धरान/जिल्लाको सदरमुकाम भएर पनि पिछडिएको सुनसरी सदरमुकाम इनरुवामा चौधरी ग्रुपले औद्योगिक ग्राम स्थापना गर्ने भएको छ । दुई अर्ब रुपैया“ लगानीमा  औद्योगिक ग्राम स्थापना गर्न लागिएको उद्योगी विनोद चौधरीले बताए।

 औद्योगिक ग्रामका लागि करिब २५ विघा जग्गा किनिसकेको चौधरीले जानकारी दिए । औद्योगिक ग्राम तीन महिना भित्रै निर्माण सुरु हुने र एक वर्ष भित्रमा सञ्चालनमा आउने चौधरीले बताए । चौधरीका अनुसार औद्योगिक ग्राममा पहिलो चरणमा चौधरी ग्रुपले दुई अर्ब लगानीमा वाइवाइ चाउचाउको उद्योग स्थापना गर्ने योजना बनाएको छ । चाउचाउस“गै चौधरी ग्रुपका  सबै उत्पादनका प्लान्टहरू क्रमशः थप्दै  जाने योजना रहेको उद्योगी चौधरीले बताए ।

नवलपरासीबाट चौधरी ग्रुपले थालेको औद्योगिक ग्राम अभियान पूर्व देखि पश्चिम सम्मका विभिन्न स्थानमा बिस्तार गर्ने योजना रहेको चौधरीले जानकारी दिए । उनले भने‘नवलपरासीबाट सुरु गरेको औद्योगिक ग्राम देशका बिभिन्न स्थानमा विस्तार गर्दै लैजाने योजना बनाएका छौं ।’ औद्योगिक ग्राम स्थापनाले स्थानीय स्रोत साधनको परिचालन हुने र रोजगारीसमेत बढ्ने छ । यतिमात्रै हैन स्थानीय क्षेत्रको विकासमा पनि औद्योगिक ग्रामको स्थापनाले मद्दत पुर्याउने छ । नेपालकै सबै भन्दा ठूलो औद्योगिक घराना चौधरी ग्रुपले ठूलो लगानी गर्ने योजना बनाएको चौधरीले बताए । उनका अनुसार चौधरीग्रुपले जलविद्युत उत्पादनको क्षेत्रमा ५० अर्ब भन्दा बढी लगानी गर्ने घोषणा गरिसकेको छ । चौधरीले भने‘हामीले मात्रै जलविद्युत क्षेत्रमा ५० अर्ब भन्दा बढी लगानी गर्ने घोषणा गरेका छौं ।’ उनले नेपालमा जलविद्युत उत्पादनको क्षेत्रमा लगानी ह्वात्तै बढेको पनि बताए । उनले भने‘जलविद्युत क्षेत्रमा वेपत्ता रुपमा लगानी भइरहेको छ ।’ विकास कम भएको स्थाननै आफ्नो प्राथमिकतामा रहेको पनि चौधरीले बताए ।

कम विकास  भएको ठाउ“मै धेरै अवसर हुने भएकाले आफ्नो रोजाइ कम विकास भएका स्थानहरू नै हुने गरेको चौधरीको भनाई छ । उनले भने ‘जहा“ कम विकास हुन्छ त्यहा“ धेरै अवसर हुन्छ ।’ अवसरको दृष्टिकोणले नेपाल पनि लगनी गर्नलाई योग्य देश रहेको चौधरीले बताए । नेपालमा वैदेशिक लगानी भित्राउने प्रयासहरू भइरहे पनि तत्कालै ठूलो मात्रामा लगनाी आउने संभावना न्यून रहेको चौधरीको विशलेषण छ ।  अाजकाे नागरिक दैनिकमा खबर छ ।

चुनाव हुने संकेतले राजनीतिक स्थिरता तर्फ देश अघि बढे पनि राजनीतिक स्थिरता हुन्छ भन्ने अझै सुनिश्चित भइसकेको छैन । लगानी सम्मेलनहरूमा खर्बौं रुपैया“ लगानी ल्याउने प्रतिबद्धता आए पनि राजनीतिक अस्थिरताको अवस्था अन्त्य नभए सम्म ठूलो मात्रामा लगनाी आउने संभाबना कमै हुने चौधरीको भनाई छ । उनले भने ‘स्थिर राजनीति नभए सम्म ठूलो मात्रामा बैदेशिक लगानी भित्रने संभावना न्यून छ ।’  उनले कामचालाउ वा संसोधनका नाममा बजेट रोक्ने काम गर्न नहुने पनि  बताए । उनले भने ‘कुनै पनि बहानामा बजेटलाई निर्धारित समय भन्दा पछि लैजानु हुँदैन ।’

कोसी हरैचा उद्योग वाणीज्य संघ, इन्द्रपुर जेसिज र लाइन्सक्लवले संयुक्तरुपमा मोरङको कोशी हरैंचामा आयोजना गरेको विजनेश सेमिनारलाई पनि चौधरीले सम्बोधन गरेका थिए ।मंगलबारदेखि सुरु भएको दुई दिने सेमिनारलाई सम्बोधन गर्दै चौधरीले नया“ पिढीले आफ्नो पेशालाई सम्मान गर्दै विस्तार गर्ने हो भने देश बन्न समय नलाग्ने पनि बताए ।

पूर्वाञ्चलका युवा उद्योगी व्यवसायी तथा उद्योग व्यवसाय सुरु गर्न चाहने साँढे ४ सय युवाहरूको सेमिनारमा सहभागिता रहेको छ । सेमिनारमा पूर्व राजस्व सचिव रामेश्वर खनाल, व्यवसायी कर्ण शाक्य लगायतले सहजीकरण गरिरहेका छन्  ।