धरान उपमहानगरपालिकाको मेयरका उम्मेद्वार बनेका अइन्द्रविक्रम बेघा माओवादी केन्द्र र सङ्घीय समाजवादी फोरम नेपाल गठबन्धन उम्मेद्वार हुन् । धरान–१५ खोरिया बस्तीमा स्थायी बसोबास गर्दै आएका वेघा वि.सं. २०५६ सालदेखि नै माओवादी पार्टीमा सक्रिय छन् । बुवा प्रेमप्रसाद बेघा र आमा दिलकुमारी वेघाको कोखबाट जन्मिएका उनी डिप्लोमा सम्मको शिक्षा हासिल गरेका छन् । स्कूले बेलामै माओवादीनिकट विद्यार्थी सङ्गठनमा लागेको उनी विद्यार्थीको इकाई कमिटी, केन्द्रीय सचिव हुँदै अहिले माओवादीको केन्द्रीय सदस्य हुन् । सङ्घीय मामिला संविधानसभा तथा संस्कृति मन्त्रालयको मन्त्रीको प्रमुख स्वकीय सचिव भइसकेका उनले जनयुद्धकालमा ११ महिना बेपत्ता, ३ वर्ष जेल जीवन बिताएका थिए । सशक्त, जुझारु युवा उनी श्री जनता आधारभूत विद्यालय धरान–१५ को विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, बाँझगरा सामुदायिक वनको सल्लाहकार, नवोदित युवा क्लबको प्रमुख सल्लाहकार लगायत दर्जनौं संघसंस्थामा आवद्ध रहँदै सामाजिक सेवामा पनि समर्र्पित रहँदै आएका छन् । यसपालिको धरानको मेयरमा जित्नेमा उनी ढुक्क छन् । माओवादीको राष्ट्रिय राजनीतिको एजेण्डा, स्थानीय जनतालाई प्रभाव पार्ने स्थानीय एजेण्डा, सङ्गठनात्मक आधार आदि कारणले माओवादीले जित्ने आधार हो भन्छन् उनी । प्रस्तुत छ उनीसग ब्लाष्टले गरेको संक्षिप्त कुराकानीः धरान उपमहानगरपालिकाको मेयरमा उम्मेद्वारी दिनुभएको कस्ता एजेण्डाका साथ अघि बढ्नुभएको छ ? –मेयर जितेपछि मैले अघि बढाउने एजेण्डा थुप्रै छन् । धरानलाई प्रदेश नम्बर १ को राजधानी बनाउने हाम्रो अभियान छ । धरानलाई १० हजार लिटर खानेपानी र १० युनिट विद्युत् निःशुल्क वितरण गर्ने हाम्रो कार्यक्रम छ । यस्तै, सुकुम्बासीहरुलाई घर नम्बर दिने र घरजग्गा धनीपूर्जा वितरण गर्ने कुरा छन् । धरानलाई लागूपदार्थ दुव्र्यसनमुक्त शहर बनाउने कार्ययोजना पनि छ । यस्तै, धरानलाई विभिन्न जातिको, विभिन्न भाषाको साझा शहरको रुपमा विकास गर्नका निम्ति एउटा सांस्कृतिक क्यालेण्डर सार्वजनिक गर्ने हाम्रो कार्यक्रम छ । धरानलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउने पनि हाम्रो योजना छ । धरानलाई समग्रमा स्मार्ट सिटी बनाउन, नगरक्षेत्रमा फ्री वाइफाई जोन बनाउने, धरानलाई खानेपानी समस्याले पनि पिरोलिरहेको छ । यसको समाधान गर्ने योजनालाई हामीले एजेण्डामा समेटेका छौं । यस्तै, धरानका सबै सडक पक्की बनाई कच्ची सडकमुक्त शहर घोषणा गर्ने हाम्रो कार्यक्रम छ । धरान अहिले असाध्यै अस्तव्यस्त शहर छ । यहाँका अधिकांश संरचना तथा सडक अल्पकालीन हिसाबले निर्माण गरिएका छन् । सबै कुरा दीर्घकालीन खालका बनाएर अगाडि बढ्ने हाम्रो लक्ष्य छ । धरान पहिले व्यापारिक शहर थियो । राजनीतिक दलका अघिल्ला नेतृत्वका कारण धरानको सामाजिक लगायत सबै साख गुमेको छ । त्यो साख फर्काउन अब हामी कार्यक्रम र कार्ययोजना बनाएर अघि बढ्नेछौं । धरानलाई व्यापारिक केन्द्रका साथै हामीले अब सांस्कृतिक र धार्मिक केन्द्र पनि बनाउने हो । समग्रमा धरानलाई सबै भाषा, धर्म र संस्कृतिको साझा थलोको रुपमा विकास गर्ने हाम्रो योजना छ । यसैबीच धरानलाई व्यापारिक केन्द्रको रुपमा विकास गर्ने, यहाँका जनतालाई स्वरोजगार बनाउन अभिप्रेरित गर्ने खालका कार्यक्रम ल्याउने, लागूऔषध दुव्यर्सनीमुक्त शहर बनाउने, एकीकृत सम्पत्ति करको अवैज्ञानिक मुद्दाहरु खारेज गरेर वैज्ञानिक