नेपाली कांग्रेसबाट धरान उपमहानगरपालिकाको मेयरमा उठेका तिलक राईका चुनावी एजेण्डाहरु के छन् त भनेर हामीले खोतल्ने प्रयास गरेका छौं । राईले आफूले जित्ने आधारहरु यसरी पेश गरेका छन् । ब्लाष्टसँगको अन्तरसंवादः चुनावी तयारी कस्तो भइरहेको छ ? मौसम पानी झरीको भए पनि कार्यक्रमको सेडुअल अनुसार मतदाताको घरहरुमा गइरहेको छौं । कोणसभा गरिरहेका छौं । सञ्चारमाध्यम, पत्रपत्रिका, सामाजिक सञ्जालहरुबाट, मतदाताहरुको भावना बुझ्ने काम गरिरहेका छौं । यो पल्ट कांग्रेसमा अभिमत जान्छ भन्ने सुनिन्छ, त्यस्तो हो ? चुनाव नभएको निकै लामो समय भयो । जुन विकासको गतिमा जानु पथ्र्यो त्यसरी धरानको विकास हुन सकेन् । जुन पार्टीहरुले संगठनको बलमा जित्छु भनिरहेका छन् । उनीहरुले हिजोको दिनमा जितेर पनि केही गरेनन् । त्यसैले धरानवासीले बैकल्पिक शक्तिको अर्को मान्छे खोजिरहेको छ । अवको २५ वर्षसम्म सेवा गरिरहेको होस् भन्ने उनीहरुमा सोच छ । त्यसमानेमा पनि नेपाली कांग्रेसले जित्नु पर्छ भन्ने छ । तपाईको आफूले जित्ने आधारहरु के हुन् ? सबैभन्दा ठूलो जनताको विश्वास नै हो । नेपाली कांग्रेसले गएको २०४८ सालदेखि चुनाव जित्न सकेन, त्यसो हुँदा यहाँको सामाजिक, सास्ँकृतिक, आर्थिक विकास पनि अघि बढ्न सकेको छैन् । नेपाली कांग्रेसले त्यो पूरा गर्न लागेको छ । हामी हारेर पनि निरन्तर लागिरहेको छौं । त्यो जनताले महसुस गरेका छन् । हामीले जनताको विश्वास जित्ने काम गर्यौं । त्यसैले उनीहरुको योजना, क्षमता पनि हेरौं भन्ने छ । जनताको विश्वास नै चुनाव जित्ने आधारहरु हो । हिजो जहाँ–जहाँबाट हारेका थियौं त्यो वडाहरुमा पनि राम्रो भएको छ । हिजो विष्णुपादुका, पाँचकन्यामा ५–६ सय भोट आउनेमा पनि अहिले हामी अन्य पार्टीको हाराहारीमा छौं । जहाँ जहाँ नराम्रो थियो । त्यहाँ राम्रो भएको छ । जनतामा उभार आएको छ । त्यो नै कांग्रेसले जित्ने आधार हो । धरानलाई प्रदेश नम्बर १ को राजधानी बनाउन पहल गर्ने भन्नुभएको छ ? मेयरको स्तरबाट त्यो सम्भव होला ? हामीले जनताको अभिमत बोलिदिने हो । यहाँको प्रतिनिधिले बोलिदिने हो । धरानको साँस्कृतिक ऐतिहोसिक सहर भएकाले वातावरणको हिसावले पनि शान्त छ । सुरक्षित पनि छ । त्यस भएको हुनाले जनताको त्यो मनसाय छ । नेपाली कांग्रेस जनतामा आधारित पार्टी हो । त्यसलाई कार्यान्यवन गर्नको लागि प्रदेश सरकार र संघ सरकारमा पुर्याउने हो । त्यसकारण जनताको भावना हामीले बोलेको हो । धरानलाई विकास गर्न के गर्नुपर्छ ? धरान यति पुरानो सरहर र समृद्ध सहर हो । सामाजिक, साँस्कृतिक, आर्थिक रुपमा पनि यहाँका नगरवासीहरु सहयोगी छन् । नपाको कुनै पनि योजनामा नगरवासीको विश्वास गुमेको छ । जतिपटक चुनाव जिते पनि सेवा सुविधा दिएन । त्यसो भएको हुनाले जनतामा अविश्वास भइरहेको छ । यहाँका नगरवासी विकास प्रेमी छन् । धरान पार्टी र नगरपालिकाका कर्मचारीले