विराटनगर /  विराटनगर– ४ स्थित पोखरीयामा आफ्नै बहिनीलाई छुरा हानेर बहिनीलाई घाइते बनाउने दाजु पक्राउ परेका छन् । दाजुले छुरा हान्दा आइतबार बहिनी १६ बर्षिया पुजन राजवंशी घाइते भएकी थिइन । २३ बर्षिय आशाराम राजवंशीले घरायसी विवादका कारण आफ्नै बहिनीलाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट ढाडमा चोट लागेकी पुजनको कोशी अञ्‍चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । आशारामलाई जिल्ला प्रहरी कर्यालय मोरङले नियन्त्रणमा लिएको छ ।