कर प्रणाली लागू गर्ने, वडा न. ६ लाई औद्योगिक करिडोरका रुपमा विकास गर्ने, जनतालाई स्थानीय अदालत निर्माण गरी न्याय प्रदान गर्ने लगायतका कामहरु गर्न गराउन हाम्रो पहल रहनेछ । माओवादीले ‘पपुलर’ एजेण्डाहरु बा“ड्छ तर काम गर्दैन भन्नेहरु पनि छन् नि ? –सिंहदरबारको अधिकार अब वडा, गाउ“ र नगरमा भन्ने एजेण्डा कसले ल्याइदिएको हो ? त्यसैले म भन्छु, माओवादीको पपुलर राष्ट्रिय राजनीतिको एजेण्डा, स्थानीय जनतालाई प्रभाव पार्ने स्थानीय एजेण्डाकै कारण पनि माओवादीको विजय सुनिश्चित छ । धरानको कुरा गर्ने हो भने हाम्रा एजेण्डा पपुलर मात्रै छैनन् माओवादीले चाह्यो भने गर्न सक्नेपनि छन् र गर्न पनि सक्छ । तपाईले जित्ने आधार के देख्नुभएको छ ? –यसपालिको धरानको मेयरमा जित्नेमा ढुक्क छु । माओवादीको राष्ट्रिय राजनीतिको एजेण्डा, स्थानीय जनतालाई प्रभाव पार्ने स्थानीय एजेण्डा, सङ्गठनात्मक आधार आदि कारणले माओवादीले जित्ने आधार हो । तपाईंहरुले सङ्घीय समाजवादी फोरम नेपालसहितका दलहरुस“ग गठवन्धन गर्नु भएको छ, किन होला ? –मुलुकमा पहिचान पक्षधरहरुसँग हामीले गठबन्धन गरेका छौं । यसपटक उपमेयरमा पारस काङमाङ राई हुनुहुन्छ, उहाँलाई सँगै लिएर हिँडेका छौं । निर्वाचनमा मेयर पदका लागि मलाई मतदान गर्ने र उपमेयरमा उहाँलाई मतदान गर्ने सहमती भएको छ । नयाँ शक्ति नेपाल र सङ्घीयको चुनाव चिन्ह एउटै भएकाले नयाँ शक्ति पनि गठबन्धनमा मिसिएको हो । सङ्घीयता, समावेशी, समानुपातिक र धर्म निरपेक्षताको विषयलाई उठाउने पार्टी माओवादी केन्द्र हो, त्यसैले पनि उहाँहरुले हामीसँग गठबन्धन गरेर अघि बढ्नु भएको छ । भनौं पहिचानवादीहरु एक हुनुपर्छ भनेर हामीले गठबन्धन गरेका हौं । यस्तै, राष्ट्रिय जनमुक्ति पार्टी, लिम्बुवान, खम्बुवान, जनजागरण पार्टीलगायत ९ दलीय गठबन्धनमा हामी छौं । यसले सकारात्मक चुनावी परिणाम ल्याउँछ भन्ने कुरामा हामी ढुक्क छौं । धरान–५ देउराली क्षेत्रका सुकुम्बासीहरु आचारसंहिताविपरीत धनीपुर्जा वितरण गरेर माओवादीले चुनाव जित्दैछ भन्ने सुनिन्छ नि ? –माओवादी केन्द्र सुकुम्बासीलाई धनीपुर्जा दिने नेपाल सरकार होइन । माओवादी धनीपूर्जा दिने पार्टी होइन र दिन पनि सक्दैन । हामीले धनीपुर्जा बाँडेको भन्ने कुरा निराधार हो । धनीपुर्जा नक्कली र सक्कली हुँदैन । हामीले प्रतिबद्धता मात्रै व्यक्त गरेका हौं । त्यो धनीपुर्जा होइन, नमूना धनीपुर्जा भन्ने लेखिएको छ । माओवादी जित्यो भने यस्तो नमूना मात्रै होइन, सक्कली नै बाँड्छ नि । त्यसैले यसलाई धनीपुर्जा होइन प्रतिबद्धतापत्र भन्ने बुझौं । अन्य पार्टीहरुले फैलाएको भ्रममा नपरौं भन्न चाहन्छु । वृद्धवृद्धाहरुको लागि बृद्धभत्ताबारे दीर्घकालीन योजना के छ ? –दई हजारलाई ५ हजार बनाउने हाम्रो जोड छ र नगर सराकरबाट केन्द्र सरकालाई पहल गर्ने । यसरी नै नगर सरकारबाट वृद्धहरुलाई थप भत्ता थप्नका लागि नगरबाट नै दिने पहल गर्नेछौं । यहाँको आन्तरिक ब्यवस्थापनलाई मिलाएर वृद्धवृद्धालाई छुट्टै भत्ता दिन सक्छौं र हामी त्यो प्रतिबद्धता पूरा गर्छौं । माओवादी सरकारकमा आएपछि वृद्धहरुको सम्मान गदै पहिलोपल्ट ५ सय, त्यसपछि १ हजार र अहिले २ हजार रुपैयाँ पु¥याएकै छ । अन्त्यमा के भन्नुहुन्छ ? –सिंहदरबारको अधिकार अब वडा, गाउ“ र नगरमा माओवादीले ल्याइदिएको छ । प्राप्त अधिकारलाई संरक्षण गरी आप्mनो ठाउ“को अझ विकास चाहने हो भने हामीलाई जिताउन हुन सबैमा आग्रह गर्दछौं ।