इटहरी/ ५ वर्षको अवधिमा झापाबाट ९ हजार बढी महिला विदेशीएको अध्ययनमा देखिएको छ । यो संख्या वैधानिक तरिकाले विदेशीनेको हो ।

सुरक्षित आप्रवासन (सामी) परियोजना लागु भएका १८ जिल्ला मध्ये झापाबाट सबैभन्दा बढी महिला विदेशीएका हुन् । ती जिल्लाबाट पाँच वर्षमा विदेशिएका ९ लाख ३६ हजार ३ सय ४ जना मध्ये ४४ हजार ४ सय ९२ जना महिला रहेको तथ्यांकले देखाउँछ । यो भनेको ४ दशमलव ७६ प्रतिशत हो ।

यो अवधिमा सबैभन्दा कम भने सिराहबाट महिलाहरु विदेशिएका छन् । सिरहाबाट एक सय ५७ महिला विदेश गएका छन् । यस्तै सुनसरीबाट ३ हजार ८ सय ४, उदयपुरबाट १ हजार ९ सय ६६, खोटाङबाट १ हजार ६ सय ७६, धनुषाबाट ३ सय ६०, महोत्तरीबाट ३ सय ३५ र सप्तरीबाट २ सय ५९ जना महिला विदेश गएका छन् ।

सबैभन्दा कम महिला विदेश गएको सिराह जिल्लाबाट पुरुष भने ८२ हजार ३ सय ८३ जना विदेशिएका छन् । नेपालबाट सबैभन्दा बढी आर्थिक वर्ष २०७०र७१ मा १५ हजार २ सय ५३ महिला विदेश गएका छन् भने आर्थिक वर्ष २०७२र७३ मा ५ हजार ९ सय ११ कामको खोजिमा विदेशिएका छन् ।

त्यस्तै आर्थिक वर्ष २०६८र६९ मा २ हजार ८ सय र६९ जना, २०६९ र ७० १३ हजार ५ सय ९३ विदेश गएका छन् भने २०७१ र ७२ मा ६ हजार ८ सय ६६ जना कामको खोजिमा विदेश गएका छन् ।

यो तथ्याङ्क सुरक्षित आप्रवासन परियोजना लागू भएका १८ जिल्लाबाट श्रम स्वीकृति लिएर विदेश जानको संख्या हो । यस बाहेक भारतीय नाका सहित अन्य अवैध बाटो प्रयोग गरी तेस्रो मुलुक जानेको संख्या धेरै रहेको सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्ने संस्थाहरुको भनाई छ ।