लामो समय होटल व्यवस्थापनमा अध्यापन गराइ राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा अनुभव सम्हालेका इटहरीका युवा व्यवसायी पृथ्वीराज पराजुली एक दशक बढी यसै क्षेत्रमा रहेर अष्ट्रेलियामा अध्यापन गराए । काठमाडौंमा पनि उनले होटल व्यवस्थापन अध्यापन गराए । अहिले यो अनुभवलाई उनले अहिले इटहरीका युवामाझ पस्कदै आएका छन् । युवाको रोजाईमा परेको होटल व्यवस्थापनको कोर्षको लागि उनले इटहरीमा स्कील क्याम्पसनै स्थापना गरे । अहिले स्कील क्याम्पसमा सीप सिकेर आफ्नो भविश्य बनाउन चाहने युवाको संख्या बढ्दो छ । जहाँ होटल व्यवस्थापनको कोर्ष सञ्चालनमा छ । स्कील क्याम्पसले सञ्चालन गरेका कोर्ष र यसबाट पाइने अवसरका बारेका स्कील क्याम्पसका कार्यकारी प्रमुख पृथ्वीराज भण्डारीसँग गरिएको कुराकानीः–

कलेज शूरु भएको कति भयो ? यहाँ कुन कुन कोर्षको पढाई हुन्छ ? कलेज सञ्चालमा आएको लगभग डेढ वर्ष भयो । यहाँ अध्यापन गराईने विषयमा हाल एक सय २० जना जति विद्यार्थी रहेका छन् । यहाँ पढेका विद्यार्थीहरु मध्ये कलिनरीसम्वन्धीका विद्यार्थीहरु इन्डष्ट्रिजमा गई सक्नु भएको छ । तीन जना विद्यार्थी शनिबार वहराइन जाँदै हुनुहुन्छ । हाम्रोमा डिप्लोमा इन होटल म्यानेजमेन्ट, एड्भान्स डिप्लोमा इन होटल म्यानेजमेन्ट र डिप्लोमा इन कलिनरी आर्टस्को कक्षा सञ्चालनमा छ । त्यस बाहेक छोटो अवधिका तालिम पनि सञ्चालनमा छन् । यी कोर्ष पुरा गरे पछि कुनै पनि विद्यार्थीले रोजगारी पाइन भन्नु पर्दैन ।

कस्ता विद्यार्थीलाई भर्ना लिनुहुन्छ ? यहाँ कम्तिमा एसईई पास गरेका विद्यार्थीलाई हामीले भर्ना लिने गरेका छौं । बढी मात्रामा हामीले युवावर्गलाई लक्षित गरेर भर्ना लिन्छौं । अहिले भर्ना भइरहेको छ । यहाँ पढेका विद्यार्थीहरुको भविष्य सुरक्षित भएको कारण हामीलाई खासै विद्यार्थीको अभाव हुँदैन । पूर्वमा प्रायः सबै ठाउँमा विद्यार्थीहरु भर्नाको लागि आउनुु भएको छ । ज्ञान र सीप भन्ने फरक विषय हुन् मानिसमा सीप भयो भने कहिल्यै खाली बस्नु पर्दैन भन्ने बुझेको युवा वर्गले अहिले होटल म्यानेजमेन्टको कक्षा गर्दै आएका छन् । यहाँ पढेका विद्यार्थीले वेरोजगार बस्नु पर्दैन ।

यहाँको सञ्चालित कक्षाको सम्बन्धन कहाँको छ ? यस स्किल क्याम्पसमा सञ्चालित कोर्षहरु नेपालको सीटीइभीट, एसीसीआइ नेपाल र अमेरिकन होटल लजिङ एजुकेशन इन्टीच्यूटबाट सम्वन्धन प्राप्त छ । यहाँ सञ्चालित कोर्षहरुमा होटल म्यानेजमेन्ट कोर्ष १८ महिने हो । डिप्लोमा इन होटल म्यानेजमेन्ट एक वर्षे कोर्ष हो । डिप्लोमा इन कलिनरी आर्टस् ६ महिने कोर्ष सञ्चालनमा छ । यी कोर्ष गरे नेपालमै रोजगारी गर्ने हो भने १६ वर्ष र विदेश जानको लागि १८ वर्ष पुरा गर्नु पर्दछ ।

तपाईको आफनै अनुभवको बारेमा बताइ दिनुहोस् न ? २०५३ सालमा एलएससी पास गरे पछि काठमाडौंमा गएर पढें । दिपेन्द्र पुलिस साँगाबाट प्लस टु पास गरे । सन् २००३ मा होटल मेनेजमेन्टको कोर्ष गरी सके पछि २००४ मा अष्ट्रेलियामा एमबीए कोर्ष गर्न गएँ । त्यहाँ बस्दा मैले होटल मेनेजमेन्टमा थप ज्ञान हासिल गरें । त्यति मात्र नभएर लिटल नेपाल नामको होटल पनि सञ्चालन गरें । १२ वर्षसम्म मैले त्यहाँ रहँदा होटल म्यानेजमेन्ट कोर्ष गर्नुका साथै अष्ट्रेलियाको स्टार होटलमा फुड एण्ड बेवेरज मेनेजरको रुपमा पनि काम गरें । लामो समय अट्रेलियाको बसाई पछि नेपालमै फर्किएर केही गर्ने विचार आयो । यस अघि काठमाडौंमा कक्षा सञ्चालन गर्यौं । त्यो भन्दा पनि युवालाई पूर्वका युवालाई होटल व्यवस्थापन कोर्ष गराई रोजगारी बनाउने उदेश्यले अहिले इटहरीमा होटल व्यवस्थापनको कक्षा सञ्चालन गर्दै आएका छौं ।

होटल मेनेजमेन्टको कोर्ष गरे पछि रोजगारीको अवस्था कस्तो छ ? पूर्वमा पनि होटल म्यानेजमेन्ट कोर्ष गरे पछि प्रायः बेराजगार बन्नु पर्दैन । मेसिनले विस्थापित गराउन नसक्ने जव हो होटल मेनेजमेन्टको । नेपालमा पनि स्टार लेवलका होटलहरु खुन्ने क्रम बढ्दो । होटलमा जब डिमाण्ड कम हुने सम्भावना कम हुन्छ । विद्यार्थीकै स्किलमा जबको ग्यारेन्टी भर पर्छ । नेपालमा जनशक्ती पाइन्छ । तर, दक्ष जनशक्ती पाउन गाह्रो छ । त्यसलाई हामीले हाम्रो क्षेत्रमा परीपुर्ति गर्दै आएका छौं ।

प्रस्तुतिः बाबुराम सुवेदी