शनिश्चरे/भारतको दार्जीलिङमा भइरहेको गोर्खाल्याण्डको गणतान्त्रिक जनआन्दोलनलाई समर्थन जनाउन सिक्किम राज्यका नागरिक समाजका अगुवा, बुद्धिजीवी, पत्रकार, साहित्यकार, प्राध्यापक, समाजसेवी एवं राजनीतिज्ञहरू एक ठाउँमा उभिएका छन् । आफ्नो सदियौंदेखिको भाषामाथि प्रहार गरी वंगाली भाषा लाद्ने सरकारी निर्णयको विरोध गरेका दार्जिलिङबासीमाथि सुरक्षाकर्मीले बर्बरता प्रदर्शन गरेको भन्दै सिक्किमेलीहरुले समेत त्यसको विरोध गर्दै उनीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । सिक्किमका सबै तह र तप्काका मानिसहरूको सहभागितामा जनआन्दोलनलाई समर्थन जनाउन ‘गणतान्त्रिक जनआन्दोलन समर्थन समिति, सिक्किम’ गठन गरिएको त्यहाँबाट सञ्चारकर्मीहरुले जानकारी दिएका छन् । सिक्किमका पूर्व मन्त्री थुकचुङ लाचुङ्पा अध्यक्ष तथा उपाध्यक्षमा वरिष्ठ भाषाविद् तथा नेपाली साहित्य परिषद्, सिक्किमका अध्यक्ष रूद्र पौड्याल, सिक्किम सरकारका पूर्व सचिव केएन शर्मा, सिक्किम कलाकार संघका अध्यक्ष चुनिलाल घिमिरे र वरिष्ठ पत्रकार केके छेत्री चुनिएका छन् । पत्रकारद्वय रूपेश शर्मा र प्रवीण खालिङ सचिव तथा सहसचिवमा प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष भीम राउत, पत्रकार अम्बर गुरुङ र सामाजिक कार्यकर्ता खगेन्द्र ढकाल रहेका छन् । कोषाध्यक्षमा महिला सामाजिक कार्यकर्ता चन्द्र राई र कवि दीपा राई मनोनित भएका छन् । मीडिया प्रकोष्ठ हेर्ने जिम्मा राज्यका प्रतिष्ठित पत्रकारहरू निर्मल मगर, विशाल गुरुङ, प्रकाश अधिकारी, जगन दाहाल र योगेन तामाङलाई सुम्पिएको समितिले जनाएको छ । सल्लाहकारमा, सिक्किमका पूर्व सांसद पहलमान सुब्बा र साहित्यकार एवं सिक्किम विश्वजविद्यालयकी प्राध्यापक डा. पुष्प शर्मालाई राखिएको छ । यसैगरी, दार्जीलिङको जनआन्दोलनमा कानुनी सल्लाहका लागि सिक्किम उच्च न्यायालयका वरिष्ठ अधिवक्ता के.टी.भोटिया र नाम्चीका अधिवक्ता याङ्जी पिनासालाई कानूनी सल्लाहकार राखिएको छ । कमिटीमा सिक्किम विश्वीविद्यालयका प्राध्यापक, विद्यार्थी प्रतिनिधि, विभिन्न सामाजिक संगठन, संस्था र एनजीओका प्रतिनिधि, राज्यका स्थापित राजनीतिज्ञ, बुद्धिजीवी, सामाजिक कार्यकर्ता एवं महिला नेतृहरूलाई कार्यकारी सदस्यको रूपमा समावेश गरिएको छ । कार्यक्रमको शुरुमै दार्जीलिङको गणतान्त्रिक जनआन्दोलनको क्रममा प्रहरीको गोलीको बर्बरतापूर्वक शिकार भएका शहीदहरू विमल सशांकर, महेश गुरुङ र सुनिल राईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो । गणतान्त्रित जनआन्दोलन समर्थन समिति, सिक्किमको गठनसँगै संगठनबाट तत्कालै गर्नुपर्ने कार्यभारको रूपमा केही महत्वपूर्ण प्रस्तावहरू पनि अघि सारिएको छ । जसमा प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा चलिरहेको न्यायप्रिय, संवैधानिक र गणतान्त्रिक जनआन्दोलनप्रति ऐक्यबद्धता, समर्थन र सहयोग पुर्याउनेस आन्दोलन कुल्चने नाममा पहाड़मा भइरहेका प्रशासनिक दमन, आतङ्क र मानवाधिकारको तीव्र हननको विरोध जनाउँदै संवैधानिक निकाय र राष्ट्रिय मानवाधिकारवादी संगठनहरूको