बनाएको होइन । नगरवासीले बनाएको हो । यहाँका सरकारी र सामुदायिक भवनहरु सबै धरानवासीको पैसाले बनेको हो । नपाको कुनै पनि योजना छैन् । सम्पूर्ण धरान नगरवासीले गरेको छ । त्यसो हुनाले नगरवासीको विश्वास जनप्रतिनिधिहरुले जित्नुपर्यो । यहाँ रहेको बसपार्क, एयरपोर्ट, बाटोघाटोको कुरा अघि बढ्छ भनेर जनताको विश्वास जित्न सक्नुपर्छ । नपाले अभिभावकत्वको भूमिका निर्वाह गरेर जनताको लगानीलाई साझेदारीमा काम गर्ने वातवारण सिर्जना गर्नुपर्छ । यहाँको जनप्रतिनिधिहरुले राम्ररी काम गरिदिएमा लगानीको अवस्था पनि प्राप्त भयो र रोजगारी सिर्जना हुन्छ । धरान विकास गर्न त्यो गर्नुपर्छ भन्ने कुरा राख्न चाहान्छु । धरानको आर्थिक स्तर अघि बढाउन कांग्रेसका योजनाहरु के के छन् ? धरानको आर्थिक स्तर अघि बढाउनको लागि यत्रा धेरै बैंकहरु छन् । निजी क्षेत्रहरु धरानमा आएका आएकै छन् । यहाँ पूजी छ भनेर नै बनेका होइनन् र, आएका होइनन् र । त्यसलाई हामीले मोनिटरिङ गरेर लगानीमा लगाउने र पूजी वृद्धि गनेर्् हो भने आर्थिक समृद्धि हुन्छ । हरेक घरमा वैदेशिक रोजगारीमा गएका मान्छेहरु छन् । उनीहरुको पूजीलाई एकिकृत गर्न सक्यो भने विकास गर्न सकिन्छ । अहिले भइरहेको खानेपानीको लगानी मै नगरवासीलाई सेयर प्रदान गर्ने हो भने अथवा साझेदारी गर्ने हो भने अहिले नै सरकारको ऋण तीर्न सकिन्छ । नपाले घरेलु उद्योगहरु, वित्तीय संस्थाहरु सञ्चालन गर्न सक्छ । धरानको विष्णुपादुका, पाँचकन्या, भेडेटारहरुबाट उत्पादित कृषिजन्य बस्तुहरुको कलेक्सन गर्दै त्यसलाई आर्थिक उपार्जनको बाटो अपनाउन सकिन्छ । यहाँका केही प्रतिनिधि र वर्गले महंगो बजारको रुपमा चित्रित गरिरहेको छ । पर्यटनको सम्भावना छ । सम्पूर्ण जातजातिहरु गैरकिरातीहरु संस्कार संस्कृतिहरु साँस्कृतिक महोत्सव लगायो भने पर्यटन प्रवद्र्धन हुन्छ । धरान ठूलो यातायात व्यवसायीको हव हो । यहाँ अवौं अरव रुपैया लगानी भएको छ । त्यसलाई संरक्षण र संवद्र्धन गर्न सकिन्छ । यहाँ ५ वर्ष भित्रिने सवारी साधन रोक्न चाहान्छौं । त्यो पूजीलाई सूनिश्चितता गरिदिन्छों । र स्वरोजगार बनाउन चाहान्छौं । तपाईको दृष्टिकोणमा धरानमा के त्यस्ता चिजहरु छन् जसले धरानलाई सहजै विकास गर्नमा सहयोग पु¥याउँछ ? यहाँको नगरवासी, व्यापारीव्यवासी, भूपू लाहुरेहरु, बैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई विश्वासमा ल्याएर उनीहरुको सीप र पूजी साथै इमान्दारितालाई विश्वास लिएर नपाको सबै योजनामा समावेश गर्यौं भने धरानको विकास सहजै हुन्छ । तर, उनीहरुलाई विश्वासमा लिन सक्नुपर्यो । धरानलाई अघि बढाउने नेताहरुको खाँचो रह्यो भनेर भन्नेहरु धेरै छन्, तपाईले आफूलाई कुन ठाउँमा पाउनुहुन्छ ? एकदम, धरानमा राष्ट्रिय नेताको खाँचो छ । धरानबाट ५ जना सांसद हुनुभयो । धरानले दुईवटा मेयर पाए । तर, केही भएन् । अव युवाहरुको पालो हो । जो इमान्दारीपूर्वक, सेवा गर्न चाहन्छ तीनीहरुलाई संरक्षण गर्नुपर्यो । जसले धरानको विकास गर्न सकोस् । मैले हरेक पटक भनिरहेको छु । यहाँको युवाहरुलाई स्थान दिनुपर्छ । तपाईको आफ्नो प्रतिस्पर्धा चाही कुन दलसँग हुन्छ जस्तो लागेको छ ? मेरो एमालेसँग भिडन्त हुन्छ । धरानमा १५ सालदेखि यताको इतिहास हेर्ने हो भने कम्युनिष्टहरुको किल्ला रहदै आएको छ यसलाई तोड्न सक्नुहोला ? निश्चत रुपमा तोडिन्छ । जुन पार्टीले संगठनको बलमा मात्रै चुनाव जित्छु भनिरहेको छ । नगरवासीलाई उनीहरुले केही सोचेको छैन् । उनीहरुले यस अघि पनि सम्झन लायक केही काम गरेका छैनन् । बसपार्क हेरौं, अन्य योजना हेरौं । यही कारणले पनि नगरवासीले यसपटक धुलो चटाउने छ । नगरवासीलाई १५ सालदेखि जसरी दासको रुपमा हेरेको छ । यो पटक त्यो तोडिनेछ । त्यो जनमत नेकालाई आउने छ । तपाई किरात राई यायोक्खाको केन्द्रीय अध्यक्ष पनि हुनुहुन्छ । तपाईलाई राईहरुबाट कतिप्रतिशत मत आउला भनेर अनुमान गर्नुभएको छ ? सयप्रतिशत आउछ भन्ने अनुमान गरेको छु । किनभने विगत २५ ३० वर्ष समुदायको विकासको सामाजिक, साँस्कृतिक, आर्थिक, भाषाको उन्ननयको लागि लागिरहेको छु । समूदायको लागि लागिरहेको छु । वडामा, जिल्लामा, केन्द्रमा चारपटक काम गरेर अहिले केन्द्रीय अध्यक्ष भएको छु । त्यो मेरो विश्वासले जितेको छु । म चुनाव लडेर हैन, सर्वसम्मत भएको हो । त्यसैले, सय प्रतिशत मत प्राप्त गर्छु भन्ने विश्वास हो । त्यो निर्णायक मत हुन सक्छ ? एकदम, राईहरुको मत निर्णायक हुन सक्छ । धेरै राईहरु स्वतन्त्र छन् । यहाँ १० प्रतिशत राईहरु मात्रै पार्टीमा छन् । धेरै त स्वतन्त्र नै छन् । धराने जनताको लागि केही सन्देश ? सबैभन्दा ठूलो सन्देश धरान जुन उचाईहरुमा पुग्नु पथ्र्यो त्यो पुग्न सकेन् । पूर्वको अन्य सहरहरु हेर्नुहोस् कहाँ पुगेका छन् । धरान हेर्नुस् यो जहाँको त्यही छ । त्यसका लागि नेकालाई मतदात गर्न आग्रह गर्न चाहान्छु । युवाहरुलाई आग्रह गर्न चाहान्छु । निर्धक्क भएर व्यवसायीमा खेलकुदमा, जेमा इच्छा छ लाग्नुस् त्यो नेकाले सहयोग गर्छ । यहाँका युवाहरु भोलीका असल नागरिक हुन्, अहिलेको युवाहरु भोलीका नेताहरु हुन्, व्यवसायी हुन् । प्रहरी भन्ने बित्तिकै भाग्ने स्थितिलाई अन्त्य गर्न चाहान्छौं । प्रहरी जनताको सेवक हो भन्ने बनाउन चाहान्छौं । यहाँ प्रहरीले नै युवाहरुलाई गुण्डागर्दीमा लाग्न बाध्य पारिरहेको छ । त्यसको अन्त्य गर्न चाहान्छौं । सुकुम्बासीहरुलाई बहुतले घर निर्माण गरेर पनि उनीहरुलाई व्यवस्थित गर्न चाहान्छौं । यहाँको जोगवनी किमाथांकाको ६ लेनको सडक र धनकुटे रोड हुँदै चतरा पुग्ने सडकको व्यवस्थापनको लागि पहल गर्छाैं । यस्ता योजनाहरुका साथ नेपाली कांग्रेस आउन लागेकाले २० वटै वडामा चुनाव चिन्ह रुखमा मतदान गरेर सबैलाई जिताउन आग्रह गर्न चाहान्छु । प्रस्तुतीः भोजराज श्रेष्ठ