विजयपुर/धरान १७ समाज हङकङ र सितोरियो कराते डो (गोखा कमुयुनिटि) हङकङको आयोजनामा नेपाली चलचित्र ‘रातो घर’ हङकङमा प्रदर्शन हुने भएको छ । धरान १७ समाज हङकङ र सितोरियोको अक्षयकोष निर्माणको लागि च्यारिटेवल सो हुन लागेको आइतवार हङकङ स्थित वगैचा रेष्टुरेण्टमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी गराएको छ ।

च्यारेटि सो यहि आउदो असोज १ गते (अक्टुवर १मा ) हङकङ स्थित युङ्लोङ थिएटरमा प्रर्दशन हुने धरान १७ समाज हङकङका अध्यक्ष मधुुकुमार राईले जानकारी गराए ।आईतबार आयोजित भेला तथा पत्रकार सम्मेलनलाई सम्वोधन गर्ने क्रममा च्यारिटेवल सो ‘रातो घर’ प्रदर्शनमा सहभागि भइ हाम्रो सामाजिक कार्यमा सहयोग गरिदिन हुन हङकङमा वस्नु हुने नेपालीहरुलाई अध्यक्ष मधु राईले अपिल गरेका छन ।

चलचित्र ‘रातो घर’ सुरज सुब्बा नाल्बोको निर्देशन तथा निकेश लिम्वु र हास्य कलाकार विल्सनविक्रम राईले निर्माण गरेका हुन् । नाल्वोले यस अघि ‘सायद’, ‘बितेका पल’, ‘बाटो मुनिको फुल’ जस्ता चलचित्र निर्देशन गरिसकेका छन ।

सन्देशमुलक फिल्मी मसलाले भरिपूर्ण फिल्मले हङकङेली दर्शकहरुको साथ र सहयोग मिल्नेमा ढुक्क रहेको सितोरियो कराते डोका अध्यक्ष हेम पुन मगर वताए । रातो घरमा विल्सनविक्रम राई सँगै गौरव पहारी, मेनुका प्रधान, विकेश श्रेष्ठ, संयम पुरी, जितेन लामा, अनुराग कुँवर लगायतको अभिनय रहेको छ । नेपालमा प्रदर्शनमा आइसकेको रातो घरको ‘झकास झापाली’ बोलको गीत र नृत्यले पर्याप्त चर्चा बटुलेको थियो ।