ध्यानाकर्षण गराउने एवं दार्जी्लिङमा स्थलगत निरीक्षणका लागि आइदिन आग्रह गर्नेस सिक्किमका मुख्यमन्त्रीलाई यसबारे बोलिदिन, सहयोग र सुझाउ राखिदिन आग्रह गर्नेस सिक्किमका दुई सांसदसहित असमका सांसदलाई संसदमा आवाज उठाइदिन आग्रहसहित पत्र लेख्नेस देशका प्रधानमन्त्री, राष्ट्रपति, गृहमन्त्री अनि पश्चिदम बंगालकी मुख्यमन्त्री र राज्यपाललाई पत्राचार गरेर दार्जी्लिङको समस्याको सैनिक होइन राजनैतिक समाधान खोज्न आग्रह गर्नेस पहाड़, तराई, डुवर्ससहित गैर(बंगाली मातृभाषीहरूका आफ्नै भाषामा पढ्न पाउने मौलिक अधिकार पश्च्मि बंगाल सरकारले सुनिश्चिात गर्नुपर्नेस दिल्ली रेडियो स्टेशनबाट नेपाली भाषामा हुँदै आएको रेडियो प्रसारण अन्यत्र सार्ने निर्णय फिर्ता लिनुपर्ने माग राख्दै केन्द्रिय सूचना एवं प्रसारण मन्त्रीलाई पत्राचार गर्ने र दार्जी्लिङको संवैधानिक जनआन्दोलनलाई सहयोग पुर्याउन आम सिक्किमेली जनता र नागरिक समाजलाई आग्रह गर्ने जस्ता महत्वपूर्ण निर्णय लिइएको छ। दार्जी्लिङमा न्यायप्रिय जनआन्दोलनलाई दबाउन पश्चिाम बंगाल सरकारले दमन नीति चलाएपछि दार्जी्लिङको तत्काल छिमेकीको रूपमा रहेको सिक्किमले छिमेकीलाई खुलेर समर्थन गर्ने निर्णय गरेको हो । यसै सन्दर्भमा चिया कविता समूहको तत्परतामा आइतबार गान्तोकको जिरो पोइन्टस्थित भानु उद्यानमा बैठकको आयोजन गरिएको थियो । जसलाई वरिष्ठ साहित्यकार रूद्र पौड्यालले अध्यक्षता गरेका थिए। बैठकमा बुद्धिजीवी, साहित्यकार, पत्रकार, ऐनजीवी, शिक्षक, राजनीतिज्ञ, सामाजिक कार्यकर्ता तथा विद्यार्थीहरूको बाक्लो प्रतिनिधिमूलक उपस्थिति रहेको थियो । कार्यक्रममा सिक्किम उच्च न्यायालयका वरिष्ठ अधिवक्ता के.टी.भोटियाले देशले जनताको संवैधानिक अधिकारलाई न्याय दिनुपर्ने बताए । सिक्किम सरकारका पूर्व मन्त्री तथा सिक्किम सिटिजन फोरमका अध्यक्ष थुकचुक लाचुङपाले एक छिमेकीको हैसियतमा दार्जी्लिङमा भइरहेको बर्बरता सहन गर्न नसकिने मन्तव्य व्यक्त गरेका छन् । ‘दार्जी्लिङको जनआन्दोलनलाई हाम्रो पूर्ण समर्थन छ। हाम्रो राजनैतिक सीमाना अलग छ, तर हामी धेरै कुराले एकार्कामा बाँधिएका छौं। दार्जी्लिङका जनताले यो आन्दोलनलाई लामो समयसम्म टिकाउने र फत्ते नहुन्जेल निरन्तरता दिने काम गर्नुपर्छ ।’–लाचुङ्पाले ओजपूर्ण रुपमा भने । सिक्किम लिबरेशन पार्टी (एसएलपी)(का चेयरमेन डूकनाथ नेपालले दार्जी्लिङका नेताहरूले अब कुनै अस्थायी व्यवस्थामा हस्ताक्षर गर्न नहुने भनाई राखे । सिक्किमका पूर्व सांसद पहलमान सुब्बाले भने, ‘एक समय सिक्किममा आन्दोलन हुँदा दार्जी्लिङले हामीलाई सघाएको थियो । हामीले सन् १९८८ मा पनि आन्दोलनलाई सघाएका थियौं र अब पनि सहयोग गर्छौं । तपाईंहरू आन्दोलन गर्नुहोस्, हामी साथमा छौं । हामी चाहन्छौं, दार्जी्लिङमा तपाईंहरूको आफ्नै मुख्यमन्त्री होउन् ।’ सिक्किम विश्वविद्यालयकी प्राध्यापक तथा वरिष्ठ समालोचक डा. कविता लामाले युवा पुस्ता अग्रजहरूको मुख मात्र ताकेर नबसी अब उनीहरूको बोल्ने समय आएको बताउँदै एक सशक्त र आन्दोलित भावनाले युक्त कविता प्रस्तुत गरिन् ।