कम्बोडियाकी एक अभिनेत्रीलाई फिल्ममा काम गर्न यसकारण प्रतिबन्ध लगाइएको कि उनी धेरै सुन्दर र सेक्सी छिन् । यस्तो अजीब घटना बेहोर्नु परेको हो कम्बोडियाकी २४ वर्षीया डेनी क्वानले । डेनी एक अभिनेत्री हुन् । उनले यसअघि कैयौं फिल्ममा अभिनय गरिसकेकी छन् । उनको देशको संस्कृति तथा ललित कला मन्त्रालयसँग उनको एक सेशन थियो । जसमा उनले मन्त्रालयको आचार संहिता उल्लङ्घन गरेको बताइयो ।   डेनीका सामाजिक सञ्जाल फेसबुकमा करीब तीन लाख पलोअर्स छन् । उनले भनेकी छन् कि फिल्महरुमा उनीद्वारा निभाइएका इरोटिक रोल (कामुक भूमिका) अन्य अभिनेत्रीहरुको भन्दा अलग छैन । जब मन्त्रालयले उनलाई बोलायो त्यहाँ उनलाई ‘छोरीको रुपमा’ सम्झाइयो । तर डेनीले भनिन् कि उनी आफूले चाहेजस्तो ड्रेस लगाउन स्वतन्त्र छिन् । तर मन्त्रालयका अधिकारीहरुले भने उनले खुला ड्रेस लगाएर मन्त्रालयको आचारसंहिताको उल्लङघन गरेको भन्दै फिल्म खेल्नमै रोक लगाइदिए ।