मड्रिडमा सर्वाजनिक गाडी सञ्चालन गर्दै आएको इएमटीले गाडीमा नयाँ संकेत राखेको छ, जसमा पुरुष यात्रुलाई सिटमा फैलिएर बस्न मनाही गरिएको छ । अहिले शहरको मेट्रो सिस्टममा यो अभियान शुरु गरिएको छ । एक महिला संगठनले यात्राको क्रममा पुरुष सिटीमा फैलिएर बस्दा महिलालाई समस्या भएको भन्दै अनलाईन मार्फत गरिएको अपिलपछि नयाँ नियम लागु गरिएको हो । म्यानस्प्रेडिङ शब्दलाई दुई वर्ष पहिले अक्सफोर्ड डिक्सनेरीमा सामेल गरिएको थियो । मड्रिडअघि विश्वका अरु चार शहरमा म्यानस्प्रेडिङ विरुद्ध अभियान चलाइएको थियो । ईएमटीले नयाँ संकेतको उदेश्य पुरुष यात्रिलाई याद दिलाउनु भएको जो बसमा यात्राका दौरान सवै यात्रुलाई याद गरोस् र खुट्टा फैलाएर नबसोस् । अनलाइनबाट याचिका दर्ता गर्ने महिला संगठनले देख्दा सामान्य लाग्ने यो व्यवहारले महिला यात्री मुस्किलमा पर्ने गरेका छन् ।