नेपाल प्रकृतिक साैन्धर्यताले भरिपूर्ण भुपरिबेष्ठित राष्ट्र हो । बहुजतिय, बहुभाषिक र बहुधार्मिक यो मुलुक पूर्व मेची देखी पश्चिम महाकाली सम्म फैलिएको छ ।

सानो छेत्रफल भएतापनी प्रसस्त स्रोत अनी सम्भावना बोकेको मुलुक हो नेपाल। उचित ब्यबस्थापन, सुमधुर शहरीकरण र स्थिर राजनीति नहुँदा देश आज निकै पिछडिएको छ। आँफै सँग भएका स्रोतहरुको सदुपयोग नहुँदा ति बाट बन्चित रहनु हामी नेपालीको लागि बाद्यता बनेको छ। बढ्अदाे अपराधीक घटना , भ्रष्टचार, महँगी , साँगुरा सडक र सवारीको बढ्दाे चापले यहाँको दिनचर्या सकसपुर्ण बन्न थालेकाे छ । यस्ता बिभिन्न समस्या हरुको मुख्य जड भनेको राजनीति नै हो ।

राजनीतिसँग धेरैलाई चासो नभएतापनि यस्को असर सबै क्षेत्रमा देखिन्छ। भनिन्छ राजनीति एउटा फोहोरी खेल हो तर राजनीति फोहोर भईदिदा त्यसकाे प्रभाब सिङ्गाे देश र जनताहरुले बेहाेर्नु परेको देखिन्छ।

हाल देश भरी चुनाव को माहोल चरम सीमामा छ। कोही रुख को सितल छहरी खोजिरहेका छन त कोही सुर्य मा आफ्नो विश्वाश जताइरहेका छन। हसिया बोकी देश हक्छुम भन्नेहरूकाे पनि उस्तै चर्चा छ ।

नयाँ जोश अनी जागरको साथ् राजनीतिमा लागेका हरुले नि राम्रै प्रभचार गरेको पाईन्छ। चुनावको मिती नजिकिसक्दा पनि जनता त अझै पनि बिचल्लित अबस्थामानै नै देखिन्छन । जुनै जोगी आए पनि कानै चिरेको भनैझै राजनितीमा अधिकांश जनताकाे बिश्वास गुमेकाे पाइन्छ । दलगत अनी पार्टीगत भावना नबुझेका जनता हरु माझ् आफ्नो योजना सुनाउन र भोट को लागि बिन्ती गर्न नेता र कार्यकर्ताहरु घर दौलोमा पुग्ने काम तिब्र गती मै भईरहेको छ,पहिलाे चरणमा निर्बाचन हुने क्षेत्रमा त शुन्य समय लागु भइसकेकाे छ ।

नयाँ संबैधानिक ब्यबस्था अनुसार नेपालका ७ प्रदेश मध्ये ३वटा प्रदेशमा बैशाख ३१ र अन्य प्रदेश मा जेष्ठ ३१ गते स्तयनिय निकायको चुनाव हुन गैरहेको छ। याे निबार्चन पछि प्रदेशकाे र त्यसपछि केन्द्रीय निर्बाचन हुने पक्का छ। अर्थ मन्त्रालयले यि सम्पूर्ण चुनावको लागि भनी कुल २० अर्ब बजेट छुट्याएकाे छ ।यो स्थानिय निकायको चुनावमा मेयर, उपमयोर वडाध्यक्ष तथा सदस्यहरूमा चुनाव हुनेछ। कारीब २० बर्ष पछी हुन गैरहेको यो स्थानिय तहकाे चुनावले देशलाई बिकासको मार्ग तर्फ लग्नेमा धेरै आसाबादी छन।

चुनाव जुनसुकै ब्यक्ती र पार्टी ले जितेनी जित देश को हुनुपर्छ । देशलाई बिकास को मार्ग तर्फ अग्रसर गरिनुपर्छ्। यहाँ भएका प्रसस्त स्रोत अनी सामाग्रिकाे उचित उपयोग हुन अाबश्यक छ। जस्का लागि अब बन्ने सरकारलाई सृजनशिल जनसक्तीहरुको अाबश्यक्तापिन पर्ने हुँदा त्यसकाे उचित ब्यबस्थापनि गर्नु पर्ने देखिन्छ ।बिदेशीएका हजारौं युवा हरुको निमित्त अघिल्लो सरकारले ल्याएको एक घर एक रोजगारीको अभियानलाई यो सरकारले अगाडि बढाउन नसकेनी आउदो सरकारले बिशेष प्राथमिकता को साथ् कार्यन्बयन गर्नु पर्छ।

सही र दुर्गामी महत्वका नितिहरु अत्मसाथ गरिनुका साथै जनताको भलो हुने सामाजिक न्याय र समान्ताको निती अघि सारीनुपर्छ। राष्ट्रिय स्वविमन को पक्षमा सबै रहनु पर्छ, छिमेकी राष्ट्रहरुसँगकाे सम्बन्ध सुधारका साथै अर्थिक बिकासका योजना पनि ल्याउनु अपरिहर्या देखिन्छ। स्वास्थ्य क्षेत्रमा सुधार, शैक्षिक क्षेत्र बिकास, अपराध तथा भ्रटचार बिषयहरू अाउने सरकारकालागि पनि चुनौती को बिषय हुने छ। तर यिनै चुनौतिलाई अवसरको रूपमा लिएर देश र जनताको भलो हुने कार्य गरी मन जित्न सके आउदो चुनावहरुमा पुन जनताले उनिहरुमा विश्वाश देखाउने छन। लेखक धरान स्थित वीपी काेइराला स्वास्थ्य बिज्ञान प्रतिठानमा चिकित्साशस्त्र अध्ययनरत छन्