काठमाडाैं / राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र राजकुमार लेखीको नागरिक पार्टीबीच एकता हुँदैछ । पार्टी एकता घोषणा कार्यक्रम २ बजे राखिएको छ । सद्भावना महासचिव मनिष सुमनले सद्भावना र नागरिक पार्टीबीच एकता हुन लागेको स्वीकार गरे । एमालेबाट राजनीति सुरु गरेका लेखी आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष समेत हुन् ।