बिबिसी